जनस्वाथ्यकर्मी संघ लुम्बिनी प्रदेश अध्यक्षमा सरोज रिमाल विजयी

स्वास्थ्यसमाचार/जनस्वाथ्यकर्मी संघ लुम्बिनी प्रदेश अध्यक्षमा सरोज रिमाल विजयी भएका छन् ।

शनिबार लुम्बिनी प्रदेशको बुटवल लुम्बिनी प्रादेशिक अस्पताल मतदान केन्द्र र दाङको स्वाथ्य निर्देशनालय भालुवाङ्गमा भएको निर्वाचनमा निकटतम प्रतिद्वन्द्वी हेमराज पाण्डेलाई पराजीत गरी रिमाल विजयी भएका हुन ।

निर्वाचन समितिका संयोजक धर्मराज भट्टराईका अनुसार रिमालले ५३ मत ल्याएर विजयी भएका हुन । उनका प्रतिद्वन्द्वी हेमराज पाण्डेले कुल ४५ मत ल्याएका थिए ।

यस्तै सचिव पदका उम्मेदबार नरेश बाबु श्रेष्ठले कुल ६२ मत सहित विजयी भएका छन् । यस्तै उनका प्रतिद्वन्द्वी माधव खनालले कुल ३५ मत प्राप्त गरेका थिए ।

यस्तै सदस्य खुल्लामा ४ जनामा मनोज ज्ञवाली, माधव राउत, आईतबारी चौधरी र राजु केसी विजयी भएका छन् । उनीहरुले क्रमशः ७६ मत, ७५ मत, ६७ मत र ६० मत ल्याएर विजयी भएको निर्वाचन समिति संयोजक भट्राईले जानकारी दिए ।

सम्बन्धित शिर्षक :