क्रिमसन अस्पतालमा १३किलो पेटमा रहेको ट्युमरको सफल शल्यक्रिया

स्वास्थ्यसमाचार/रूपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा बिरामीको पेटमा रहेको १३ किलोको ट्युमर सफल शल्यक्रिया गरिएको छ ।देवदह नगरपलिका वडा नं ८ विशालनगरकी ८२ वर्षीया उत्तिमा न्यौपाने विगत १० वर्षदेखि पेट दुख्ने समस्याबाट पीडित भई उपचारको लागि तिलोत्तमा –५ मणिग्राम स्थित क्रिमसन अस्पतालमा आएकी थिइन् । उनको स्वास्थ्य परीक्षण गर्दा पेटमा निकै ठुलो ट्युमर देखिएको र बढ्दो उमेर अवस्था हेर्दा तत्काल अप्रेशन गर्न कठिनाइ हुनसक्ने चिकित्सकहरूले बताएका थिए ।परिवारका सदस्यहरूसंगको सल्लाह र अनुरोधमा अस्पतालका जनरल सर्जन डा सुदिप सापकोटा, डा ज्ञानप्रसाद पोख्रेल र डा विनेश आनन्द शाक्यसहितको टोलीद्वारा बिरामीको पेटमा रहेको १३ किलोको…

आजदेखी १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई फाइजर खोप लगाइँदै

स्वास्थ्यसमाचार/कोभिडविरुद्धको फाइजर खोप आजबाट १२ देखि १७ वर्ष उमेर समूहका सर्वसाधारण बालबालिकालाई दिइने भएको छ । हिजोसम्म यो खोप १२ वर्ष माथिका दीर्घ रोगीलाई मात्रै दिइँदै आएको थियो । स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख सागर दाहालका अनुसार आजबाट १२ देखि १७ वर्ष उमेर समूहका निरोगी बालबालिका र दीर्घ रोगी भए १२ वर्षमाथिका सबै उमेर समूहका लागि यो खोप दिने व्यावस्था मिलाइएको छ । स्वास्थ्य कार्यालय काठमाडौंले पनि थोरै मात्रा खोप बाँकी रहेकाले पहिले आउनेलाई पहिलो प्राथमिकतामा राखेर खोप दिइने बताएको छ । स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख शम्भु काफ्लेका अनुसार…

स्वास्थ्य मन्त्रालय घुस्याहाको अखडा बन्यो पुर्वस्वास्थ्यमन्त्री :अधिकारी

स्वास्थ्यसमाचार /नेपाल स्वास्थ्यकर्मी संघ रुपन्देहीको तेस्रो जिल्ला अधिवेशनको उदघाटन गर्दै पुर्व स्वास्थ्यमन्त्री समेत रहेका अधिकारीले अहिलेको सरकारले स्वास्थ्य क्षेत्रलाई विकृत तुल्याउने काम गरेको आरोप लगाए । “अहिले स्वास्थ्य मन्त्रालय घुस्याहाको अखडा बनेको छ, राम्रो काम गर्ने स्वास्थ्यकर्मीलाई अवधि नपुगीकनै सरुवा गर्ने र स्वास्थय संस्थालाई कमजोर पार्ने काम भएको छ”–उनले भने ।फरक प्रसंगमा नेता अधिकारीले प्रचण्ड र माधव नेपाल दलाल पुँजीवादका नेपाली एजेण्ट भएको आरोप लगाए । “रुपमा कम्युनिष्ट देखिए पनि दक्षिणपन्थसँग सहकार्य गरेकाले उनीहरु दलाल पुँजीवादका नेपाली एजेण्ट हुन्”–उनले भने । पैसाका लागि पार्टी फुटाउने अपराधपूर्ण कामको चिन्तनमा प्रचण्ड र…

‘ज्येष्ठ नागरिकको घरदैलोमा औषधी र स्वास्थ्यकर्मि लिएर पुगे :नगरप्रमुख घिमिरे

स्वास्थ्यसमाचार/ तिलोत्तमा नगरपालिकाले ज्येष्ठ नागरिकहरुको लागि ‘ज्येष्ठ नागरिक घरदैलो स्वास्थ्य परीक्षण’ कार्यक्रम अन्र्तगत तिलोत्तमा १० सेमराबजारमा घर घरमा गई स्वास्थ्य परिक्षण गरिएको छ । वडा नं १०को वेबरीमा नगरप्रमुख बासुदेब घिमिरेले जेष्ठ नागरिकलाई पुष्पगुच्छाले स्वागत गर्दे चेकचाज कार्यक्रम सुभारम्भ गरे । मेयर घिमिरेले भने तिलोत्तमा नगरपालिका भित्रका ७१ बर्षमाथिका कुनैपनि नागरिक औषधी र उपचार अभाबले ज्यान गुमाउन नपरोस भनेर यो अभियान सुरु गरेको बताए । नगरप्रमुख घिमिरेले भने आफुपनि जनताको प्रतिनिधि भएकोले स्वास्थ्यकर्मिहरु संग नागरिकको अबस्था बुझदै हिडेको छु ।उपचारपछि स्थानिय ७० बर्षिय जेष्ठ नागरिक श्रीराम चौधरीले भने हामीले सच्चा…

सरकारी स्वास्थ्य संस्थाको सेवा प्रभावकारी बन्दै गएको छ :नगर प्रमुख घिमिरे

स्वास्थ्यसमाचार/ रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ८ मा रहेको करहिया स्वास्थ्य चौकीले आफ्नै सुविधासम्पन्न भवनबाट सेवा दिन थालेको छ । स्थापना भएको झण्डै २६ वर्षपछि; ज्योतिनगरमा स्वास्थ्य चौकीको आफ्नै भवन निर्माण गरिएको हो । आफ्नैं भवन निर्माण भएसँगै सेवा प्रवाह सहज बन्ने स्वास्थ्यकर्मीहरुले जनाएका छन् । यसअघि स्वास्थ्य चौकी विभिन्न संघ/संस्थाका भवनमा सञ्चालन गरिएकोमा जग्गाको स्वामित्व प्राप्त भएपछि आफ्नै भवन निर्माण गरिएको हो । स्थानीय बासिन्दाले लामो समयदेखि संरक्षण गर्दै आएको झण्डै ६ कठ्ठा जग्गा स्वास्थ्य चौकीको नाममा कायम भएपछि २०७७ भदौ २३ गते स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको थियो…

सरकारद्वारा रेबिज इम्युनोग्लोबुलिनमा नयाँ पद्धतिको सुरुवात

स्वास्थ्यसमाचार /सरकारले रेबिजविरूद्ध लगाइने इम्युनोग्लोबुलिन एन्टीबडी सातै प्रदेशमा विस्तार गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गर्दै इम्युनोग्लोबुलिन सेवा लुम्बिनी प्रदेशको लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा पाईने बताए । स्वास्थ्यमन्त्री विरोध खतिवडाले मंसिर ५ गतेबाट यो सेवा सबै प्रदेशमा विस्तार हुने बताए। ‘मंसिरको ५ गतेबाट सबै प्रदेशमा रेबिज इम्युनो ग्लोबुनिको सेवाप्रवाह गर्ने व्यवस्था मिलाइएको छ,’ मन्त्री खतिवडाले भने, ‘ हाललाई ठूला ९ सरकारी अस्पतालबाट उक्त सेवा लिन पाइन्छ। उनले विस्तारै यो सबै अन्य अस्पतालमा लागू गर्ने बताए।यसअघि इम्युनोग्लोबुलिन सेवा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा मात्र थियो।…

अब कोरोना बिरुद्धको खोप लगाउन पालो कुर्नु पदैन मन्त्री :खतिवडा

स्वास्थ्यसमाचार/  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले कोरोना भाइरस विरुद्धको खोप लगाउनका लागि अब पालो कुर्नु नपर्ने बताउनुभएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा आज फाइजर खोपको अभियानका सन्दर्भमा अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुसँगको सयुक्त रुपमा अनुगमनका क्रममा उहाँले खोपको अभाव नरहेकाले जुनुसुकै खोप केन्द्रमा गई सर्वसाधारणले खोप लगाउन सक्ने बताउनुभयो । “अव कहाँ, कुन बार, कुन दिन खोप लगाउन पाइन्छ भनेर कुर्नु पदैन” मन्त्री खतिवडाले भन्नुभयो, “सर्वसाधारणले आफूलाई पायकपर्ने खोप केन्द्रमा गई जुनसुकै बेला पनि खोप लगाउन सक्छन् ।” उहाँका अनुसार वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान…

कपिलवस्तुमा मंसिर ५ देखि हैजा विरुद्धको खोप अभियान चलाइने

स्वास्थ्यसमाचार/ कपिलवस्तुमा फैलिएको हैजा नियन्त्रणमा लिन हैजा विरुद्धको खोप अभियान चलाइने भएको छ ।मंसिर ५ गतेदेखि १२ गतेसम्मको १० दिन अभियानका रुपमा मुखबाट हैजा विरुद्धको खोप खुवाइने छ । कपिलवस्तुका कृष्णनगर, शिवराज, महाराजगन्ज, विजयनगर नगरपालिका र यशोधरा गाउ“पालिकामा असोज १८ देखि हैजा फैलिएको छ । लुम्बिनी प्रदेशको स्वास्थ्य जनसंख्या तथा परिवारवार कल्याण मन्त्रालयले बिहीबार बुटवलमा पत्रकार सम्मेलन गर्दै डब्लुएचओबाट प्रमाणित स्यानकोल नामक भ्याक्सीन लगाउन थालेको जानकारी दिएको छ ।उक्त खोप २ देखि ४ हप्ताको फरकमा २ मात्रा लगाउनुपर्छ । दुवै मात्रा पाएका व्यक्तिको ७ देखि १० दिनबाट उक्त खोपले काम…

भीम अस्पताल भैरहवालाई ‘चाईल्ड भेन्टिलेटर’ हस्तान्तरण

स्वास्थ्यसमाचार/प्रतिमान–नीमा स्मृति प्रतिष्ठानले भैरहवास्थित भीम अस्पताललाई ‘चाईल्ड भेन्टिलेटर’ हस्तान्तरण गरेको छ । प्रतिष्ठानले अस्पताललाई करिब २१ लाख मूल्य बराबरको एक थान चाइल्ड भेन्टिलेटर हस्तान्तरण गरेको हो । मंगलबार अस्पतालमा आयोजित एक कार्यक्रमकाबीच प्रतिष्ठानका उपाध्यक्ष तथा पूर्व स्वास्थ्यमन्त्री दीपक बोहराले अस्पताल विकास समितिका अध्यक्ष नारायण प्रसाद भण्डारीलाई उक्त भेन्टिलेटर हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि बोहराले भीम अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण गर्न पाउँदा खुसीको अनुभुति भएको बताए । उनले अस्पतालको विकासका लागि आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘जिल्ला अस्पतालको रुपमा रहेको भीम अस्पतालमा रुपन्देहीबाट मात्र नभइ…

धुर्कोटमा एकिकृत घुम्ती शिविर सम्पन्न २सय बढीको स्वास्थ्य परिक्षण

स्वास्थ्यसमाचार/धुर्कोट गाउँपालिका गुल्मीको आयोजनामा १ दिने एकिकृत घुम्ती शिविर सम्पन्न भएको छ । मंगलबार धुर्कोट गाउँपालिका वडा नं. १ नयागाउँ स्थित नयागाउँ स्वास्थ्य चौकीको प्रांगणमा एकिकृत घुम्ती शिविर सम्पन्न भएको हो । शिविरमा गाउँपालिका अन्तर्गतका विभिन्न शाखा बाट प्रदान गरिने स्वास्थ्य, कृषि, पशु, जेष्ठ नागरीक, अपांग लगायत बैकि शेवा समेत उपलब्ध गराइएको थियो । शिविर अन्तर्गत २सय १० जनालाई निशुल्क स्वास्थ्य परिक्षण तथा औषधी वितरण गरिएको थियो । जसमा ६० जनाले भिडियो एक्सरे सेवा लिएका थिए । त्यस्तै पशु शेवा अन्तर्गत २०२ परिवारका १०८९ बाख्रा र ६७ भैसीलाई औषधी वितरण,…