स्वाथ्य क्षेत्रका समस्या सबैको साझा समस्या हुन :स्वाथ्यमन्त्री पुन

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशका स्वाथ्य मन्त्री दिपेन्द्र बहादुर पुनमगरले स्वाथ्य क्षेत्रका समस्या एकल रुपमा समाधान गरेर नसकिने बताएका छन् । उनले संघ, प्रदेश र स्थानीय तहकाले समस्याको पहिचान गरी साझा अभियान चलाएर मात्रै समस्या समाधान गर्न सकिने बताएका हुन ।

लुम्बिनी प्रदेशको स्वाथ्य मन्त्रालयको आयोजनामा बुटवलमा गरिएको ‘‘प्रदेशको स्वाथ्य क्षेत्र सुधारका लागि जनप्रतिनिधि र स्वाथ्य कर्मीहरुको समन्वय एवम सहकार्य’ कार्यक्रममा बोल्दै मन्त्री पुन मगरले ईलेक्टेड र सलेक्टेड वीचको समन्वय अहिलेको आवश्यकता रहेको समेत बताएका हुन ।

लोकसेवा आयोग को चुनौति परिक्षा पारी गरि सेलेक्टेड भएर आएका जनशक्ति र जनताको मत पाएर ईलेक्टेड भएर आएका जनप्रतिनिधि हरु को वीचमा आपसी समन्वय, समझदारी अहिलेको आवश्यकता रहेको उनको भनाई रहेको थियो ।

प्रदेशमा स्वाथ्य क्षेत्रमा धेरै समस्याहरुको भन्दै मन्त्री पुनले यसको लागि सबैले साझा अभियान चलाएर समस्या समाधान गर्नुपर्ने बताएका थिए । समस्या समाधानको लगि एकल प्रयासबाट संभव नहुने भन्दै मन्त्री पुनमगरले सबैपालिकाहरुको वीचमा प्रदेश र संघीय कार्यालयको सहकार्य समन्वय आवश्यक रहेको बताएका थिए ।

संघीय सरकारले एक पालिका एक १५ बेडको अस्पताल अवधारण ल्याएर भवन निर्माण कतिपय पालिकाका सम्पन्न भएपनि त्यसको लागि आवश्यक उपकरण, दरबन्दी, कर्मचारी व्यवस्थापन लगायतका विषमा टुंगो नलागेको कारण अहिले ति कार्यक्रम ‘घाँडो जस्तै भएको’ समेत मन्त्रीले टिप्पणी गरेका थिए ।

योजना निर्माण गार्द स्थानीय तह, नागरिकहरुको समन्वय आवश्यक रहेको भन्दै उनले सोही योजना अनुसार काम गरेर जो कोही पनि सफल हुने बताएका थिए । तीन वटै तहका सरकारका वीचमा समन्वयको अभाव रहेको भन्दै उनले त्यहि समन्वय चिर्नको लागि कार्यक्रम आयोजना गरिएको बताएका थिए ।

कार्यक्रममा गुल्मीको रुरुक्षेत्र गाउँपालिका अध्यक्ष यदुनाथ ज्ञवाली, पाल्पाको माथागढी गाउँपालिका अध्यक्ष यम बहादुर चिदी, गुल्मीको मदाने गाउँपालिका अध्यक्ष महेन्द्र बहादुर कुँवर लगायतले आ आफ्नो पालिकाका स्वाथ्य समस्या र समाधानका लागि प्रदेश सरकारले गर्नुपर्ने काम, कर्तव्य र दायित्वको विषयमा प्रकाश पारेका थिए ।

प्रदेशको स्वास्थ मन्त्रालयका सचिव डा. बासुदेव उपाध्यायले नागरिकको जिम्मेबारी बोध सबैमा भएमा समस्या समाधानको लागि सहज हुने बताएका थिए । उनले सबैको सहकार्य विना स्वाथ्य क्षेत्रमा उपलब्धी हासिल गर्न नसकिने भन्दै यसको लागि सबैले साथ र सहयोग हुनुपर्ने बताएका थिए ।

कार्यक्रममा स्वाथ्य निर्देशनालय, विश्व स्वाथ्य संगठन, युनिसेफ लगायतका संघ संस्था तथा कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुले आ आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए । प्रदेशका विभिन्न पालिकाका प्रमुख तथा उप प्रमुख, स्वाथ्य शाखा प्रमुख तथा प्रतिनिधिहरुको कार्यक्रममा सहभागीता रहेको थियो ।

यस्तै प्रादेशिक आयुर्वेद चिकित्सालय, प्रदेश तालिम केन्द्र, जनस्वास्थ्य प्रयोगशाला, स्वाथ्य आपुर्ति व्यवस्थापन केन्द्र सहित मन्त्रालयको निर्देशनालयका महाशाखा, शाखा प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता रहेको मन्त्रालयका बरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत शैलेन्द्र कुमार पाण्डेले वताए ।

सम्बन्धित शिर्षक :