नेफा लुम्बिनी स्थानीय तहका स्वास्थ्यकर्मीहरुको सवालहरूलाई प्रदेश कानुनहरूमार्फत सम्बोधन गर्न पैरवी गर्छु :हेमराज पाण्डे अध्यक्ष पदका उम्मेदबार

नेपाल जनस्वास्थ्य संघ प्रदेशको अधिवेशन असार १ गते हुँदै छ । प्रदेशको दुई स्थानमा अध्यक्ष सहितका पदाधिकारीहरुको लागि निर्वाचन हुँदै छ । यो भन्दा पहिला पनि अध्यक्ष रहेका हेमराज पाण्डे र सागर रिमाल यो पटक अध्यक्षको लागि चुनावी मैदानमा रहेका छन् । यही विषयमा अध्यक्षका उम्मेदबार संग स्वास्थ्यसमाचारको टीमद्धारा पाण्डेसंग गरिएको कुराकानी । तपाईंको उम्मेदबारी के को लागि ?

यो भन्दा पहिला नेफा लुम्बिनी २ वर्ष भन्दा बढी अध्यक्ष भएर काम गरेका छु । सर्वसम्मत रुपमा नेतृत्वको लागि पहल भएको थियो । तर यसमा साथीहरुले मान्नु भएन । चुनाव हुँदा लोकतान्त्रिक अभ्यास हुन्छ, जुन राम्रो पक्ष हो ।

चुनावको दिन नजिकिदैं जाँदा केही साथीहरुले स्थानीय र प्रदेश कार्ड भन्दै कुरा गरेको पनि थाहा पाएको छु । जसले जनस्वाथ्यकर्मीहरुको वीचमा फाटो ल्याउने काम बाहेक अरु केही होईन । नेफा लुम्बिनीले हिजोका दिनहरुमा पनि मेरिटलाई पैरवी गरेको हो । भोलि पनि गर्ने छ भन्ने कुरामा म ढुक्क छ ।

जनस्वाथ्यकर्मीहरुका समस्या समाधानको लागि के के काम गर्नुपर्छ ?

नेफा लुम्बिनी स्थानीय तहका स्वास्थ्यकर्मीहरुको सवालहरूलाई प्रदेश कानुनहरूमार्फत सम्बोधन गर्न पैरवी गर्नुपर्छ । हेल्थ असिस्टेन्ट मा शुरु नियुक्ति भई ज स्वा नी र जनस्वास्थ्य अधिकृतमा स्तरवृद्धि भएका साथीहरुलाई न्यायपूर्ण जिम्मेवारी दिइनुपर्छ भन्ने कुरामा म स्पष्ट छु ।

प्रदेशमा जनस्वाथ्य प्रशासकको किन पदपुर्ति हुन सकेन ?

प्रदेशमा लोक सेवा मार्फत ( औ तहको मात्र खुलाउन खोज्यो भन्ने, प्रदेश स्वास्थ्य मन्त्रालय, मुख्यमन्त्री कार्यालयमा गए जो कहिले बुझ्दा हुन्छ के के पदको लागि पैरवी गर्यो भन्ने बिषयमा प्रोपोगाण्डा समेत पाईएको छ । हाल ( जना जनस्वास्थ्य अधिकृत पदको मागा कृति लोकसेवा पुगेर केही भाषागत त्रुटिको कारण पुन प्रमाणीकरणको लागि मुख्यमन्त्री कार्यालयमा आएको छ र छिटै लोकसेवा आयोग पुग्ने छ र लोक सेवा आयोग मार्फत जनस्वास्थ्य अधिकृत र जनस्वास्थ्य प्रशासक पदको विज्ञापन हुदै गरेको छ ।

कुनै कुनै कुरा हामीलाई हतार हुँदा पनि सम्बन्धित कार्यालयलाई हतार नहुँदो रैछ। र केही विलम्ब भएको अनुभव गरेको भन्दै उनले निर्वाचन पश्चात चुनाव हारे पनि जिते पनि पुनस मुख्यमन्त्री कार्यालयमा पैरवी गर्ने छु ।

तपाईले अध्यक्ष हुँदा के के काम गर्नुभयो ?
थानीय तहका, प्रदेशका, गैरसरकारी क्षेत्रमा कार्यरत जनस्वास्थ्यकर्मीका तमाम सवाल हरु सम्बोधन गर्ने भनेको कानुन मार्फत नै हो र स्थानीय तहका कर्मचारीहरुको कानुन प्रदेश तहबाटै बन्ने हो। त्यसैले प्रदेश तहमा दह्रो पैरवीको आवश्यकता रहेको छ । सो को लागि थप बल प्रदान गर्न सम्पूर्ण जन स्वास्थ्यकर्मीहरुले मतदान गर्नुहुने छ भन्नेमा पूर्ण विस्वस्त रहेको छु ।

अन्त्यमा,
असार १ गते हुने नेपाल जनस्वाथ्य संघको निर्वाचनमा पुनः मलाई अमूल्य मत दिएर विजयी बनाउनुहुनेछ भन्ने आशा समेत रहेको छ ।

 

सम्बन्धित शिर्षक :