नागरिकको स्वास्थ्य राज्यको पहिलो प्राथमिकता :स्वास्थ्यमन्त्री पुन

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री  दिपेन्द्र कुमार पुनमगरले नागरिकको स्वास्थ्य राज्यको पहिलो प्राथमिकता बन्नुपर्ने बताउनु भएको छ । लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको आयोजनामा “प्रदेश को स्वास्थ्य क्षेत्र सुधारको लागि जनप्रतिनिधि र स्वास्थ्यकर्मीसँग समन्वय र सहकार्य” विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै यस्तो विचार राख्नु भएको हो ।

उहाँले सडक, भवन, पुल भन्दा पहिलो नागरिकको स्वास्थ्य हो भन्ने बिषय राज्यले बुझ्नु पर्दछ। मानिसको स्वास्थ्य राम्रो नभएमा, भौतिक बस्तुको सम्पन्नता भएपनि कसले प्रयोग गर्ने? भन्दै प्रश्न समेत गर्नुभएको छ । अब राज्यको पहिलो ध्यान नागरिकको स्वास्थ्य निर्माण गर्न हुनुपर्दछ ।

जवसम्म स्वास्थ्य राज्यको प्राथमिकता पर्दैन तबसम्म देश र देशवासी समृद्ध नहुने तर्क अगाडि सार्नुभएको हो।स्वास्थ्य मन्त्री पुनले संघ, प्रदेश र स्थानीय तहको स्वास्थ्य क्षेत्रको अधिकार वाडफाड गरे पनि एक आपसमा समन्वय विना अगाडि बढ्न नसकिने अवस्था छ ।

नेपालमा १५ शैयाको अस्पताल प्रत्येक स्थानीय तहमा बनाउने कार्यलाई गुरु योजना विना भवन मात्रै बनाएर सेवा प्रवाह नहुने, गाँउपालिकामा बनेका भवनबाट होइन, ती संरचनालाई केन्द्रीकरण गरी एकीकृत स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने धारणा राख्नुभयो ।

स्वास्थ्य मन्त्री पुले सरकारी अस्पतालहरु विरामी भेट हुने चौतारी जस्तो मात्रै बनेको कारण उपचार निजी क्लिनिकहरूमा हुने गरेको प्रति गम्भिर भएर समिक्षा गर्न आवश्यक रहेकोले लोक सेवा लडेर आएको कर्मचारी, बढी मत लिएर आएको जनप्रतिनिधिहरुलाई सेवा क्षेत्रको परिवर्तन शुरुवात गर्न आवश्यक रहेको साथै सुधारका लागि के गर्न सकियो त भन्ने कुराको प्रश्न आफैलाई गरी काम गर्न सबैलाई निर्देशन दिनुभयो ।

कार्यक्रमको पहिलो चरणमा दाङ, बाँके, बर्दिया र अर्घाखाँची जिल्लाका स्थानिय सरकार प्रमुखहरु, स्वास्थ्य शाखा प्रमुखहरु र स्वास्थ्य कार्यालय प्रमुखहरुको सहभागीता रहेको छ ।

सम्बन्धित शिर्षक :