यी हुन् राप्रपाको घोषणा पत्रमा उल्लेख गरिएका स्वास्थ्यका ८ बुँदा

स्वास्थ्यसमाचार / ४ मंसिरमा हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि घोषणा पत्र सार्वजनिक गरेको छ । नयाँ बानेश्वरस्थित बानेश्वर व्याङक्वेटमा राप्रपाका अध्यक्ष राजेन्द्र लिंङ्देनले घोषणा पत्र सार्वजनिक गरे । राप्रपाको घोषणा पत्रमा स्वास्थ्यका ८ बुँदा समावेश छन् । ती बुँदाहरुमा काठमाडौंको वीर अस्पताल स्तरको अस्पताल सातै प्रदेशमा निर्माण गरी सञ्चालन गर्ने । आधारभूत स्वास्थ्य सेवा सबै नागरिकर्लाइ निशुल्क तथा अनिवार्य गरिने । सबै नागरिकलाई स्वास्थ्य बीमाको पहूँच बृद्धि गरी वीमाको दायरामा ल्याईने र सबै बिमितले आफूले चाहेको अस्पतालमा उपचार गर्न पाउने व्यवस्था मिलाउने रहेको छ…

स्वास्थ्यका १५ बुँदा समेटेर सार्वजनिक गर्‍यो माओवादी केन्द्रले घोषणापत्र

स्वास्थ्य समाचार/  माओवादी केन्द्रले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सोमबार घोषणापत्र सार्वजनिक गरेको छ। घोषणापत्रमा स्वास्थ्यका १५ बुँदा उल्लेख छन्। गाउँ-गाउँमा अस्पताल, स्वास्थ्यमा समाजवादु भन्ने मुल नाराका साथग माओवादी केन्द्रले विभिन्न १५ बुँदे प्रतिबद्धता जनाएको हो।स्वास्थ्य क्षेत्रको सेवालाई जनमैत्री, वैज्ञानिक र प्रभावकारी बनाउन एकीकृत राष्ट्रिय स्वास्थ्य गुरूयोजना बनाई लागु गरिने केन्द्रले प्रतिबद्धता जनाएको छ। यस्तै हरेक पालिकामा आधारभूत अस्पतालहरुको निर्माण सम्पन्न गरी दक्ष जनशक्ति र आवश्यक स्वास्थ्य उपकरणको व्यवस्था गरिने, प्रदेशस्तरमा ठुलो क्षमताका विशिष्टीकृत सेवाका अस्पतालहरु निर्माण र सञ्चालनमा जोड दिइने तथा पहिले देखि नै सञ्चालनमा…

स्वास्थ्यका १२ बुँदा समेटेर सार्वजनिक गर्‍यो नेकपा एसले घोषणापत्र

स्वास्थ्यसमाचार/ आगामी ४ मंसिरमा हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि नेकपा एकीकृत समाजवादीले घोषणा पत्र सार्वजनिक गरेको छ । घोषणापत्रमा समाजवादीले स्वास्थ्यका विषयलाई मौलिक हक संग जोडेर उठाएको छ । निशुल्क स्वास्थ्य उपचार जनताको मौलिक अधिकार नारा दिएर उसले स्वास्थ्यका विविधपक्षहरुमा आफ्नो योजना प्रस्तुत गरेको छ । प्रत्येक प्रदे सदरमुकमामा डायोग्नोसिस केन्द्र, ट्रमा सैन्टर अप्रेसन थिएटर आईसीयू तथा भेन्टिलेटर सेन्टर हरु सहितका सुविधा सम्पन्न एक हजार शैयाको अस्पताल, प्रत्येक गाँउपालिकाको केन्द्रमा कम्तीमा २५ शैया तथा नगरपालिकाको केन्द्रमा कम्तीमा १०० शैयाको सुविधा सम्पन्न अस्पताल स्थापना र सञ्चालन गर्ने उसले घोषणा…

डा.तोसिमा कार्कीको उम्मेदवारी आफ्नो खारेजविरुद्ध अदालत जाने

स्वास्थ्यसमाचार/ आफ्नो उम्मेद्धारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय विरुद्ध डा तोसिमा कार्की अदालत जाने भएकी छन् । आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभाको निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट ललितपुर क्षेत्र नं ३ बाट उम्मेद्धार बनेकी डा कार्की नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य समेत हुन् । निर्वाचन आयोगले काउन्सिलको सदस्य पदलाई लाभको पद भनेर व्याख्या गर्दै डा कार्कीको उम्मेद्धारी खारेज गरिदिएको हो ।डा कार्कीले भने मेडिकल काउन्सिलको सदस्य पद लाभको पद नहुने जिकिर गरेकी छन् । उनले सो विषयमा न्याय क्षेत्रमा क्रियाशिल अधिवक्ताहरुसंग परामर्श गरेको र उम्मेद्धारी दिनु २५ दिन…

चुनाव प्रचारका क्रममा डा .शशांक कोइराला बिरामी, चितवनमा उपचार हुँदै

स्वास्थ्यसमाचार/ चुनावी कार्यक्रमका क्रममा नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइराला बिरामी भएका छन्। नवलपुरको अमरापुरीमा आइतबार आयोजित चुनावी कार्यक्रममा सहभागी हुँदै गर्दा कोइराला बिरामी भएका थिए। कोइराला चुनावी कार्यक्रममा सहभागी हुँदै गर्दा बेहोस भएका हुन्। उनका स्वकीय सचिव भरत तिवारीका अनुसार कोइरालालाई उपचारका लागि चितवन मेडिकल कलेज लगिएको छ। कोइरालाको होस फर्किसकेको छ। कोइराला नवलपुर क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार छन्।

विश्व पक्षघात दिवसः नेपालमा पक्षघात भएकामध्ये १० प्रतिशतको मृत्यु

स्वास्थ्यसमाचार/ विश्व पक्षघात दिवस आज विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । प्रत्येक वर्ष अक्टोबर २९ अर्थात् आजका दिन विश्वभर पक्षघात दिवस मनाउने गरिएकाले नेपालमा पनि यस अवसरमा विभिन्न कार्यक्रम गरी मनाइँदै छ । एक जटिल शारीरिक अवस्थाको रुपमा रहेको पक्षघात मस्तिष्कको कुनै भागमा रक्तसञ्चार नभएमा हुने गर्दछ । मस्तिष्कमा अक्सिजन तथा पोषक तत्वको कमी भएमा रक्त धमनीमा रगत जम्मा भएर अवरोध हुँदा मस्तिष्कले आफ्नो नियन्त्रण गुमाउँछ । यसलाई नै पक्षघात भनिन्छ । समयमै यसको उपचार नगरे मस्तिष्क सधैँका लागि खराब हुनुका साथै व्यक्तिको मृत्युसमेत हुनसक्छ । नेपाल पक्षघात सङ्घका…

यस्ता छन् काँग्रेसको घोषणा पत्रमा समेटिएको स्वास्थ्यका २३ बुँदा

काठमान्डौ/ नेपाली कांग्रेसले प्रतिनिधि र प्रदेश सभाका लागि लक्षित गर्दै घोषणापत्र सार्वजनिक गरेको छ। कांग्रेसले आफ्नो घोषणापत्रलाई संकल्प प्रस्तावका रुपमा उल्लेख गरेको छ। कांग्रेसको संकल्प प्रस्तावमा स्वास्थ्यका विभिन्न २३ वटा विषयहरु परेका छन्। कांग्रेसले गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँचः सवैलाई स्वास्थ्य बिमा, सवल स्वास्थ्य प्रणाली भन्दै २३ बुँदे संकल्प उल्लेख गरेको छ। नेपाली कांग्रेसले विगतमा लिएको स्वास्थ्य नीतिका कारण नेपालले जनस्वास्थ्यका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको उल्लेख गर्दै जनता केन्द्रीत एकीकृत राष्ट्रिय स्वास्थ्य प्रणाली विकास गर्ने विषय पनि संकल्प प्रस्तावमा राखेको छ। जनशक्ति उत्पादन र पूर्वाधार निर्माणमा व्यापक वृद्धि भए…

कांग्रेसको घोषणापत्र : ३ वर्षमुनि र ७३ वर्षमाथिका नागरिकको उपचार निःशुल्क

स्वास्थ्यसमाचार/ नेपाली कांग्रेसले तीन वर्षमुनिका बालबालिका र ७३ वर्षमाथिका जेष्ठ नागरिकलाई निःशुल्क उपचारको व्यवस्था गर्ने बताएको छ । शनिबार सार्वजनिक चुनावी घोषणापत्रमा कांग्रेसले ३/७३ को नारा अघि सारेका हो । साथै उसले ५ वर्षभित्र सबै नागरिकको बिमा र बिमामार्फत गम्भीर प्रकृतिका रोगको उपचार सुनिश्चित गर्ने बताएको छ । यसका लागि बिमाको दायरा बढाएर १० लाख पुर्‍याउने समेत उसले बताएको छ । ६५ वर्षमाथिका जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति, अति विपन्न, अत अशक्त, एकल महिला, महिला तथा स्वास्थ्य स्वयंमसेविकालाई निःशुल्क बिमा गर्ने उसले बताएको छ । पाँच वर्षभित्र स्वास्थ्य संस्ता नभएका…

डेंगुबाट बुटवलका पत्रकार टेक मास्की रानाको निधन

स्वास्थ्यसमाचार /दुईृ हप्ता अघि डेंगु संक्रमण भई लुम्बिनी प्रादेशिक अस्पतालको आईसीयूमा उपचाररत पत्रकार टेक मास्की रानाको मृत्यु भएको छ। डेंगुसंगै मिर्गौला र जण्डिसको समस्या देखिएको र उपचारको क्रममा मास्कीको मृत्यु भएको हो। लुम्बिनी प्रादेशिक अस्पतालको आईसीयूमा उपचाररत रानाको आज बिहान मृत्यु भएको पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले जानकारी गराउनु भयो। उपचारमा निरन्तर प्रयास गरिरहँदा पनि बचाउन नसकेको भन्दै पत्रकार महासंघ,रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले दुःख व्यक्त गर्नु भयो। रेडियो जागरणका समाचार प्रमुख रहेका राना नेपाल पत्रकार महासंघ रूपन्देहीका पूर्व कार्यसमिति सदस्य, पत्रकार महासंघ लुम्बिनी प्रदेश कमिटि सदस्य, आदिवासी जनजाति पत्रकार…

गोरखा जिल्ला अस्पतालमा ड्युटीमा रहेका डाक्टर कुटिए

स्वास्थ्यसमाचार/गोरखा जिल्ला अस्पतालमा ड्युटीका डाक्टरमाथि कुटपिट भएको छ । अस्पतालका डा.अविनाश पराजुलीमाथि कुटपिट भएको हो । बिरामी महिलाका पति र अन्य दुई जनाले अस्पतालको कोठामा पसेर डा. पराजुलीमाथि लात्ती र मुक्का प्रहार गरेका थिए । अस्पतालका डाक्टर कुटपिटपछि कानुनी कारबाही गरियोस् भन्दै कुटपिट गर्नेविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिइएको अस्पतालका सूचना अधिकारी कृष्णप्रसाद अधिकारीले जानकारी दिए । गण्डकी स्वास्थ्य निर्देशनालयले अस्पताल ओपिडीमा भएको घटनाप्रति गभ्भीर ध्यानाकर्षण भएको जनाएको छ । निर्देशनालयले डाक्टरमाथि कुटपिट र दुव्र्यवहार गर्नेमाथि कडाभन्दा कडा कारबाहीको माग गरेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लीलाराज लामिछानेले…