लुम्बिनीका अस्पताल विकास समितिका पदाधिकारीलाई पुनर्वहाली गर्न सर्वोच्चको आदेश

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश सरकारले पुस महिनामा कार्यविधि परिवर्तन गरेर हटाइएका प्रदेशका विभिन्न अस्पताल विकास समितिका पदाधिकारीलाई पुनर्वहाली गर्न सर्वोच्चले अन्तरिम आदेश दिएको छ । सर्वोच्चको यो आदेशसँगै सरकारले ती अस्पतालमा नियुक्ति गरेका पदाधिकारीलाई काम गर्ने बाटो रोकिएको छ । सरकार परिवर्तनसँगै प्रदेश सरकारले गएको पुष महिनामा कार्यविधि र गठन आदेश परिवर्तन गरेर लुम्बिनी प्रादेशिक अस्पताल लगायतका लुम्बिनी प्रदेशका सबै प्रादेशिक अस्पताल, आयूर्वेदिक अस्पताल र जिल्ला अस्पतालका अध्यक्षहरुलाई पदमुक्त गरेको थियो। प्रदेश स्वास्थ्य संस्था स्थापना सञ्चालन नवीकरण तथा स्तरउन्नति नियमावली २०७७ को नियम २५ बमोजिम ४ वर्षे कार्यकालका लागि नियुक्त भएकोमा…

लुम्बिनी प्रदेश भित्र चल्ने १२० एम्बुलेन्समा ट्रयाकिङ सिष्टम जडान

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश सरकारले प्रदेश भित्र चल्ने १२० वटा एम्बुलेन्समा ट्रयाकिङ सिष्टम जडान गरिदिएको छ । स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयले आकस्मिक विरामीलाई समयमै एम्बुलेन्स उपलब्ध गराउन एम्बुलेन्समा ट्रयाकिङ सिष्टम जडान गरिएको मन्त्री ईन्द्रजित थारुले वताए। मन्त्रालयले बिहिबार बुटवलमा मन्त्रालयको वार्षिक प्रगति जानकारी गराउन आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री थारुले एम्बुलेन्स ट्रयाकिङका लागि ‘एम्बुलेन्स नेपाल’ नामको मोवाईल एप र निःशुल्क फोन कल मार्फत एम्बुलेन्स सेवा प्रदान गर्न १०२ नम्बरको फोन सहितको प्रादेशिक प्रेशण केन्द्र स्थापना गरिएको वताए। स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयले दिएको वार्षिक प्रगति विवरण अनुसार…

कोभिड महामारी परिवर्तन भइरहेको छ समाप्त भएको छैनः डब्लूएचओ

स्वास्थ्यसमाचार/  विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) लेकोभिड-१९ महामारी परिवर्तन भइरहेको तर यो समाप्त नभएको जनाएको छ । डब्लूएचओले ११० राष्ट्रमा संक्रमण बढिरहेको चेतावनी पनि दिएको छ । ‘यो महामारी परिवर्तन भइरहेको छ । तर, समाप्त भएको छैन । कोभिड-१९ भाइरस ट्र्याक गर्ने हाम्रो क्षमता खतरामा छ किनकि रिपोर्टिङ र जिनोमिक अनुक्रमहरू घट्दै गएका छन्, जसको अर्थ ओमिक्रोन लाई ट्र्याक गर्न र भविष्यमा देखापर्ने भेरियन्टहरूको विश्लेषण गर्न गाह्रो भइरहेको छ,’ डब्लूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेयससले भने ।

बुटवलमा जंगली च्याउ खाँदा ६ जना बिरामी, अवस्था गम्भीर

स्वास्थ्यसमाचार/ बुटवलमा जंगली च्याउ खाँदा ६ जना बिरामी भएका छन् ।बिरामी हुनेमा बुटवल उपमहानगरपालिका– १२ नयाँगाउँकी २८ वर्षीया रिना बिक, २८ वर्षीया कमला बिक, ८ वर्षीया सुप्रिया बिक, ३८ वर्षीय बिष्णु बिक, ३३ वर्षीया दुर्गा बिक र ५० वर्षीय हुम बहादुर बिक रहेका इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले बताए । बुधबार जङ्गलबाट ल्याएको च्याउ खाएपछि उनीहरु बिरामी परेका थिए। उनीहरुको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ । बिरामी परेका सबै बेहोस् भएको र अवस्था गम्भीर रहेको छ ।

लुम्बिनीकी स्वास्थ्य राज्यमन्त्री विमला वलीद्वारा राजीनामा

स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीले पदबाट राजीनामा दिएकी छन् । उनले आफ्नो राजीनामा मुख्यमन्त्री कुलप्रसाद केसीलाई बुझाएकी हुन् । जेठ अन्तिममा दाङका वाईसीएल नेता एकराज बस्नेतको घरमा गएर उनकी श्रीमती र छोरीलाई अभद्र व्यवहार गरेको आरोपपछि त्यसबारे छानबिन गर्न सरकारले समिति समेत गठन गरेको थियो । पति उत्तरकुमार वलीको सडक दुर्घटनामा मृत्यु भएपछि दाङ क्षेत्र नम्बर ३ ख मा भएको उपनिर्वाचनमा उनी तत्कालीन नेकपाबाट विजयी भएकी थिइन् । फागुन २३ को सर्वोच्चको फैसलाले नेकपा खारेज गरेपछि वलीले माओवादी केन्द्र रोजेकी थिइन् ।  

भीममा कोरोना जोखिम भत्ता नपाएपछि स्वास्थ्यकर्मी आन्दोलित

स्वास्थ्यसमाचार/ कोभिड महामारीको समयमा काम गरेबापत पाउनुपर्ने जोखिम भत्ता हालसम्म पनि नपाएको भन्दै स्वास्थ्यकर्मीहरूले आपत्ति जनाएका छन् । आफूहरुले ज्यानलाई जोखिममा राखी कसैले हेर्न पनि नखोजेको विरामीका लागि अहोरात्र खटिए पनि हालसम्म कोरोना जोखिम भत्ता नपाएको भीम अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूले बताएका छन् । उनीहरूले संघर्ष समिति गठन गरी आन्दोलन गर्नुपर्ने स्थिति आएको बताए । २०७८ वैशाखदेखि पुससम्म खटिने स्वास्थ्यकर्मीहरूलाई सरकारले कोरोना जोखिम भत्ता दिने निर्णय गरे पनि हालसम्म पनि नपाइएको स्वास्थ्यकर्मी गोपाल उपाध्यायले भने । ‘हामीले धेरै पख्र्यौं अझैसम्म पनि सरकारले बेवास्ता गरेकाले बाध्य भएर यो अवस्थामा आउनुपरेको हो,’ उनले…

बालबालिकालाई मोबाइल-टिभी नदेखाउन चिकित्सकको आग्रह

स्वास्थ्यसमाचार/ बच्चा भुलाउने नाममा बालबालिकालाई मोबाइल/टिभी नदेखाउन चिकित्सकहरुले आग्रह गरेका छन् । मोबाइल/टिभी धेरै समय हेर्दा बालबालिकाहरुमा मानसिक, सामाजिक तथा शारीरिक विकासमा बाधा पुग्ने भन्दै चिकित्सकहरुले यस्तो आग्रह गरेका हुन् । चिकित्सकहरु आवद्ध रहेको रोटरी ई–क्लव अफ मेडिकोफ्युजन हाइब्रीड नेपालले शनिबार “बच्चा भुलाउने नाममा बालबालिकालाई मोबाइल/टिभी नदेखाऊँ” अभियान सुरु गर्दै बालबालिकामा मोबाइलको नकारात्मक प्रभावको बारेमा जानकारी गराएको हो ।क्लवलेरुपन्देहीका विभिन्न नगरपालिकाहरुसँगको सहकार्यमा सचेतनामुलक अभियान समेत चलाउने क्लवका अध्यक्ष डा. सन्तोष पोखरेलले बताउनुभयो । डा. पोखरेलका अनुसार बालबालिकाले धेरै समय मोबाइल हेर्दा निन्द्रमा समस्या, मोटोपना, अटिजम, छिटो रिसाउने, झगडा गर्ने, पढाइमा…

रुपन्देही बन्यो कोभिड विरुद्धको खोप लगाउने नेपालकै पहिलो जिल्ला

स्वास्थ्यसमाचार  ९ असार रुपन्देही जिल्लामा कोभिड विरुद्धको खोप लगाउने जिल्लामा नेपालमै पहिलो जिल्ला भएको छ । पहिलो चरणको खोप लगाएका जनताले अन्य जिल्लाहरुमा दोस्रो चरणको खोप नलगाएको पाईने गरेकोमा रुपन्देहीमा भने पहिलो र दोस्रो चरणको खोप लगाउनेको संख्या बराबर देखिएको हो । जिल्ला स्वास्था कार्यालय रुपन्देहीको तथ्यांक अनुसार जिल्लामा पहिलो डोज र दोस्रो डोज को कोभिड विरुद्धको खोप लगाउनेहरुको संख्या अझ बढि देखिएको हो ।जिल्ला स्वाथ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकालका अनुसार जिल्लाका १ सय २ प्रतिशतले कोभिडको पहिलो र दोस्रो खोप को मात्रा लगाएका छन् । प्रदेशका अन्य जिल्लाहरुमा…

मिति सकिएको औषधीमा नयाँ मिति र मुल्य राखेर विक्री गर्ने तीन पक्राउ

स्वास्थ्यसमाचार/ औषधीमा नयाँ मुल्य राखेर विक्री वितरण गरेको आरोपमा बुटवलमा तीन जना पक्राउ परेका छन् । बुटवल उपमहानगरपालिका वडा नं  ७ दीपनगरमा रहेको बर्तोली प्रिन्टर्सले अवैध रुपमा औषधी तथा पोषणयुक्त सामाग्रिको गोदाम गरेर नयाँ मुल्य राखी विक्रि वितरण गरेको आरोपमा नागार्जुन गाउँपालिका वडा नं २ बैतडीका २८ वर्षीय प्रकाश भण्डारी, सोही गाउँपालिका वडा नं ३ का २३ वर्षीय महेश भण्डारी र दशरथचन्द नगरपालिका वडा नं ११ वैतडीका २६ वर्षीय हरिष भण्डारीलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले बताउनु भयो । अवैध रुपमा विभिन्न प्रकारका प्रशाधन…

बुटबलमा बिरामीको सुरक्षा समिक्षा तथा अभिमुखीकरण कार्यक्रम

स्वास्थ्यसमाचार/ स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयको आयोजनामा बुटबलमा बिरामीको सुरक्षा ‘patient  safety ,समिक्षा तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो । लुम्बिनी प्रदेशभित्रका अस्पताल आयुर्वेद अस्पतालका लगायतका क्षेत्रका चिकित्सक नर्स तथा प्यारामेडीक्सहरु लाई उपचारमा आउदा ‘बिरामीको सुरक्षा कसरी हुन्छ भन्ने बिषयमा समिक्षा तथा गरिएको हो।बिरामीको सुरक्षा समिक्षा तथा अभिमुखीकरण कार्यक्रमको लुम्बिनी प्रदेश स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयका सचिब डा बिकास देबकोटाले उदघाटन गरेका छन । उदघाटन कार्यक्रममा बोल्दै सचिब डा देबकोटाले पछिल्लो समयमा बिरामीहरुको सुरक्षा विश्वव्यापीरुपमा चुनौति बनिरहेको बेला सामाजिक उत्तरदायित्व अन्तर्गत मन्त्रालयले लुम्बिनी प्रदेशमा पहिलो पटक यस्तो कार्यक्रम सुरु…