स्वास्थ्यसमाचार/न्युनतम जनशक्तिको उपस्थितीमा न्यूनतम सेवा मापदण्ड कार्यान्वयमा गुल्मी अस्पताल सुधार उन्मुख देखिएको छ ।
न्युनतम सेवा मापदण्ड कार्यान्वय कार्यक्रम अन्तर्गत गरिएको मूल्यांकनमा अस्पताल सुधार उन्मुख देखिएको हो । विगत तीन वर्षको मूल्यांकनमा अस्पतालको क्रमशः अंक बढेको देखिन्छ । न्युनतम सेवा मापदण्डमा गुल्मी अस्पतालले यस वर्ष ९१ प्रतिशत अंक प्राप्त गरेको छ ।
न्युनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रम अन्तर्गत अस्पतालको अनुगमन मूल्यांकन तथा समिक्षा कार्यक्रममा पृथ्वी चन्द्र अस्पताल नवलपरासीका प्रमुख तथा न्युनतम सेवा मापदण्ड स्रोत व्यक्ति डा. नुरुल होडाले गुल्मी अस्पतालले ९१ प्रतिशत अंक प्राप्त गरेको घोषणा गर्नु भयो ।
तोकिएको सूचकमा केन्द्रित भई स्थलगत अनुगमन तथा मुल्यांकन गरि अस्पताललाई नंम्बर उपलब्ध गराएको होदाले जानकारी दिनुभयो।
अस्पतालको प्रशासन, व्यवस्थापन, बजेट खर्चको अवस्था, विशेषज्ञ सेवा, निःशुल्क उपचार सेवा, फोहर मैला व्यवस्थापन लगायतलाई आधार मानेर न्युनतम सेवा मापदण्डको मूल्यांकन गरिएको जनाइएको छ ।
न्युनतम सेवा मापदण्ड समिक्षा कार्यक्रममा अस्पतालको अवस्थाको बारे गुल्मी अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट बिभव बस्यालले न्यूनतम सेवा मापदण्ड कार्यक्रमले आफूले दिने सेवामा के कमजोरी छ र कसरी समाधान गर्न सकिन्छ भन्ने जानकारी पाउँदा अस्पतालको सेवा प्रवाहमा सहज भएको बताउनुभयो ।
५० शैया रहेको गुल्मी अस्पतालमा अर्घाखाँची, प्यूठान, बाग्लुङ लगाएतका छिमेकी जिल्लाका बिरामीहरुले समेत सेवा लिने बस्यालले बताउनुभयो ।
अस्पतालको टिमलाई धन्यवाद दिँदै आगामी दिनमा गुणस्तरीय सेवा प्रवाह गर्न लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य अधिकृत एबं एमएसएस फोकल पर्सन अस्मिता नेपालले बताउनु भयो ।
अस्पतालमा देखिएका कमीकमजोरीलाई सुधार गर्दै आगामी दिनमा प्रभावकारी सेवा दिन डा. अच्युत न्यौपानेले समिक्षा कार्यक्रममा भनाई राख्नु भएको थियो। ।
समीक्षामा लुम्बिनीका स्वास्थ्यमन्त्री स्वास्थ्य सचिब लगायतको टोली सहभागी थियो ।
प्रतिकया दिनुहोस्