लुम्बिनी प्रदेश सरकार स्थापना दिवस : चिकित्सक सहित ६१ विभूषित

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश सरकारले आफ्नो स्थापना दिवस बुधबार मनाएको छ। राप्ती गाउँपालिका– ३ सिरिचौर, दाङमा औपचारिक समारोह आयोजना गरेर सरकारले स्थापना दिवस मनाएको हो। प्रदेश सरकार स्थापना दिवसको अवसरमा चिकित्सक सहित विभिन्न ६१ जनालाई विभूषित गरिएको छ। मुख्यमन्त्री प्रज्ज्वलदीप पदकबाट डाक्टर मोहिउद्दिन किदवाई र डाक्टर राजन पाण्डेलाई विभूषित गरिएको छ। डाक्टर किदवाईलाई नेपालमै धेरै जनताको शल्यक्रिया गरी जनस्वास्थ्यमा उल्लेख्य योगदान गरेको भन्दै विभूषित गरेको छ । त्यसगरी पाण्डेलाई तराइका थारु समुदायमा समस्याको रुपमा रहेको सिकलसेल एनेमिया र थालेसिमिया सम्वन्धि स्वास्थ्य समस्या पत्ता लगाई उक्त रोगको उपचारलाई प्रभावकारी बनाउने सम्वन्धमा अध्ययन…

ग्यास सिलिन्डर बिस्फोट हुदा सांसद भण्डारी र उनकी आमा घाईते

स्वास्थ्यसमाचार/ नेपाली कांग्रेसका नेता तथा सांसद डा चन्द्र भण्डारीको काठमाण्डौ स्थित निवासमा ग्यास सिलिन्डर बिस्फोट भएको छ । गुल्मी निर्वाचन क्षेत्र न १ का संघीय सांसद भण्डारीको निवास बुद्धनगरमा ग्यास सिलिन्डर बिस्फोट हुदा भण्डारी र उनमी आमाको शरिरमा जलेर क्षती पुगेको भण्डारीको स्वकिय सचिव भुवन भुषालले सामाजिक संजाल फेसवुकबाट जानकारी दिएका छन् । भण्डारी र उनकी आमा दुवैको अहिले कर्तिपुर अस्पतालमा उपचार भईरहेको छ । उपचारमा सम्लग्न डाक्टरका अनुसार भण्डारीको शरिरको करिव २५ प्रतिशत र उनकी आमाको ७० प्रतिशतको हाराहारीमा असर गरेको छ । थप विवरण आउन भने बाँकी छ…

रोटरीद्वारा ट्राफिकलाई मास्क र सचेतना बोर्ड हस्तान्तरण

स्वास्थ्यसमाचार/रोटरी क्लव अफ बुटवलले बुधबार ट्राफिक सचेतना बोर्ड हस्तान्तरण गरेको छ । लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवललाई ट्राफिक सचेतना बोर्डसँगै मास्क हस्तान्तरण गरिएको हो । क्लवका अध्यक्ष बोनिन पियाले प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक होमबहादुर थापा र वरिष्ठ प्रहरी नायब निरीक्षक ज्ञानु पाण्डेलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बोल्दै ट्राफिक प्रहरी नायब उपरीक्षक थापाले रोटरीले गर्दै आएको सामाजिक र रचनात्मक कार्यक्रमको प्रशंसा गर्दै यस्ता कार्यलाई निरन्तर जारी राख्न आग्रह गरे । क्लवका अध्यक्ष बोनिन पियाले रोटरीले गर्दै आएका गतिविधिबारे प्रकाश पारेका थिए । त्यस अवसरमा…

राष्ट्रपति भण्डारीद्वारा केन्द्रिय आयुर्वेद शिक्षण अस्पताल उद्घाटन

स्वास्थ्यसमाचार/ राष्ट्रपति विद्यादेवी भण्डारीले केन्द्रिय आयुर्वेद विद्यापिठ तथा शिक्षण अस्पतालको भवनको उट्घाट्न गरेकी छन् । नेपाल संस्कृत विश्वविद्यालयको दाङ तुलसीपुरको बेलझुण्डीस्थित आयुर्वेद शिक्षण अस्पतालको नव निर्मित भवनको राष्ट्रपति भण्डारीले एक कार्यक्रमका बिचमा उद्घाटन गरेकी हुन । हालै उदघाटित भवनमा ३ तला र १ सय ८ कोठाहरु छन् । आयुर्वेद विएएम्एस्‌को पठनपाठन भइरहेको उक्त अस्पतालमा विभिन्न व्याचका २ सय १५ जना विद्यार्थी अध्ययनरत छन् । नेपाल सरकार, विश्वविद्यालय अनुदान आयोगमार्फत प्राप्त अनुदानबाट भवन निर्माण भएको हो । ०७० असार १७ गते २४ करोड ७२ लाख ८३ हजार लागतमा सुरु भएको उक्त…

आज बाल क्यान्सरविरुद्धको दिवस मनाइँदै

स्वास्थ्यसमाचार/ अन्तर्राष्ट्रिय बाल्यकाल क्यान्सरविरुद्धको दिवस हरेक वर्षको फेब्रुअरी १५ मा मनाउने गरिन्छ। ‘जीवन रक्षा : तपाईँको हातमा’ नारासहित यसपटक अन्तर्राष्ट्रिय बाल्यकाल क्यान्सर दिवसको मनाउन लागिएको हो । बाल्यकालमा हुने क्यान्सरका विरुद्ध जनचेतना बढाउनका लागि यो दिवस मनाउन सुरु गरिएको हो। हरेक ३ मिनेटमा विश्वभरका बालबालिकाहरूमा क्यान्सरले गर्दा मृत्यु हुने गरेको छ । यसबाट क्यान्सरको अवस्था कति भयानक छ भन्ने हामीले अन्दाज लगाउन सक्दनौं । हरेक वर्ष विश्वभर झन्डै दुई लाख ८० हजार बालबालीका र १९ वर्षमुनिका जनसङ्ख्याहरूमा क्यान्सर हुने गरेको पाइन्छ। उच्च आय भएका देशहरूमा ८० प्रतिशत क्यानसरबाट बाँच्ने धेरै…

स्वस्थ र स्वच्छ मासुका लागी बुटवलमा पशु वधशाला सञ्चालन गर्ने

स्वास्थ्यसमाचार/ बुटवलमा निर्माण भएको पशु बधशाला सञ्चालनमा आउने भएको छ । बधशाला सञ्चालनका लागि बुटवल उपमहानगरपालिका र बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिका बीचमा पशु बधशाला सञ्चालन गर्ने सहमति भएको हो । दुईपक्षबीच भएको सहमतिअनुसार पशु बधशाला छिटै सञ्चालनमा आउने बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताउनुभयो । सार्वजनिक, निजी, सहकारी (उत्पादक) साझेदारी अवधारणा बमोजिम बधशालालाई व्यवस्थित रुपमा सञ्चालन गर्ने गरी बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिलाई जिम्मा दिइने उहाँले बताउनुभयो । बधशाला सञ्चालनका लागि उत्पादक किसान र मासु व्यवसायीले गठन गरेको बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिलाई हस्तान्तरण गर्ने प्रमुख…

गुणात्मक रुपमा स्वास्थ्य सेवालाई प्राथमिकता : स्वास्थ्यमन्त्री पन्थी

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशका नबनियुक्त स्वास्थ्यमन्त्री बिष्णु पन्थीले पदभार ग्रहण गर्नु भएको छ। पदभार ग्रहण पछि २ बटा नयाँ निर्णय गर्नु भएको छ। मन्त्रालयका सचिव डा. विकास देवकोटा लगाएतका अधिकारी बाट स्वागत, छलफल सहित महत्वपूर्ण निर्णय भएको छ। नयाँ निर्णयमा कपिलवस्तुको चन्द्रौटा स्थीत सरुवा रोग अस्पतालको कार्य यथाशिघ्र सञ्चालन गर्ने र प्रदेशका सबै जिल्लाहरुमा कम्तीमा ४ वटा विशेषज्ञ सेवा ३ /३ महिनामा संचालन गर्ने निर्णय भएको छ । जसलेगर्दा प्रादेशिक अस्पताल बुटवलमा चाँप घट्नेछ। नवनियुक्त स्वास्थ्य मन्त्री पन्थीले पत्रकार हरु संग कुरा गर्दै उहाले आधारभुत स्वास्थ्यलाई गुणस्तरीय बनाउने बताउनु भएको छ।स्वास्थ्य…

कण्डम दिवसका दिन बुटवलमा वृहत सांस्कृति कार्यक्रम हुने

स्वास्थ्यसमाचार/ सधै फेशनमा ,दोहोरो सुरक्षाका लागि कण्डम भन्ने नारा सहित फेब्रुअरी १३ अर्थात फागुन १ गते सोमबारका दिन अन्तर्राष्ट्रिय कण्डम दिवस मनाईदैछ । प्रणय दिवसको अवसरमा विश्वब्यापी रुपमा कण्डमको सहि तरिकाले प्रयोग गरी सुरक्षित यौन सम्पर्क बारे जनतचेतना फैलाउनको लागि रमाइलो तथा रचनात्मक तरिकारले अन्तराष्ट्रिय कण्डम दिवस बुटवलमा पनि मनाईने भएको छ । लुम्बिनी प्रदेशको स्वास्थ्य निर्देशनालयले आईतबार बुटवलमा पत्रकारहरुसँग अन्तरक्रिया कार्याक्रमको आयोजना गर्दै कण्डम दिवसको बारेमा जानकारी गराएको हो ।अन्तर्राष्ट्रिय कण्डम दिवसको अवसरमा बुटवलको ट्राफिक चोकमा सांस्कृतिक कार्यक्रम सहित जनचेतना मुलक कार्यक्रमको आयोजना हुने स्वास्थ्य निर्देशनालयले जानकारी गराएको छ…

तिलोत्तमामा रगत तथा रक्त तत्त्व चेक जाचमा लाग्ने सेवा शुल्क नि:शुल्क

स्वास्थ्यसमाचार/ तिलोत्तमाका बासिन्दाका लागि रगत सम्बन्धी सबै सेवा निशुल्क हुने भएको छ । तिलोत्तमा नगरपालिका र रक्तसञ्चार सेवा केन्द्रसँग सम्झौता गरी तिलोत्तमा नगरभित्रका बासिन्दाले रुपन्देहीका अस्पतालहरुमा उपचाररत रहँदा आवश्यक पर्ने रगत र रगतजन्य पदार्थ लिँदा शुल्क नलाग्ने व्यवस्था गरेको हो । रक्तसञ्चार केन्द्रबाट उपलब्ध हुने रगत निशुल्क उपलब्ध गराउनेबारे तिलोत्तमा नगरपालिका मेयर रामकृष्ण खाँड र नेपाल रेडक्रस सोसाईटी रुपन्देहीका सभापति प्रेमलाल उदासका बीचमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो । तिलोत्तमा नगरपालिका र रेडक्रस सोसाइटीका बीचमा आवश्यक रगत पर्याप्त उपलब्ध गराउन सहकार्य गर्ने, शिविरहरु सञ्चालन गर्ने र रक्तदानका लागि उत्प्रेरित गर्ने गरी…

चिकित्सक संघ र सरकारबीच ६ बुँदे सहमति, आन्दोलन फिर्ता

स्वास्थ्यसमाचार/ अस्पतालको सेवा नै बन्द गरि आन्दोलनमा उत्रिएको नेपाल चिकित्सक संघ र सरकारबीच ६ बुँदे सम्झौँता भएको छ । सम्झौँता पछि चिकित्सकहरुले आव्हान गरेको सबै आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् । गत शुक्रबार राष्ट्रपतिको सवारीको क्रममा वीर अस्पताल अघि एक जना चिकित्सकमाथि प्रहरीले लाठी प्रहार गरेको विरोधमा चिकित्सकहरु आन्दोलन उत्रिएका थिए । घटनामा सम्लग्न प्रहरीमाथि कारवाही अघि बढीसकेको सन्दर्भमा अस्पताल बन्द सम्मको घोषणा गरेपछि चिकित्सक संघको कदमको आलोचना बढेको थियो । आज विहान ८ बजे देखि प्रधानमन्त्री कार्यालयका सचिव डा गणेश पाण्डे नेतृत्वको सरकारी बार्ता टोली र डा लोचन कार्की…