कोरोना संक्रमणबाट संविधानसभा सदस्य सिद्दीकीको मृत्यु

स्वास्थ्यसमाचार/बाँकेबाट संबिधानसभामा प्रतिनिधित्व गरेकी संविधानसभा सदस्य मोहम्मदी सिद्दीकीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । केहिदिनदेखि भेरी अस्पतालको भेण्टिलेटरमा उपचार भईरहेको सिद्दीकीको आज साँझ उपचारकै क्रममा मृत्यु भएको हो । गत चैत्र २८ गते कोरोना पुष्टि भएपछि सिद्दीकी भेरी अस्पतालमा भर्ना भएकी थिईन् । उनको उपचारकै क्रममा साँझ ७ः३० बजे निधन भएको भेरी अस्पतालले जनाएको छ ।अस्पतालले उपचारका क्रमममा उनलाई बचाउन सबै उपाए अपनाएपनि बचाउन नसकिएको अस्पतालले जनाएको छ ।

रुपन्देहीमा शनिबार ३ सय १ कोरोना संक्रमित थपिए

स्वास्थ्यसमाचार/ रुपन्देहीमा आज शनिबार ३सय १ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार बुटवलका ११० जना सबैभन्दा बढी देखिएका छन्। यस्तै तिलोत्तमाका ६४, सिद्धार्थनगरका ४६, ओमसतियाका २०, रोहिणीका २३, सुद्धोधनका ७, सैनामैनाका १०, सियारीका ३, देवदहका ८, गैडहवाका २, मायादेवीका २, मर्चवारीका २, कञ्चनका १, लुम्बिनीका २, समरीमाइका १ जना रहेका छन्। योसँगै रुपन्देहीमा संक्रमितको संख्या १० हजार ३ सय ४५ पुगेको छ। जसमध्ये सक्रिय संक्रमित १ हजार ८० जना छन्। हालसम्म ९ हजार ९७ जना निको भए भने १६८ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय रुपन्देहीका…

२४ घण्टामा रुपन्देही र बाँकेमा ६ जना कोरोना संक्रमितको मृत्यु

स्वास्थ्यसमाचार /  लुम्बिनी प्रदेशका २ जिल्ला बाके र रुपन्देहीमा पछिल्लो २४ घण्टामा गरी ६ जना कोभिड–१९ संक्रमितको मृत्यु भएको छ ।जसमा चार जना बाँके र दुई जना रुपन्देहीका रहेका छन । बाँकेको भेरी अस्पताल नेपालगन्जमा उपचाररत ६१ र ७५ वर्षीय महिला तथा ८६ र ३५ बर्षिय पुरुषको उपचारकै क्रममा मृत्यु भएको हो । उनीहरू चारैजना नेपालगञ्जकै भएको बाँकेका कोरोना फोकलपर्शन तेज ओलीले बताए । उनीहरूको मृत्युसँगै बाँकेमा कोभिड संक्रमणबाट मृत्यु हुनेको संख्या ७६ पुगेको छ । मृतकहरूको शव नेपाली सेनाको समन्वयमा परिवारबाट दाहसंस्कारको व्यवस्था हुँदै गरेको फोकलपर्शन ओलीले बताए ।…

रुपन्देहीमा २४ घण्टामा २सय २७ नयाँ कोरोना संक्रमित थपिए

स्वास्थ्यसमाचार /  रुपन्देहीमा पछिल्लो २४ घण्टामा २सय २७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका अनुसार ९९ महिला र १२८ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका प्रमुख डा राजेन्द्र गिरीका अनुसार आज रुपन्देहीमा ९९ महिला र १२८ पुरुषमा कोरोना संक्रमण थपिएको बताए । बुटवल उपमहानगरमा मात्र १सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने तिलोत्तमा नगरपालिकामा ४३ जना, सिद्धार्थनगरमा ४० जना कोरोना संक्रमित थपिएका डा गिरीले बताए । लुम्बिनी प्रदेशमा कोरोना संक्रमणको अगुवाई गरिरहेको बाँकेलाई उछिन्दै रुपन्देहीले आज कोरोना संक्रमित…

लुम्बिनी प्रदेशका ४ कोभिड अस्पताल संक्रमितले भरिए

रुपन्देही /पछिल्लो समय कोभिड(१९ संक्रमण फैलिएसँगै अस्पतालका आइसियूहरू पनि भरिएका छन्। लुम्बिनी प्रदेशका चारवटै कोरोना अस्पतालमा अहिले नयाँ विरामीको लागि बेड पाउन सक्ने अवस्था छैन । रुपन्देही र आसपासमा कोभिड(१९ संक्रमण बढेसँगै चैत्रको तेस्रो साताबाट बुटवलको धागो कारखानामा रहेको कोभिड(१९ विशेष अस्पतालमा रहेको आइसियू कक्षमा विरामीहरू बढ्न थाले। मंगलबार अस्पतालका आइसियूका सबै १३ बेड भरिए। अघिल्लो दिनदेखि अस्पतालमा नयाँ विरामी राख्ने अवस्था नभएको लुम्बिनी प्रादेशिक अस्पतालका बुटवलका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए । ‘अहिले १३ वटा बेड छ। सबै प्याक छ। नयाँ बिरामी आए भने राख्ने ठाउँ नै…

बुटवलको कोरोना अस्थायी अस्पतालमा संक्रमित महिलाको मृत्यु

स्वास्थ्यसमाचार/  बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा अर्घाखाँचीकी कोरोना संक्रमित महिलाको उपचारका क्रममा मृत्यु भएको छ । अर्घाखाँचीको शीतगंगा नगरपालिका–३ की ७० वर्षीया महिलाको कोरोना विशेष अस्थायी अस्पतालमा शुक्रबार मृत्यु भएको हो ।चैत २९ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएकी महिलामा ज्वरो र श्वास–प्रश्वासको समस्या रहेको अस्पतालका प्रवक्ता डा.विष्णु गौतमले जानकारी दिए । रुपन्देहीमा पछिल्लो एक हप्तामा यसअघि कोरोना विशेष अस्पतालमा चार जनाको मृत्यु भइसकेको डा गौतमले बताए ।

लुम्बिनी प्रादेशिक अस्पतालमा ३८ बर्षिय संक्रमित पुरुषको मृत्यु

स्वास्थ्यसमाचार/लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना उपचार कक्षमा भर्ना भएका ३८ वर्षिय पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले दिएको जानकारी अनुसार पर्वत पयुँ ५ का ३८ वर्षिय पुरुषको उपचारका क्रममा मृत्यु भएको वताए । भारतबाट फर्के लगत्तै स्वास्थ्यमा खराबी आएपछि उनी उपचारका लागी अस्पतालमा भर्ना भएका थिए । बिगत १० दिन देखि उच्च ज्वरो आएपनि उनको ५ दिन अघि मात्र स्वाव परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । गत चैत्र २९ गते लुम्बिनी अस्पतालको कोरोना उपचार कक्षमा भर्ना भएका थिए । रुपन्देहीमा आज मात्र…

बढ्दो संक्रमण प्रति नीजि क्षेत्रको चासो :- सरकारको तयारी खोई ?

स्वास्थ्यसमाचार/ स्वास्थ्यसमाचार पछिल्लो समयमा कोरोना भाईरस (कोभिड १९)को संक्रमण बढीरहँदा सरकारको तर्फबाट हुनुपर्ने तयारी नभएको भन्दै नीजि क्षेत्रबाट चासो र चिन्ता व्यक्त गरिएको छ । छिमेकी देशहरुमा दोस्रो लहरको संक्रमण फैलिएसंगै त्यसको प्रभाव बिस्तारै नेपालमा समेत पर्न थालेपछि सम्भावित जोखिम प्रति चासो बढेको हो । बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीले नयाँ वर्ष २०७८ को पूर्व शन्ध्यामा बुटवलमा आयोजना गरेको शुभकामना आदान प्रदान तथा स्वागत कार्यक्रममा वक्ताहरुले सम्भावित जोखिमको बारेमा कुरा राख्दै अझै पनि सरकारको तर्फबाट प्रभावकारी कामहरु हुन नसकेको औंल्याएका हुन् । संघले रुपन्देही जिल्लाका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी तथा…

स्वास्थ्यमा लुम्बिनी प्रदेश २०७७ : कष्ट र त्रासमा गुज्रिएको वर्ष

नयाँ बर्ष वि सं. २०७७ साल सुरु हुँदा मुलुकमा लकडाउन भएको २० दिन पुगीसकेको थियो। विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण नेपालमा चैत्र ११ गतेदेखी लकडाउन सुरु भएको थियो। लकडाउनको कारण यो सालको पहिलो दिन घर भित्रै सिमित थिए। नयाँवर्ष उत्सव सामाजिका सञ्जालमा मात्र सिमित भएको थियो । नेपालभरमा केहीलाई कोरोना संक्रमण पुष्टी भएपनि २०७७ साल सुरु हुँदा लुम्बिनी प्रदेशमा भने संक्रमण देखिइसकेको थिएन। बैशाख १९ गते रुपन्देही र बाँकेमा एकै दिन संक्रमित फेला परे। लुम्बिनी प्रदेशमा संक्रमणको सुरुवात भएको दिन १८ गते नै थियो। त्यसको पर्सिपल्ट बैशाख २१ मा…

विश्व होमियोप्याथीक दिवश : जानौं यो कस्तो उपचार पद्धति हो ।

अप्रिल १०, २०२१ । चिकित्सा पद्धति सन १७९६ मा जर्मनीका प्रसिद्ध एलोप्याथिक बिशिषज्ञ डा. क्रिश्चीयन फेडेरिक स्यामुयल हेनिमनले लामो समयको खोज अनुसन्धान पश्चात चिकित्सा क्षेत्रमा प्रतिपादन गरेको यो बिज्ञानलाई रोगको स्थायी रुपमा जराबाटै समाधान गर्न सक्ने उत्तर आधुनिक समयमा बिकास भएको चिकित्साको रुपमा हेरिने गरिन्छ ।