कोरोना संक्रमणबाट संविधानसभा सदस्य सिद्दीकीको मृत्यु

स्वास्थ्यसमाचार/बाँकेबाट संबिधानसभामा प्रतिनिधित्व गरेकी संविधानसभा सदस्य मोहम्मदी सिद्दीकीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । केहिदिनदेखि भेरी अस्पतालको भेण्टिलेटरमा उपचार भईरहेको सिद्दीकीको आज साँझ उपचारकै क्रममा मृत्यु भएको हो ।

गत चैत्र २८ गते कोरोना पुष्टि भएपछि सिद्दीकी भेरी अस्पतालमा भर्ना भएकी थिईन् । उनको उपचारकै क्रममा साँझ ७ः३० बजे निधन भएको भेरी अस्पतालले जनाएको छ ।अस्पतालले उपचारका क्रमममा उनलाई बचाउन सबै उपाए अपनाएपनि बचाउन नसकिएको अस्पतालले जनाएको छ ।

सम्बन्धित शिर्षक :