कुष्ठरोग निवारण रणनितिमा रुपन्देही असफल ४१ नया रोगी थपिए

स्वास्थ्यसमाचार /सरकारले २०६६ साल माघ १० मा तामझामका साथ कार्यक्रम गरी सन २०२० को अन्तसम्ममा नेपालबाट कुष्ठरोग निवारण गर्ने घोषणा ग¥यो। सरकारले प्रति दश हजार नागरिकमा कुष्ठरोगीको संख्या एक जनामा झार्ने सरकारी रणनीति पनि बनायो। तर, सरकारी रणनीति रुपन्देहीमा सफल हुन सकेको छैन। रुपन्देहीमा प्रति दश हजार जनसंख्यामा कुष्ठरोगीको संख्या १ दशमलव १९ पुगेको छ।कारोना महामारीमा हाम्रो संयमता, समयमै कुष्ठरोग व्यवस्थापनामा सक्रियता भन्ने मुल नाराका साथ ६८ औ बिश्व कुष्ठरोग दिवस मनाईयो। जिल्लामा पुष अन्तिम सम्ममा १ सय ४१ जना कुष्ठरोगी उपचारमा रहेका छन्। आर्थिक वर्ष २०७६-०७७ को असारसम्म १…

कोरोनाविरुद्धको खोप वितरणमा किन ढिलाई :स्वास्थ्यमन्त्री त्रिपाठी

स्वास्थ्यसमाचार / लुम्बिनी प्रदेशमा कोरोना विरुद्धको खोप वितरणमा ढिलाई भएपछि संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्री ह्रदयेश त्रिपाठी अनुगमन गर्दे हिडेका छन। भारत सरकारले उपमहार स्वरुप दिएको खोप पहिलो चरणमा स्वास्थ्यकर्मी सरसफाईकर्मीलाई लगाउने भने पनि लुम्बिनी प्रदेशमा वितरणमा ढिलाई भएको छ । शनिबार लुम्बिनी प्रदेशको बुटललको लुम्बिनी प्रादेशिक अस्पतालमा आएका मन्त्रीले प्रदेशको सामाजिक विकास मन्त्रालयका कर्मचारीलाई एकै ठाउँमा रोखेर वितरणमा किन ढिलाई भयो भन्दै प्रश्न गर्न थाले ।आउँनु बित्तिकै मन्त्री लुम्बिनी प्रदेशको सामाजिक बिकास मन्त्रालयका कर्मचारी तथा प्रादेशिक अस्पतालका कर्मचारी र पदाधिकारीसँग छलफलमा लागे । प्रदेशस्वास्थ्य निर्देशनालयका निर्देशक डा. बिनोद गिरी…

प्राविधिक शिक्षालय महासंघको महाधिवेशन बुटबलमा शुरु

स्वास्थ्यसमाचार /निजी प्राविधिक शिक्षालय महासंघ नेपालको आठौं महाधिवेशन तथा केन्द्रीय भेलाका लागि देशभरका प्रतिनिधिहरु बुटवलमा भेला भएका छन् । सिएमए, अनमि, ल्याबअसिस्टेन्टलगायतका विषय अध्ययन हुने शिक्षालयका प्रतिनिधिहरु नयाँ नेतृत्व चयन तथा नयाँ कार्ययोजनाका लागि जम्मा भएको निजी प्राविधिक शिक्षालय महासंघ नेपालका अध्यक्ष बसन्तराज खनालले बताए । सो भेलाको उद्घाटन गर्दै सिटिइभिटीका उपाध्यक्ष खगेन्द्र प्रसाद अधिकारीले केही समयदेखि निजी प्राविधिक शिक्षालयमा देखिएका समस्या छिटै समाधान हुने बताए ।यस्ता शिक्षालयका पीडा र सर्वसाधारणले पाउने प्राविधिक शिक्षका विषयमा उनले आधारभूत प्राविधिक शिक्षालाई रोकेर गर्न लागिएको स्तरवृद्धिको काम कोभिडका कारण ढिलाई भएकाले अब तत्काल…

रुपन्देहीमा ४ सय एचआईभी संक्रमितको निःशुल्क स्वास्थ्य बीमा

स्वास्थ्यसमाचार/ नेपाल सरकारको स्वास्थ्य बीमा सम्बन्धी नीति अनुरुप रुपन्देहीमा पनि स्वास्थ्य बीमा कार्यक्रम लागु भएको छ । जसमा जिल्लाका ४ सयभन्दा बढी एचआईभी संक्रमितहरुको स्वास्थ्य बीमा निःशुल्क गरिएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य बीमा बोर्डका संयोजक मनोज पौडेलले रुपन्देही जिल्लामा हालसम्म ४ सयभन्दा बढी एचआईभी संक्रमितहरुको निःशुल्क स्वास्थ्य बीमा गरिएको बताए ।स्वास्थ्य बीमामा संलग्न हुनका लागि ५ सदस्यसम्मको परिवारका लागि वार्षिक ३५ सय तिर्नु पर्ने हुन्छ । बीमित सदस्यहरु बिरामी भएमा वार्षिक १ लाखसम्मको खर्च बीमा बोर्डले व्यहोर्छ । तर नेपाल सरकारको पछिल्लो निर्णय अनुसार अति गरिब, ‘क’ वर्गका अपाङ्ग,…

लुम्बिनी प्रादेशिक अस्पतालका नर्सले मनाए ५९औं वार्षिक उत्सव

स्वास्थ्यसमाचार /नेपाल नर्सिड संघ बुटबल ईकाई तथा लुम्बिनी प्रादेशिक अस्पतालका नर्सिङ स्टाफहरुले ५९औं वार्षिक उत्सव दिवस फ्लोरेंस नाइटेंगल तस्वीरमा माल्यापर्ण गरेर यो दिवस मनाएका छन। सधै फरक तरिकाले मनाउने नर्सिड हरुले कोरोनाको कहरका बिच अरु कार्यक्रम नगरि औपचारीक रुपमा मात्र यो दिबस मनाएका हुन।नेपालमा २०१८ माघ १५ गते नेपालभरिका नर्सहरु संगठित रुपमा एक भएर नेपाल नर्सिङ संघको स्थापना भएको थियो । नेपालमा हाल ९५ हजारभन्दा बढी नर्सिङ जनशक्ति नेपाल नर्सिङ काउन्सिलमा दर्ता छन्। तीमध्ये २० हजारभन्दा बढी नर्सहरु विदेश पलायन भएका छन्। नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाकी निर्देशक डा तुइतुईले…

लुम्बिनी प्रदेशमा ४० हजारले कोरोना बिरुद्धको खोप लगाउँदै

स्वास्थ्यसमाचार/ कोभिड १९ विरुद्धको खोप अभियान लुम्बिनी प्रदेशमा पनि बुधबारबाट सुरु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालमा प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलको उपस्थितीमा खोप अभियान सुरु गरिएको हो । पहिलो खोप लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा राजेन्द्र खनालले लगाएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुरु गरेसँगै सबै प्रदेशमा अभियान सुरु गरिएको हो । लुम्बिनीमा ३९ हजार ४ सय ९५ जनालाई खोप दिईने छ भने ८ हजार ७ सय ६८ भयल भ्याक्सिन प्रदेशमा आईसकेको छ । अभियानलाई दुई चरणमा वितरण गरिने छ जसमध्ये प्रदेशका तराईका ६ जिल्लामा माघ १४ अर्थात आजैदेखी…

कोरोना खोप लगाएपछि यस्ता लक्षण देखिए सरकारले निशुल्क उपचार गर्छ :प्रवक्ता गौतम

स्वास्थ्यसमाचार/ सरकारले कोरोना खोप लगाए पश्चात कुनै व्यक्तिलाई साइड इफेक्ट भएमा निस्शुल्क उपचार गर्ने जनाएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय का प्रवक्ता डा जागेश्वर गौतमले खोप लगाएपछि कुनै व्यक्तिलाई साइड इफेक्ट देखिएमा सम्पूर्ण उपचार खर्च सरकारले नै व्यहोर्ने बताएका हुन्। ‘पहिलो चरणमा हामीले अस्पतालबाट खोप अभियान सुरू गर्न लगाएका छौं डा। गौतमले  भने, ‘त्यसैले खोप लगाएर कुनै समस्या देखिए त्यसको व्यवस्थापनका लागि हरेक अस्पतालमा कसले हेर्ने भनेर तोकिसकेका छौं।’ सामान्यता खोप लगाएपछि केही मानिसमा सुई लगाएको ठाउँमा दुख्ने, सुन्निने, रातो हुनसक्ने, ज्वरो आउन सक्ने, बान्ता आउने, मांसपेसी वा जोर्नीको दुखाइ हुने…

बुटवलमा प्रदेश जनस्वास्थ्य प्रयोगशाला शिलन्यास

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशको बुटवलमा प्रदेश जनस्वास्थ्य प्रयोगशाला निर्माण हुने भएको छ। सेभ द चिल्ड्रेनको आर्थिक तथा प्राविधिक सहयोगमा बुटवल उप–महानगरपालिका वडा नं १२ तामनगरस्थित गणेश टोल विकास संस्थाको परिसरमा उक्त प्रयोगशाला निर्माण हुने भएको हो। लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले प्रयोगशाला भवनको एक समारोहका बीच शिलन्यास गरेका छन्। शिलान्यास गदै मन्त्री बरालले सामान्य प्रयोगशाला परीक्षणका लागि पनि काठमाडौँ जाने झन्झटबाट बिरामीले अब मुक्ती पाउने बताए। स्वास्थ्य सेवा सर्वसुलभ बनाउन प्रदेश सरकार लागि परेको मन्त्री बरालले बताए। मन्त्री बरालले भवन निर्माण सम्पन्न भएपछि कर्मचारी व्यवस्थापन लगाएतका काम मन्त्रालयबाट नै…

लुम्बिनी प्रदेशमा शुभारम्भ हुँदै कोरोनाबिरुद्धको खोप अभियान

स्वास्थ्यसमाचार/ कोरोना विरुद्धको खोप ‘कोभिसिल्ड’ बुधबार बिहान १० बजेदेखी लुम्बिनी प्रदेशका ६ जिल्ला मा सुरु हुने छ। पहिलो चरणमा फन्टलाइनमा खटिएका सरसफाइकर्मी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई खोप लगाइने गरि तयारी भैरहेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कोभिड विरुद्धको खोपको व्यवस्थापन लुम्बिनी प्रदेश संयोजक डा बिकास देबकोटाका अनुसार भोली खोप अभियानको प्रधानमन्त्री निवास बालुवाटारवाट औपचारिक उदघाटन सुरु गर्ने बताए। लुम्बिनी प्रदेशमा भने मुख्यमन्त्री शंकर पोखरेलले सुभारम्भ गर्ने र खोपलगाउन सुरु गर्ने प्रदेश स्वास्थ्य निर्देशक डा बिनोद कुमार गिरीले बताए ।लुम्बिनी प्रदेशका १२ जिल्लामा दुई चरणमा खोप अभियान सञ्चालन हुनेछ। १२ मध्ये ६ वटा तराइका…

लुम्बिनी प्रदेशमा आएको कोरोनाको खोप आज १२ जिल्लामा पठाईदै

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशमा आएको कोरोना बिरुद्धको खोप आज जिल्ला जिल्लामा पठाईने भएको छ । ३९ हजार ४ सय ९५ जनालाई पुग्ने ‘कोभिसिल्ड’ खोप आज जिल्लाका सबै अस्पतालमा पठाउने र  लगाउन गरि काम भैरहेको प्रदेश स्वास्थ्य आपुर्ति निर्देशनालयले जनाएको छ। अघि नै विभिन्न खोपहरु जिल्लामा गई रहने भईकोले यसको आपूर्ति र ढुवानीमा कुनै समस्या नरहेको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक दिनेश चापागाईले वताए।कोरोना बिरुद्धको खोप एउटै व्यक्तिलाई २ डोज दिनु पर्ने चापागाईको भनाई छ । उनले पहिलो डोज लिएको ४ साता पछि अर्को पनि डोज लिनु पर्ने जानकारी दिए ।…