रुपन्देहीमा २४ घण्टामा २सय २७ नयाँ कोरोना संक्रमित थपिए

स्वास्थ्यसमाचार /  रुपन्देहीमा पछिल्लो २४ घण्टामा २सय २७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका अनुसार ९९ महिला र १२८ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका प्रमुख डा राजेन्द्र गिरीका अनुसार आज रुपन्देहीमा ९९ महिला र १२८ पुरुषमा कोरोना संक्रमण थपिएको बताए । बुटवल उपमहानगरमा मात्र १सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने तिलोत्तमा नगरपालिकामा ४३ जना, सिद्धार्थनगरमा ४० जना कोरोना संक्रमित थपिएका डा गिरीले बताए ।

लुम्बिनी प्रदेशमा कोरोना संक्रमणको अगुवाई गरिरहेको बाँकेलाई उछिन्दै रुपन्देहीले आज कोरोना संक्रमित थप्ने कार्यमा नयाँ ब्रेक गरेको छ ।रुपन्देहीमा अहिले सम्ममा कोरोना संक्रमणका कारण १६५ जनाको मृत्यु भएको छ भने रुपन्देहीमा अहिल पनि ८सय ११ जनाले होम आईशोलेसन, स्थानीय तहको आइशोलेसन तथा कोरोना बिशेष अस्पतालमा उपचार गराईरहेका छन् ।

संक्रमित थपिएसँगै रुपन्देहीको कोरोना बिशेष अस्पताल र भिम अस्पतालका सबै बेडहरु भरि भराउ भएको लुम्बिनी प्रादेशिक अस्पताल र भिम अस्पतालले जनाएका छन । लुम्बिनी प्रादेशिक अस्पतालका सुचना अधिकृत डा बिष्णु गौतमका अनुसार रुपन्देहीमा रहेको २२ वटा आईसीयू सबै भरिएको वताए ।

बुटबलमा रहेको कोरोना बिशेष अस्पतालको १३ वटा आईसीयू बेड सबै भरिएका छन् भने भिम अस्पतालको ९ वटा बेड पनि भरिएका छन ।लुम्बिनी प्रादेशिक अस्पतालमा आएका गम्भिर प्रकृतिका संक्रमितलाई फिभर क्लिनीकमा सेवा दिईएको अस्पतालका मेसु डा राजेन्द्र खनालले बताए ।

सम्बन्धित शिर्षक :