लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा राजेन्द्र खनालमा कोरोना पुष्टि

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा राजेन्द्र खनाललाई कोरोना संक्रमित भएका छन। डा खनालले आफु कोरोना संक्रमित भएको सार्वजनीक गरेका छन। आफुलाई ज्वोरो आएको सुख्खा खोकी लागेको बताएका छन। डा खनाल अहिले होम आइसोलेशनमा बसेको र फिजिसियन संग समन्वय गरेरको बताएका छन । डा खनालले साथीभाई ईष्टमित्र सबैलाई फोन कम गर्न र म्यासेज गर्न आग्रह गरेका छन । डा खनालले यस्तो लेखे आफैं कोरोना संक्रमित बिरामी पो भएछु दुइ दिन अघि भर्खरै कोभिड बिरामीको सेवामा लाग्ने भनेर कोरोना अस्थायी अस्पतालको लागि भनेर छनौट भएकी एक जना नर्सिङ स्टाफले मलाई मेसेज…

पुर्वमन्त्री शुक्लाद्धारा कोटहिमाई गाउँपालिका लाई स्वास्थ्यसमाग्री प्रदान

स्वास्थ्यसमाचार/  कोटहिमाई गाउँपालिकालाई पुर्वमन्त्री सर्बेन्द्र नाथ शुक्लाले स्वास्थ्य सामाग्री प्रदान गरेका छन । गाउँपालिकामा एक कार्यक्रमको आयोजना गरि शुक्लाले गाउँपालिका का अध्यक्ष चन्द्रभुषण यादवलाई पिपिई सेट १६ थान,फेस साइल्ड ३० थान,आई प्रोटेक्सन ग्लासेस १६ थान,सेनेटाइजर १२ बोटल,एन नाइन्टीफाइप मास्क ४० थान,थ्रिलियर मास्क २ सय थान,सर्जिकल ग्लब्स ५० थान र डिस्पोजल ग्लब्स लगायतका स्वास्थ्य सामाग्री हस्तान्तण गरे । सोही अवसरमा बोल्दै पुर्वमन्त्री समेत रहेका शुक्लाले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथाम नियन्त्रण तथा उपचारमा खटिने स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य सामाग्री उपलब्ध गराएको बताए । उनले अग्रभागमा रहेर काम गर्ने स्वास्थ्यकर्मीलाई राहत स्वरुप…

पिजी अध्ययनका लागि २ वर्ष काम गरेकालाई मात्र उम्मेद्वार बनाउन आयोगलाई मन्त्रालयको पत्र

स्वास्थ्यसमाचार/ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सा शिक्षा तर्फको स्नातकोत्तर तह पिजी को सरकारी सिटमा छात्रवृत्तिमा अध्ययनका लागि कम्तिमा २ वर्ष सरकारी सेवामा काम गरेकालाई मात्र उम्मेदवार बनाउन चिकित्सा शिक्षा आयोगलाई पत्र पठाएको छ। मन्त्रालयले चिकित्सा शिक्षा नियमावलीमा त्रुटि भएको भन्दै त्यसलाई सच्याउँदै सरकारी सेवामा काम गरेको २ वर्ष भएकालाई मात्र छात्रवृत्तिमा अध्ययनका लागि व्यवस्था गर्न पत्र पठाएको हो। चिकित्सा शिक्षा नियमावली(२०७७ मा सरकारी चिकित्सकलाई पिजीमा अध्ययनका लागि ४० प्रतिशत सिटको व्यवस्था गरेको छ। उक्त सिटमा करारमा काम गरिरहेका चिकित्सकले १ वर्ष काम गरेको भए पनि अध्ययनका लागि अवसर पाउने व्यवस्था…

बिहिबार देखि बेपत्ता सिनियर अहेब नेपाल मृत्य अबस्थामा फेला

स्वास्थ्यसमाचार/ बुटवलबाट चार दिनदेखि बेपत्ता सिनियर अहेब बिष्णु प्रसाद नेपालको शव फेला परेको छ । उनको सोमबार बिहान तिलोत्तमा (११ मधौलिया स्थित नहरमा शव फेला परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख प्रतितसिहँ राठौरले बताए । नेपाल बिहीबार राति १२ बजे बुटवल उपमहानगरपालिका–९ स्थित होटल पार्क प्लाजाबाट लु २० प ४०६७ नं को मोटरसाइकलमा निस्केकोमा घरमा नगई बेपत्ता भएका थिए । नहरमा पानीको बहाब उच्च रहेकाले उनी सोही नहर खसेको हुन सक्ने आशंकामा प्रहरीले नहरको पानी बन्द गरेर उनको खोजी गरि रहेको थियो । सुद्धोधन गाउँपालिका–४ का ४४ वर्षीय नेपाल…

आयुर्वेद क्षेत्रका दुई स्वास्थ्यकर्मी सुप्रबल /प्रदेश सेवा समर्पण पदक वाट बिभुषित

स्वास्थ्यसमाचार/ सरकारले संविधान दिवसका दिन घोषणा गरेको पदकका लागि आयुर्वेद क्षेत्रबाट दुई जना परेका छन । त्यसमध्ये एक जना केन्द्र सरकारबाट छनौटमा परेका हुन भने अर्को प्रदेश ५ सरकारको छनौटमा परेका हुन् । राष्टिय आयुर्वेद अनुसन्धान केन्द्र किर्तीपुरका कार्यकारी निर्देशक डा रामअधार यादवलाई नेपाल सरकारले सुप्रबल जनसेवा श्री ले सम्मानित गर्ने सूचीमा राखेको छ । त्यस्तै रुपन्देहीका विष्णु आचार्य प्रदेश सरकारबाट पदकका लागि छनौटमा परेका छन । लुम्विनी आयुर्वेद औषधालयका बैद्य आचार्य रुपन्देहीस्थित आइसोलेसन केन्द्रहरुमा आयूर्वेदिक पद्धति र योगामार्फत कोभिड १९ संक्रमितहरुको उपचार गरेको र संक्रमितहरुमा हौसला प्रदान गरेबापत प्रदेश…

बिहिबार देखि बेपत्ता सिनियर अहेब नेपाल अझै भेटिएनन् खोजी कार्यजारी

स्वास्थ्यसमाचार/ बुटवलबाट तिन दिनदेखि बेपत्ता सिनियर अहेब बिष्णु प्रसाद नेपाल आईतवार वहिान सम्म सम्म भेटिएका छैनन् । सुद्धोधन गाउँपालिका–४ का ४४ वर्षीय नेपाल मोतिपुर प्राथमिक स्वास्थ्य केन्द्रमा सिनियर अहेबको रुपमा कार्यरत रहेका थिए । नेपाल सोही ठाउँमा रहेको भावना मेडिकल हलका सञ्चालक समेत हुन् । नेपाल बिहीबार राति १२ः १५ बजे बुटवल उपमहानगरपालिका–९ स्थित होटल पार्क प्लाजाबाट लु २० प ४०६७ नं। को मोटरसाइकलमा निस्केकोमा घरमा नगई बेपत्ता भएका थिए । खोजतलास गर्ने क्रममा उक्त नम्बरको मोटरसाइकल प्रहरीले बुटवल उपमहानगरपालिका–६ स्थित नहरको छेउमा फेला पारेको प्रहरीले जनाएको छ । नहरमा…

प्रदेश ५ मा डाक्टर नर्स सहित ८जना प्रदेश सेवा पदकद्धारा बिभुषित

स्वास्थ्यसमाचार/ प्रदेश ५ सरकारले संविधान दिवसको अबसरमा प्रदेश सेवा पदकद्धारा यस प्रदेशका ४ डाक्टर २ नर्स १ आयुर्वेद र १ जना ल्याव टेक्नीसियन लाई विभुषित गरेको छ । बिभुषित हुनेमा डा. राजेन्द्र प्रसाद खनाल लुम्बिनी प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेण्डेण्ट , डा. सुमित प्रजापति भीम अस्पताल भैरहवा, डा. उत्तम पच्या गुल्मी जिल्ला अस्पताल गुल्मी तम्घास रहेका छन। उनीहरुलाई कोभिड १९ बाट संक्रमित बिरामी र अन्य बिरामीहरुको उपचारको समुचित व्यवस्था मिलाएको र जिल्ला अस्पतालमा कार्यरत रही स्वास्थ्य सेवामा प्रशंसनीय कार्य गरेको कारण बिभुषित गरेको छ । त्यस्तै २ जना नर्स बसुन्धरा ज्ञवाली…

राष्ट्रपतिबाट विभूषित लुम्बिनी प्रादेशिक अस्पतालका दुईहस्ती डा थापा र नर्स पौडेल

स्वास्थ्यसमाचार/ केही महिनादेखि जारी कोभिड महामारीमा जोखिम मोलेरै सेवा गरेका चिकित्सक र नर्सको मनोवल बढाउनेगरी सरकारले संविधान दिवसको अबसमा विभूषण प्रदान गरेको छ। लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा कोभिड उपचारमा खटिएका चिकित्सक डा. सुदर्शन थापा, र लुम्बिनी प्रादेशिक अस्पतालकि नर्सिङ इन्चार्ज ज्योति पौडेल, राष्ट्रपति प्रबल जनसेवा श्री चतुर्थबाट विभूषित गरिएको छ। पछिल्लो समयमा कोरोना बिषेश अस्पतालमा फोकल प्रशनको रुपमा सक्रिय रहेका छन डा सुर्दशन थापा । चिकित्सकलाई नेतृत्व लिएर फ्रन्टलाइनमा रहेर डा थापा लामो समय देखी लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत रहेका छन । कोरोना उपचारमा नर्सको नेतृत्व लिएर फ्रन्टलाइनमा रहेर उनले…

६ जिल्ला अस्पताललाई ५० शैयामा स्तरोन्नती गर्ने प्रदेश ५ सरकारको निर्णय

स्वास्थ्यसमाचार/  प्रदेश ५ का स्वास्थ्यसमाचार प्रदेश ५ सरकारले प्रदेश सरकारले जिल्ला स्तरीय ६ वटा अस्पतालहरुलाई ५० शैयामा स्तरोन्नती गर्ने भएको छ । प्रदेशमा रहेका अस्पतालमा रुकुमपूर्व, रोल्पा, कपिलवस्तु, अर्घाखाँची, पाल्पा र भीम अस्पताल भैरहवा गरि ६ अस्पताललाई ५० शैयामा स्तरोन्नती गर्ने भएको हो । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठलले भीम अस्पताल भैरहवा र कपिलवस्तु जिल्ला अस्पतालमा ७१ जनाको दरबन्दी स्वीकृत गरेको छ ।यस्तै रुकुमपूर्व, रोल्पा, अर्घाखाँची तथा पाल्पा जिल्ला अस्पतालका लागि ६० जनाको दरबन्दी स्वीकृत गरेको छ । यसैबीच प्रदेश सरकारले नेपाल स्वास्थ्य सेवा अन्तर्गत एघारांै तहका डेण्टल सर्जन डा. वर्षा…

प्रदेश ५ सामाजीक बिकास मन्त्रालयद्धारा स्वास्थ्यका केहि कर्मचारीको सरुवा

स्वास्थ्यसमाचार/ प्रदेश ५ सामाजीक बिकास मन्त्रालयले स्वाथ्यका केहि कर्मचारीको सरुवा गरेको छ।मन्त्रालयले आज सुचना प्रकाशित गरि कर्मचारीलाई कामकाज गर्ने गरि सरुवा गरेको हो । मन्त्रालयले चिकित्सक नर्स ल्याबटेक्नीसियन आयुर्वेद लगायका लाई काजमा सरुवा गरेको सामाजीक बिकास मन्त्रालयले जनाएको छ ।प्रदेश सरकार प्रदेश नं ५ कर्मचारी ब्यबस्थापन कार्यबिधि बमोजीम उनिहरुलाई सरुवा गरिएको छ । नेपाल स्वास्थ्य सेवाका र नेपाल शिक्षा सेवाका बिभिन्न समुह उपसमुह तहका कर्मचारीलाई सरुवा गरिएको छ । सरुवा भएकाको बिबरण यस प्रकार रहेको छ।