महामारीको दोस्रो लहर र खोपबारे जिज्ञासा – डा. रवीन्द्र पाण्डे

महामारीको दोस्रो लहर र खोपबारे जिज्ञासा – डा. रवीन्द्र पाण्डे . १. लकडाउनबारे – लकडाउन छिट्टै हुन्छ भन्ने हल्ला चलिरहेको छ | यो सहि हैन | सरकारले स्पष्ट गरेको छ कि लकडाउन अहिले हुँदैन | संक्रमण बढ्यो भने बढेको ठाउँमा मात्र लकडाउन हुनसक्छ | पहिलेजस्तो लामो र देशव्यापी लकडाउन हुँदैन | हामीले जनस्वास्थ्यका मापदण्ड अबलम्बन गर्यौं भने लकडाउन गर्ने परिस्थिति आउदैन | २. खोपबारे – यहि सोमबार चीनबाट ८ लाख डोज खोप आउदैछ | त्यसले करिब ४ लाख जोखिम बर्गलाई खोप पुग्दछ | भारतले अप्रिलमा १० लाख डोज ( नेपालले…

कोरोना बिरुद्धको मौजाद खोप स्वास्थ्यकर्मिलाई मात्र पुग्ने

स्वास्थ्यसमाचार /कोरोना संक्रमण बढन थालेपछि भारतले आफ्नो देशमा उत्पादित कोरोना विरुद्धको खोप निर्यात रोक्ने भएको छ । भारतले अक्सफोर्ड–एस्ट्राजेनेकाको कोभिशिल्ड खोप अन्य देशलाई नदिने निर्णय गरेको भारतीय विदेश मन्त्रालय स्रोतलाई उद्धत गर्दै बीबीसीले जनाएको छ । भारतको यो निर्णयले कोभ्याक्सको योजना अनुसार खोप वितरणमा असर पुग्नेछ । करिव १९० वटा देशमा कोभिशिल्ड नपुग्ने देखिएको छ ।अहिलेसम्म भारतले ७६ देशमा ६ करोड मात्रा खोप दिइसकेको छ । भारतले निर्यातमा रोक लगाएसँगै नेपालमा पनि यसको प्रभाव पर्ने देखिएको छ । सिरम इन्स्ट्च्यिूटसँग खोप किन्न ८० प्रतिशत रकम पठाइसकेको भएपनि आउन बाँकी १०…

रुपन्देहीमा खुल्ला सिमानाका कारण क्षयरोग नियन्त्रणमा चुनौती

स्वास्थ्यसमाचार/ रुपन्देहीमा खुल्ला सिमानाको कारण क्षय रोग नियन्तणमा चुनौती देखीएको छ।विश्व क्षयरोग दिवसको अवसरमा जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीकोे आयोजना तथा लुम्बिनी प्रादेशिक अस्पतालको समन्वयमा भएको अन्तकृर्या भएको हो। जिल्ला स्वस्थ्य कार्यालय रुपन्देहीका क्षय/कुष्ठ निरिक्षक टिकाराम अधिकारीले बहुऔषधी प्रतिरोधको असर, क्षयरोग एचआईभी सह संक्रमण, मधुमेहका बिरामीहरुमा क्षयरोगको जोखिम, निजि क्षेत्रबाट प्रदान भएका सेवाको तथ्याक मुलधारमा ल्याउन नसक्नु, बसाईसराई, खुल्ला सिमाना क्षयरोगमा चुनौती देखिएको बताए। सन २०५० सम्म क्षयरोग अन्त्य गर्ने परिकल्पना अनुसार विरामी र मृत्यु दर घटाई रोग सर्ने प्रक्रियालाई रोक्ने लक्ष्य सरकारले अघि बढाएको छ । नेपालमा सन १९९६ भक्तपुर,…

रुपन्देहीमा ३७ हजार जेष्ठनागरिकले लगाए कोरोना बिरुद्धको खोप

स्वास्थ्यसमाचार/ रूपन्देहीका १६ पालिकामा दोस्रो चरणको कोरोनाविरुद्धको खोप ३७ हजार ५ सय ९१ जनाले लगाएका छन् । दुईचरमा १६ पालिकामा यो कोरोना बिरुद्धको खोप लगाईएको जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका प्रमुख डा राजेन्द्र गिरीका अनुसार १६ पालिकामा ६५ बर्ष भन्दामाथीका नागरिकहरु बुटबल उपमहानगरपालिकामा ४७ सय १४ सैनामैना नगरपालिकामा २५ सय १० तिलोत्तमा ७ हजार ४२ देबदह नगरपालिकामा २६ सय ३१ लुम्बिनी सांस्कृतिक नगरपालिकामा ३५ सय ६६ कञ्चन गाउँपालिकामा १२सय ७४ मायादेबि गाउँपालिकामा १५ सय ९५ गैडहवामा २हजार ३९ सिदार्थ नगरपालिकामा १५सय ८२ शियारी गाउँपालिकामा…

लुम्बिनी प्रदेशका गुल्मी, अर्घाखाँची, रोल्पा र पूर्व रुकुम कोरोना सक्रिय शून्य

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशका चारवटा जिल्लामा कोरोना भाइरस संक्रमणबाट सक्रिय संक्रमितको संख्या शून्यमा झरेको छ। गुल्मी, अर्घाखाँची, रोल्पा र रुकुम पूर्व अहिले सुन्य संक्रमित जिल्ला रहेको प्रदेश स्वास्थ्य निर्देशनायले जारी गरेको विवरणमा उल्लेख छ। लुम्बिनी प्रदेशमा सक्रिय संक्रमितको संख्या १ सय १७ रहेको छ। आइतबार मात्र प्रदेशमा ६ जनामा संक्रमण पुष्टी भएको हो। रुपन्देहीमा ३ जना, पाल्पामा २ जना र दाङमा १ जनामा संक्रमण पुष्टी भएको थियो । रुपन्देहीमा सबै भन्दा बढी ३८ जना सक्रिय संक्रमित रहेका छन्। त्यसै गरी दाङमा २५, बाँकेमा २०, पाल्पामा १३, बर्दियामा १०, कपिलबस्तु र नवलपरासीमा…

तिलोत्तमामा पहिलो दिन २३सय बढीले लगाए कोरोना विरुद्धको खोप

स्वास्थ्यसमाचार/ तिलोत्तमा नगरपालिकामा आइतबारबाट कोभिड–१९ विरुद्धको खोप अभियान सुरु भएको छ । नगरका सबै १७ वडामैं खोप केन्द्र कायम गरी कोरोना विरुद्धको खोप अभियान चलाइएको नगरपालिकाको स्वास्थ्य शाखाले जानकारी गराएको छ । वडा नं. ५ को खोप केन्द्रबाट अभियानको सुभारम्भ गर्दै नगर प्रमुख बासुदेव घिमिरेले नगरबासीले आफ्नो घर नजिकैंबाट खोप सेवा पाऊँन् भन्ने उद्देश्यले आवश्यक प्रबन्ध मिलाएर हरेक वडामा खोप केन्द्र कायम गरिएको बताए ।उमेर खुल्ने सरकारी कागजातसहित आफ्नो नजिकको खोप केन्द्रमा पुगी खोप लगाउन सबै नगरबासीलाई अनुरोध गर्दै नगर प्रमुख घिमिरेले जनस्वास्थ्यको संवेदनशीलतालाई ख्याल राख्न सबैलाई आग्रह गरे ।…

लुम्बिनी भेरी र राप्तीअस्पतालमा ६० वर्ष माथिका नागरिकलाई उपचारमा ५० प्रतिशत छुट

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशका ३ अस्पतालबाट ६० वर्ष माथिका ज्येष्ठ नागरिकले उपचार तथा स्वास्थ्य सेवामा ५० प्रतिशत छुट पाउने भएका छन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको जेरियाट्रिक (ज्येष्ठ नागरिक) स्वास्थ्य सेवा सञ्चालन निर्देशका २०७७ ले ज्येष्ठ नागरिकलाई अस्पताल व्यवस्थापनबाट तोकिए बमोजिमका निश्चित सेवामा ५० प्रतिशत छुट दिनुपर्ने व्यवस्था गरे अनुसार लुम्बिनी प्रदेशका ३ अस्पताल लुम्बिनी प्रादेशिक अस्पताल बुटबल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही, दाङ र भेरी अस्पताल, नेपालगञ्ज, बाँक वाट यो सेवा पाईने भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल ७० वर्ष माथिका ज्येष्ठ नागरिकको स्वास्थ्य बिमा गरेको भए सोही…

रुपन्देहीका ८ पालिकामा १६ हजारले लगाए कोरोना बिरुद्धको खोप

स्वास्थ्यसमाचार/ रुपन्देहीमा दोश्रो चरणको कोरोना बिरुद्धको खोप पहिलो चरणमा ८ पालिकामा १६ हजार १सय ६० जनालाई लगाईएको छ ।२६ हजार ८ सय २१ लक्ष्य भएपनि १६ हजार १सय ६० जना अर्थात (६० दशमलब २५) प्रतिशतलाई लगाईएको छ। जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका प्रमुख डा राजेन्द्र गिरीका अनुसार बुटबल उपमहानगरपालिका ४७सय १४ सैनामैनामा २५ सय १० कञ्चनमा १२ सय १० मायादेबि गाउँपालिकामा १५सय ९५ गैडहवामा २ हजार ३९ शिद्धार्थनगरपालिका १३ सय ४२ सियारी गाउँपालिकामा १५ सय ११ सुद्धोधन गाउँपालिकामा ११ सय ७५ गरि कुल १६ हजार १सय ६० जनाले ६५ बर्षभन्दा माथिका…

तिलोत्तमा सहित ८ पालिकामा चैत १ देखि कोरोनाविरुद्धको खोप

स्वास्थ्यसमाचार/ तिलोत्तमा नगरपालिकामा कोभिड–१९ विरुद्धको खोप अभियान यहीँ चैत १ गतेबाट सुरु हुँदैछ । नगरका सबै वडामैं खोप केन्द्र कायम गरी कोरोना विरुद्धको खोप अभियान चलाउने तयारी भैरहेको नगरपालिकाको स्वास्थ्य शाखाले जानकारी गराएको छ । तिलोत्तमा नगरपालिकाभित्र हाल १७ वटा सरकारी स्वास्थ्य संस्था सञ्चालनमा छन् । जनप्रतिनिधिहरुसँगको परामर्शको आधारमा नगरबासीको सहजताको लागि हरेक वडामा खोप केन्द्र निर्धारण गरिएको जनस्वास्थ्य निरीक्षक केशव भट्टराईले वताए । फागुन २३ गतेदेखि मुलुकभर सञ्चालन भएको दोस्रो चरणको कोरोना विरुद्धको खोप अभियान अन्तर्गत् तिलोत्तमामा चैत १ गतेदेखि सुरु हुने खोप अभियान चैत ३ गतेसम्म चल्नेछ ।…

प्रधानमन्त्री ओलीले भोलि कोरोना बिरुद्धको खोप लगाउने

स्वास्थ्यसमाचार / प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार कोरोनाविरुद्धको खोप लगाउने भएका छन् ।उनले बिहान १० बजे त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज पुगेर कोरोना विरुद्धको खोप लगाउने स्वास्थ्य तथा जनासंख्या मन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए । प्रधानमन्त्रीले खोप लगाएर दोस्रो चरणको खोप अभियान सुरु हुने मन्त्री त्रिपाठीले बताए ।उनका अनुसार भोली नै भारतबाट थप ३ लाख ४८ हजार डोज कोरोना खोप नेपाल आइपुग्नेछ।नेपाल सरकारले भारत सरकारसँग २० लाख डोज खोपका लागि अग्रीम भुक्तानी दिइसकेको छ । यसअघि १० लाख डोज आइपुगिसकेको छ ।बाँकी खोप पनि चाँडै आइपुग्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ…