प्रदेशका ४ वटा कोरोना अस्पताललाई १ करोड ७५ लाख रुपैयाँ दिने

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश सरकारले बुटबल स्थित लुम्बिनी प्रादेशिक अस्पताल नेपालगंज भेरी अस्पताल , दाङ र भैरहवाको भिम अस्पतालाई अक्सिजन बेड बनाउन त्यहाँ रहेका कोभिड अस्पतालहरुलाई बजेट उपलब्ध गराउने निणर्य गरेको छ।

कोभिड १९ का बिरामीको संख्या बढ्न गई अस्पतालमा बेड अभाव भएपछि प्रदेस सरकारले अक्सिजनसहितको बेड बनाउन पहल गरेको हो। सोमबार कोरोना भाइरस उपचार तथा उपचार रोकथाम कोषको निर्देशक समितिको बैठकले उक्त निणर्य गरेको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले जनाएको छ।

प्रदेश सरकारले कोरोनाको उपचारलाई थप प्रभावकारी बनाउन बुटवल, दाङ र बाँकेस्थित कोरोना विशेष अस्पताललाई गरी १ करोड ७५ लाख रुपैयाँ रकमान्तर गरी तत्काल उपलब्ध गराउने निणर्य गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले वताए ।

उनका अनुसार प्रदेस सरकारले बुटवल, दाङ र नेपालगंजले ५० लाख रुपैंयाँका दरले र भैरहवास्थित भीम अस्पताललाई २५ लाख रुपैयाँ उपलब्ध गराउने छ। उक्त रकम उपलब्ध गराउने काम सोमबारदेखि नै सम्बन्धित मन्त्रालयले गर्ने केसीले बताए।त्यसैगरी कोरोना रोकथाम तथा उपचार कोषमा लुम्बिनी प्रदेश सरकारले १० करोड रुपैयाँ थप गर्ने निणर्य गरेको छ ।

सम्बन्धित शिर्षक :