लुम्बिनी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्री हरि रिजाल नियूक्त

स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेशमा स्वास्थ्य तथा जनसंख्या मन्त्री नयाँ नियुक्त भएका छन ।समाजीक बिकास मन्त्रालय वाट फुटाएर स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बनाएपछि नयाँ मन्त्री नियुक्त गरिएको छ । मुख्यमन्त्री शंकर पोखरेलको सिफारीसमा प्रदेश प्रमुख धर्मनाथ यादव द्धारा प्युठानका हरी रिजाललाई स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त गरेका छन । प्यूठान क्षेत्र नम्वर १ बाट निर्वाचित रिजाल कोरोना महामारी बढिरहेका बेला संवेदनशिल मन्त्रालयको रुपमा रिजालले जिम्मेवारी पाएका छन् ।लुम्विनी प्रदेशमा प्यूठानले पहिलोपटक मन्त्री पाएको छ ।

रुपन्देहीमा ८सय ४६ परिक्षण गर्दा ४सय ५९ संक्रमित भेटीए

स्वास्थ्यसमाचार/ पछिल्लो २४ घण्टामा रुपन्देहीमा ४ सय ५९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार आठ सय ४६ नमूनामा परिक्षण गरिएकामध्ये उक्त संख्यामा कोरोना पोजिटिभ देखिएको हो । स्वास्थ्य कार्यालयका अनुसार बुटवल उपमहानगर पालिकामा मात्रै २ सय ११ जनामा कोरोना पोजिटिभ देखिएको छ । तीमध्ये ९४ जना महिला र १२२ जना पुरुष रहेका छन् । त्यस्तै तिलोत्तमा नगरपालिकामा ७३, सैनामैनामा १६ जना, सियाारी गाउँपालिकामा ७, देवदहमा २०, गैडहवामा २, मायादेवीमा ८, मर्चवारीमा १, ओमसतियामा ७, कञ्चनमा ८, रोहिणीमा २, लुम्बिनी साँस्कृतिकमा २, शुद्धोधनमा ८ र कोटहिमाईमा २…

बुटबल कोरोना अस्पतालमा ३६ एच डी यु बेड थपिए

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पताल बुटबलले धागो कारखनामा संञ्चालनमा रहेको कोरोना अस्थायी अस्पतालमा आइसोलेशनमा अक्सिजन पाइपलाइन बिस्तारका साथ ३६ बेडको एच डी यू को निर्माण भई संञ्चालनमा आएको छ । भने १६ बेडको आईसियु संञ्चालनमा आएको छ। अस्पतालले दिएको जानकारी अनुसार अब बुटबल धागो कारखानामा संञ्चालनमा अब ५२ बेड संञ्चालनमा आएको छ ।लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा राजेन्द्र खनालका अनुसार आजदेखी धागोकारखानामा अक्सिजन पाइपलाइन बिस्तारका साथ ३६ बेडको एच डी यू बेड संञ्चालनमा आएको बताए । खनालले भने लुम्बिनी प्रादेशिक अस्पताल बुटबलले यसरी ब्यबथापन गरेको बताए । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको…

सैनामैनामा ४५ आइसोलेसन बेडसहित कोरोना विशेष अस्पताल सञ्चालनमा

स्वास्थ्यसमाचार/रुपन्देहीको सैनामैना नगरपालिकामा कोरोना विशेष अस्थायी अस्पताल सञ्चालनमा आएको छ । नगरको वडा नम्बर १ वनकट्टा स्थित पदमपाणि योग तथा प्राकृतिक चिकित्सालयको भवनमा कोभिड अस्पताल सञ्चालनमा आएको हो । अस्पतालमा हाल तीनवटा मोनिटरयुक्त बेड, पाँचवटा अक्सिजनयुक्त बेड र ४५ वटा आइसोलेसन बेड रहेको छ । यसैगरी एकजना विशेषज्ञ डाक्टर, एकजना हेल्थ असिस्टेन्ट, दुईजना स्टाफ नर्स, चारजना अनमी र एकजना अहेब कार्यरत छन् । बिहीबार अस्पतालको शुभारम्भ गर्दै लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य भूमिश्वर ढकालले अहिले नयाँ भेरियन्टको कोरोना भाइरस तीब्र गतिमा फैलिरहेकाले सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गगे ।…

लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा . विकास देवकोटा

स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा डा. विकास देवकोटालाई नियुक्त भएका छन । सरकारले संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. देवकोटालाई प्रदेश स्वास्थ्य सचिवमा सरुवा गरेको हो। लुम्बिनी प्रदेशमा केही दिनअघि मात्र स्वास्थ्य मन्त्रालय गठन भएको थियो। यसअघि प्रदेशमा स्वास्थ्य मन्त्रालय थिएन। सामाजिक विकास मन्त्रालय वाट स्वास्थ्यको समेत काम गर्दै आएको थियो। सचिवको पत्र लिएका डा देवकोटाले आइतबार प्रदेशमा गएर पदवहाली गर्ने वताए। डा देबकोटाले भने कोरोना संक्रमण बढेको यो समयमा प्रदेशमा स्वास्थ्य मन्त्रालय गठन हुनु खुशीको कुरा भएको समेत बताए ।…

लुम्बिनी प्रादेशिक अस्पतालमा १६ स्वास्थ्यकर्मिको लागी जागीर खुल्यो

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पतालले करारमा स्वास्थ्यकर्मीको माग गरेको छ । अस्पतालले कार्डियोलोजिष्ट १, मेडिकल अधिकृत १०, मेडिकल ल्याब टेक्निोलोजिष्ट २, मेडिकल ल्याव टेक्निसियन २ र मेडिकल ल्याब असिष्टेन १ जनाको माग गर्दै सूचना जारी गरेको हो । अस्पतालका अनुसार शैक्षिक योग्यता तथा उमेर सम्बन्धीत तहको लोकसेवा आयोगले निर्धारण गरेको योग्यता तथा उमेर रहेको छ भने दरखास्त बुझाउनु पर्ने अन्तिम मिति बैशाख २१ गतेसम्म रहेको छ । करार अबधि २०७८ असार मसान्तसम्म रहने पनि अस्पतालले जनाएको छ ।

कोरोना संक्रमण उच्च भएपछि रुपन्देहीमा १६ देखि २९ गते निषेधाज्ञा

स्वास्थ्यसमाचार/ कोरोना संक्रमण उच्च भएपछि रुपन्देहीमा १५ दिन निषेधाज्ञा लगाउन सिफारिस गरिएको छ। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले बैशाख १६ गतेदेखि सिफारिश गरेको हो। बैठकले १६ गते बिहान १ बजेदेखि वैशाख २९ गतेसम्म निषेधाज्ञा लगाउने सिफारिश गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सूचना अधिकारी जनक थापाले बताए। यसको औपचारिक निर्णय भने बुधबार हुनेछ। उद्योगी व्यवसायी, स्थानीय तह, राजनीतिक दलहरुसँग चरणबद्ध रुपमा छलफल गरेर निष्कर्ष निकालेको उनले बताए। निषेधाज्ञा अवधिभर औषधि उपचार र अन्य अत्यावश्यक काम बाहेक घरबाहिर निस्कन नदिने भएको छ। अति आवश्यक सवारी साधनलाई मात्र सञ्चालन गर्न…

प्रदेशका ४ वटा कोरोना अस्पताललाई १ करोड ७५ लाख रुपैयाँ दिने

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश सरकारले बुटबल स्थित लुम्बिनी प्रादेशिक अस्पताल नेपालगंज भेरी अस्पताल , दाङ र भैरहवाको भिम अस्पतालाई अक्सिजन बेड बनाउन त्यहाँ रहेका कोभिड अस्पतालहरुलाई बजेट उपलब्ध गराउने निणर्य गरेको छ। कोभिड १९ का बिरामीको संख्या बढ्न गई अस्पतालमा बेड अभाव भएपछि प्रदेस सरकारले अक्सिजनसहितको बेड बनाउन पहल गरेको हो। सोमबार कोरोना भाइरस उपचार तथा उपचार रोकथाम कोषको निर्देशक समितिको बैठकले उक्त निणर्य गरेको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले जनाएको छ। प्रदेश सरकारले कोरोनाको उपचारलाई थप प्रभावकारी बनाउन बुटवल, दाङ र बाँकेस्थित कोरोना विशेष अस्पताललाई गरी १ करोड ७५ लाख रुपैयाँ…

लुम्बिनी प्रादेशिक अस्पतालका नयाँ कोरोना फोकल पर्शन डा :पाठक

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पताल बुटबलका कोरोना फोकल पर्शन परिर्बतन भएका छन । बिगत १ बर्षदेखी कोरोना फोकल पर्शनको को रुपमा कार्यरत वरिष्ठ फिजीशियन डा शुर्दशन थापा कार्यब्यस्तताको कारण लुम्बिनी प्रादेशिक अस्पताल अर्काे वरिष्ठ फिजीशियन डा नन्दु पाठक कोरोना फोकल तोकिएको लुम्बिनी प्रादेशिक अस्पतालक मेसु डा राजेन्द्र खनालले बताए । खनालले सुरुको महामारीको अबस्था पनि महत्वपुर्ण भुमिका डा थापा निर्वाह गरेको र अस्पतालको तर्फवाट धेरैधेरै बधाई तथा शुभकामना साथै नयाँ कोरोना फोकल पर्शन वरिष्ठ फिजीशियन डा नन्दु पाठकले पनि उक्त जिम्मेबारी बहन सहज तरिकाले गर्नु हुने छ खनालले भने । डा…

तिलोत्तमामा बीस शैंयाको आइसोलेशन सेन्टर तयारी अवस्थामा

स्वास्थ्यसमाचार/  तिलोत्तमा नगरपालिकाले आफ्नै सक्रियतामा निर्माण गरेको आइसोलेशन सेन्टरलाई तयारी अवस्थामा राखेको छ । गत वर्षको कोरोना महामारीको समयमा निर्माण गरिएको आइसोलेशन सेन्टरमा आवश्यक उपकरणहरु व्यवस्थापन गरेर तयारी अवस्थामा राखिएको नगरपालिकाका कोरोना फोकल पर्सन तथा जनस्वास्थ्य निरीक्षक केशव भट्टराईले वताए । कोरोना संक्रमणको पूर्वतयारी अन्तर्गत तिलोत्तमा नगरपालिकाले शंकरनगर स्वास्थ्यचौकीमा आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको हो । नियमित प्रवाह हुँदै आएको सेवालाई वडा नं २ को कार्यालयमा स्थानान्तरण गरी स्वास्थ्यचौकीलाई आइसोलेशन सेन्टरको रुपमा तयार गरिएको वताए । बुटवल कोरोना अस्पतालका चिकित्सक तथा प्राविधिकको निगरानी र परामर्शका आधारमा तिलोत्तमा नगरपालिकाले गत वर्ष आइसोलेशन…