२४ घण्टामा रुपन्देही र बाँकेमा ६ जना कोरोना संक्रमितको मृत्यु

स्वास्थ्यसमाचार /  लुम्बिनी प्रदेशका २ जिल्ला बाके र रुपन्देहीमा पछिल्लो २४ घण्टामा गरी ६ जना कोभिड–१९ संक्रमितको मृत्यु भएको छ ।जसमा चार जना बाँके र दुई जना रुपन्देहीका रहेका छन ।

बाँकेको भेरी अस्पताल नेपालगन्जमा उपचाररत ६१ र ७५ वर्षीय महिला तथा ८६ र ३५ बर्षिय पुरुषको उपचारकै क्रममा मृत्यु भएको हो । उनीहरू चारैजना नेपालगञ्जकै भएको बाँकेका कोरोना फोकलपर्शन तेज ओलीले बताए ।

उनीहरूको मृत्युसँगै बाँकेमा कोभिड संक्रमणबाट मृत्यु हुनेको संख्या ७६ पुगेको छ । मृतकहरूको शव नेपाली सेनाको समन्वयमा परिवारबाट दाहसंस्कारको व्यवस्था हुँदै गरेको फोकलपर्शन ओलीले बताए ।

यता रुपन्देहीको बुटवल उपमहानगरपालिका–१३ का ३६ वर्षीय कोऐीड संक्रमित पुरुषको पनि उपचारको क्रममा मृत्यु भएको छ । चैत ३० गते कोभिड संक्रमण पुष्टिभएका पुरुष वैशाख ३ गते बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पताल भर्ना भएका थिए ।

उनको उपचारका क्रममा राती मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए । यस्तै रुपन्देहीको मंगलापुर घर भएका ५२ वर्षीय पुरुषको मृत्यु भएको छ । उनको बुटवलको मेडिटेक अस्पतालबाट रिफरगरि चितवन लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

सम्बन्धित शिर्षक :