बुटवलको कोरोना अस्थायी अस्पतालमा संक्रमित महिलाको मृत्यु

स्वास्थ्यसमाचार/  बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा अर्घाखाँचीकी कोरोना संक्रमित महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।

अर्घाखाँचीको शीतगंगा नगरपालिका–३ की ७० वर्षीया महिलाको कोरोना विशेष अस्थायी अस्पतालमा शुक्रबार मृत्यु भएको हो ।चैत २९ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएकी महिलामा ज्वरो र श्वास–प्रश्वासको समस्या रहेको अस्पतालका प्रवक्ता डा.विष्णु गौतमले जानकारी दिए ।

रुपन्देहीमा पछिल्लो एक हप्तामा यसअघि कोरोना विशेष अस्पतालमा चार जनाको मृत्यु भइसकेको डा गौतमले बताए ।

सम्बन्धित शिर्षक :