बुटवल अक्सिजन बैंकमा अटो एसोसिएसनको सहकार्य !

स्वास्थ्यसमाचार/बुटवल अटो इन्जिनियरिङ एसोसिएसनले बुटवल उपमहानगरपालिकाको अक्सिजन बैंक सेवामा सहकार्य गरेको छ । मैनावगर क्षेत्रमा रहेका व्यवसायीहरूसंगबाट संकलित ३५ थान अक्सिजन सिलिन्डर उपमहानगरपालिकामा हस्तान्तरण गरिएको छ । भरिएका १४ र खाली २२ थान सिलिन्डर उपमहानगर प्रमुख शिवराज सुवेदीको उपस्थितिमा एसोसिएसनका अध्यक्ष बाबुलाल पाण्डेले बुटवलका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रेग्मीलाई हस्तान्तरण गरे ।   त्यसअवसरमा प्रमुख सुवेदीले जनस्वास्थ्यको संवेदनशील विषयमा सहकार्य गरेको भन्दै आभार प्रकट गर्नुभएको छ । उहाँले बुटवलका र बुटवललाई माया गर्ने अरु सामाजिक संघ संस्थालाई पनि महामारी विरुद्धको अभियानमा सहकार्यका लागि आग्रह गरे । उपमहानगरमा आयोजित संक्षिप्त कार्यक्रममा…

लुम्बिनी प्रदेशमा बेड र अक्सिजन अभाव भएपछि उपचारमा समस्या

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशका ठूला अस्पतालहरुमा अक्सिजन अभाव भएको छ। कोरोनाका बिरामीको चाप अत्यधिक बढ्न थालेपछि अक्सिजन अभाव हुँदा उपचार गर्न नसक्ने स्थिति भएको अस्पतालहरुले जनाएका छन । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालले अक्सिजनको स्टक सकिएको भन्दै अक्सिजनको व्यवस्था गर्न अपिल गरेको छ। यसका साथै लुम्बिनीका ठूला कोभिड संक्रमित उपचार गर्ने कोहलपुर मेडिकल कलेज र भैरहवास्थित युनिभर्सल मेडिकल कलेजले अक्सिजन अभावका कारण बिरामी लिन नसक्ने बताइसकेका छन्। एकातिर बेड अभाव झेलिरहेको बेला अस्पतालमा अक्सिजन अभाव भएपछि अस्पतालमै छटपटिएर बिरामीले प्राण त्याग्नुपरेको छ। लुम्बिनी प्रादेशिक अस्पतालमा दैनिक ५ देखि ६ सयसम्म अक्सिजन सिलिन्डर…

देवदहमा अक्सिजन सहित २० बेडको आइसोलेसन संञ्चालनमा

स्वास्थ्यसमाचार/ देवदह नगरपालिकाले अक्सिजन सहित २० वेडको आइसोलेसन सेन्टर सञ्चालन गरेको छ । कोरोना भाईरस (कोभिड–१९) को दोस्रो लहरसंगै देवदह नगरपालिकाले वडा नं. ७ मा रहेको मगर समाजको भवनमा अक्सिजन सहितको आइसोलेसन सेन्टर सञ्चालन गरेको हो । त्यस्तैगरी २० देखि ४० बेडसम्मको अक्सिजन सहितको आइसोलेसन र कम्तिमा ५ वेडसम्मको आईसीयु सञ्चालनमा आउने गरी देवदह मेडिकल कलेजले तयारीको काम गरिरहेको देवदह नगरपालिकाका मेयर हिराबहादुर खत्रीले वताए । यहि बैशाखको १२ गतेसम्म सामान्य रहेको संक्रमणको अवस्था दिनानुदिन बढिरहेको र हाल देवदह गरपालिकामा सक्रिय सक्रमित वढदैगएको र थप कोरोना भाईरसको संक्रमण थप फैलिन…

तिलोत्तमाका मेयर उपमेयर चढने गाडी एम्बुलेन्स वनाईयो

स्वास्थ्यसमाचार/ कोरोनाका बिरामीको चाप अत्याधिक बढदै गएपछि तिलोत्तमा नगरपालिकाले नगरप्रमुख र उपप्रमुख चढ्ने गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्ने भएको छ । नगरपालिका भित्रै दिनप्रतिदिन कोरोना संक्रमितको संख्या थपिदै जांदा संक्रमितलाई उपचारको लागि अस्पताल लैजान एम्बुलेन्सको अभाव भएकोले नगरप्रमुख र उपप्रमुख चढ्ने गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्ने भएको हो । नगरवासीहरु उपचारका लागि अस्पताल नपुग्ने अवस्था भएपछि हामी गाडी चढेर के गर्ने ? त्यसैले हामी चढने गाडी एम्वुलेन्स बनायौं नगरप्रमुख बासुदेव घिमिरेले भने ।नागरिकहरु एम्बुलेन्स नपाएर घरमै छटपटाईरहंदा उहांहरुकै करबाट किनिएको सरकारी गाडी चढेर हिड्न हामीलाई नैतिकताले दिएन, । उनले थपे…

लुम्विनी प्रदेशको स्वास्थ्य तथा जनसंख्यामन्त्री बने भोजप्रसाद श्रेष्ठ

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशमा दुई दिनमै स्वास्थ्य तथा जनसंख्या मन्त्री परिवर्तन गरिएको छ । नयाँ स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा भोज प्रसाद श्रेष्ठलाई नियूक्त गरिएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मंगलबार मन्त्रीपरिषद् विस्तार गर्दै श्रेष्ठलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी दिएका छन् । उनी रुपन्देही २ वाट निर्वाचित सांसद हुन् । आइतबार मात्रै मन्त्री मन्डल विस्तार गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी समालेका हरी रिजाललाई भने ग्रामिण तथा शहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । बैसाख ६ गते पहिलो पटक स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गठन भएको लुम्बिनी प्रदेशमा दुई साता मै…

Pulse Oximeter ले देखाउने रिडिङ्ग (#Covid-19) : एक जानकारी

प्रयोग : कुनै पनि औंलामा, यस्ले मुटुको चालको रेट प्रति मिनट र अक्सिजनको मात्रा प्रतिशतमा देखाउँछ । माथीको तस्विरमा तरङ्ग/वेभ रेगुलर छ । त्यसैले यस्ले देखाएको रिडिङ्ग सहि मान्नु पर्दछ । यदि अक्सिजन ९२ प्रतिसत भन्दा बढि छ भने आत्तिनु पर्दैन । कम छ भने अक्सिजन लिनुपर्दछ । आधा घण्टादेखि २ घण्टासम्म घोप्टो परेर सुत्ने, त्यसरी नै दायाँ, वाँया फर्केर सुत्ने, वस्ने, हिडडुल गर्ने अलि अलि गर्ने । आइसोलेसनमा वस्दा कोठाभित्र गम्सेर नवस्ने । ताजा हावामा जस्तै बगैचा, बालकोनी, खुल्ला ठाऊँ(छत)मा बस्ने गर्नुपर्दछ । माथीको तस्विरमा तरङ्ग/वेभ रेगुलर छैन ।…

रुपन्देहीमा एकैदिन थपिए ७सय९६ संक्रमित, ४ जनाको मृत्यु

स्वास्थ्यसमाचार/ रुपन्देहीमा २४ घन्टामा ७ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस संगै रुपन्देहीमा कुल संक्रमितको संख्या १४हजार ७सय ६६ जना पुगेको छ ।जिल्ला स्वास्थ्या कार्यालय रुपन्देहीका अनुसार सबै भन्दा बढी बुटवलमा ३सय ३२ जना कोरोना संक्रमण पुष्टि भएको हो । जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका प्रमुख डा राजेन्द्र कुमार गिरीकका अनुसार तिलोत्तमा १सय ५८ जना, सिद्धार्थनगरमा १सय८ जना, सुद्धोधनमा ५७ जना , देवदहमा ४२ जना, र सैनामैनामा ३५ जना संक्रमित थपिएका छन् । त्यस्तै ओमसतियामा २२ जना, रोहिणीमा १९ जना, सियारीमा ८ जना, कञ्चनमा ६ जना, मायादेबीमा…

किन संक्रमित हुँदै छन् दुई डोज खोप लिनेहरु ?

काठमाडौं । पछिल्लो समय कोभिड–१९ विरुद्धको दोस्रो डोज खोप लिइसकेका व्यक्तिहरु संक्रमित भएको खबर धेरै आउन थालेका छन् । कतिपयले आफूले दुवै डोज खोप लिए पनि संक्रमित भएको भन्दै सतर्क हुन आग्रह गर्दै सामाजिक सञ्जालमार्फत सन्देश दिएका छन् । नेपालमा हालसम्म चार लाख २९ हजारजनाले दुवै डोज कोभिसिल्ड खोप लगाएका छन् भने १६ लाख ६२ हजार ५११ जनाले पहिलो डोज कोभिसिल्ड र भेरोसेल खोप लिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ । यसो भन्छन् विज्ञ स्वास्थ्यका दृष्टिकोणले दोस्रो डोज खोप लगाएको दुई हप्ता अर्थात् १४ दिन पूरा भएपछि मात्रै पूर्ण…

बुटवल उपमहानगरपालिकामा सुरु भयो अक्सिजन बैंक

स्वास्थ्यसमाचार/  रुपन्देहीको बुटवल उपमहानगरपालिकाले मंगलबारदेखि अक्सिजन बैंकको सुरुवात गरेको छ । उपमहानगरभित्र होम आइसोलेसन, होटल आइसोलेसन तथा उपमहानगरको संस्थागत आइसोलेसनमा बसेका कोभिड संक्रमितलाई अक्सिजन आवश्यक परेमा तत्काल स्वास्थ्यकर्मीसहितको टोलीले अक्सिजन पुर्‍याउने गरी उपमहानगरमा अक्सिजन बैंक सेवा शुभारम्भ गरिएको उपमहानगरका जनस्वास्थ्य महाशाखा प्रमुख मित्रमणि खनालले बताए । अहिले पहिलो लटमा १ सय वटा सिलिण्डर खरिद गरेका छौं,उनले भने खपतको आधारमा बढाउने, रिफिल गर्ने र सेटअप गर्नेगरी थालनी भएको हो ।पहिलो चरणमा १० लाख रुपैयाँ खर्च गरिएको भन्दै उनले अक्सिजन रिफिलमा लायन्स क्लब एरिया फोरले सहयोग गर्ने बताए । अक्सिजन बैंक बिरामीसम्म…

लुम्बिनीका ४ कोरोना अस्पतालमा ५सय ८३ जनशक्ति र १० करोड

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश सरकारले प्रदेशमा रहेका चार वटा कोभिड अस्पतालका लागि करार दरबन्दी थप गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षतामा बसेको पहिलो प्रदेश मन्त्रिपरिषद्को बैठकले कोभिड अस्पतालका लागि आवश्यक ५ सय ८३ जना जनशक्ति थप गर्ने निर्णय गरेको सरकारका प्रवक्ता बैजनाथ चौधरीले वताए । प्रदेश सरकारले आइसोलेसन सेवालाई निन्तरता दिने र अस्पतालका जनशक्तिको करार म्याद थप गर्ने निर्णय गरेको छ । करार थपअन्तर्गत लुम्बिनी प्रादेशिक अस्पताल कोरोना विशेष अस्थायी अस्पतालका लागि १ सय ८९, भिम अस्पताल भैरहवाका लागि ७१, भेरी अस्पताल नेपालगंजका लागि १ सय ५२, राप्ती…