रुपन्देहीमा शनिबार ३ सय १ कोरोना संक्रमित थपिए

स्वास्थ्यसमाचार/ रुपन्देहीमा आज शनिबार ३सय १ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार बुटवलका ११० जना सबैभन्दा बढी देखिएका छन्।

यस्तै तिलोत्तमाका ६४, सिद्धार्थनगरका ४६, ओमसतियाका २०, रोहिणीका २३, सुद्धोधनका ७, सैनामैनाका १०, सियारीका ३, देवदहका ८, गैडहवाका २, मायादेवीका २, मर्चवारीका २, कञ्चनका १, लुम्बिनीका २, समरीमाइका १ जना रहेका छन्।

योसँगै रुपन्देहीमा संक्रमितको संख्या १० हजार ३ सय ४५ पुगेको छ। जसमध्ये सक्रिय संक्रमित १ हजार ८० जना छन्। हालसम्म ९ हजार ९७ जना निको भए भने १६८ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा राजेन्द्र गिरीले बताए ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :