लुम्बिनी प्रादेशिक अस्पतालमा ३८ बर्षिय संक्रमित पुरुषको मृत्यु

स्वास्थ्यसमाचार/लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना उपचार कक्षमा भर्ना भएका ३८ वर्षिय पुरुषको उपचारका क्रममा मृत्यु भएको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले दिएको जानकारी अनुसार पर्वत पयुँ ५ का ३८ वर्षिय पुरुषको उपचारका क्रममा मृत्यु भएको वताए । भारतबाट फर्के लगत्तै स्वास्थ्यमा खराबी आएपछि उनी उपचारका लागी अस्पतालमा भर्ना भएका थिए ।

बिगत १० दिन देखि उच्च ज्वरो आएपनि उनको ५ दिन अघि मात्र स्वाव परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । गत चैत्र २९ गते लुम्बिनी अस्पतालको कोरोना उपचार कक्षमा भर्ना भएका थिए ।

रुपन्देहीमा आज मात्र नयाँ ४८ कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार बुटवल उपमहानगरमा मात्र २१ जना कोरोना संक्रमित थपिएका छन् । रुपन्देहीमा हाल सम्म १सय ५७ जनाको कारोना संक्रमणका कारण मृत्यु भएको छ ।

 

 

सम्बन्धित शिर्षक :