रुपन्देहीमा ८सय ४६ परिक्षण गर्दा ४सय ५९ संक्रमित भेटीए

रुपन्देहीमा कुल मृत्यु हुनेको संख्या १ सय ९१ पुग्यो

स्वास्थ्यसमाचार/ पछिल्लो २४ घण्टामा रुपन्देहीमा ४ सय ५९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार आठ सय ४६ नमूनामा परिक्षण गरिएकामध्ये उक्त संख्यामा कोरोना पोजिटिभ देखिएको हो ।

स्वास्थ्य कार्यालयका अनुसार बुटवल उपमहानगर पालिकामा मात्रै २ सय ११ जनामा कोरोना पोजिटिभ देखिएको छ । तीमध्ये ९४ जना महिला र १२२ जना पुरुष रहेका छन् ।

त्यस्तै तिलोत्तमा नगरपालिकामा ७३, सैनामैनामा १६ जना, सियाारी गाउँपालिकामा ७, देवदहमा २०, गैडहवामा २, मायादेवीमा ८, मर्चवारीमा १, ओमसतियामा ७, कञ्चनमा ८, रोहिणीमा २, लुम्बिनी साँस्कृतिकमा २, शुद्धोधनमा ८ र कोटहिमाईमा २ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

यससँगै रुपन्देहीमा सक्रिय संक्रमितको संख्या २ हजार ९ सय ३० जना पुगेको छ। पछिल्लो २४ घण्टामा मात्र ४ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।रुपन्देहीमा कुल मृत्यु हुनेको संख्या १ सय ९१ पुगेको छ ।

सम्बन्धित शिर्षक :