बुटबल कोरोना अस्पतालमा ३६ एच डी यु बेड थपिए

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको कोभिड ब्यवस्थापन यात्रा : डा राजेन्द्र खनाल

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पताल बुटबलले धागो कारखनामा संञ्चालनमा रहेको कोरोना अस्थायी अस्पतालमा आइसोलेशनमा अक्सिजन पाइपलाइन बिस्तारका साथ ३६ बेडको एच डी यू को निर्माण भई संञ्चालनमा आएको छ ।

भने १६ बेडको आईसियु संञ्चालनमा आएको छ। अस्पतालले दिएको जानकारी अनुसार अब बुटबल धागो कारखानामा संञ्चालनमा अब ५२ बेड संञ्चालनमा आएको छ ।लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा राजेन्द्र खनालका अनुसार आजदेखी धागोकारखानामा अक्सिजन पाइपलाइन बिस्तारका साथ ३६ बेडको एच डी यू बेड संञ्चालनमा आएको बताए । खनालले भने लुम्बिनी प्रादेशिक अस्पताल बुटबलले यसरी ब्यबथापन गरेको बताए ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको कोभिड ब्यवस्थापन यात्रा ः

१.फिवर स्क्रिनिङ क्लिनिक –मुख्य अस्पताल परिसरमा

२.आइसोलेशन कक्ष ब्यवस्थापन – धागो कारखाना स्थलमा

३.कोभिड आई सी यू निर्माण – धागो कारखाना स्थलमा

४.पी.सी.आर. ल्याब स्थापना – मुख्यअस्पताल परिसरमा

५.कोरोना पोजिटिभको लागि अप्रेसन थिएटर– अस्पतालमै

६.कोरोना पो. लागि डायलाइसिस कक्ष– अस्पतालपरिसरमा

७.फिवर क्लिनिक आइसोलेशन वार्ड–फिवर क्लिनिकसंगै

८.ओ पी डी कक्षहरु र इमर्जेन्सी बिस्तार –अस्पतालमा

९. नयाँ इमर्जेन्सीको लागि प्रयोग हुने भवनमा २५ बेड्को एच डी यू क्क्षको निर्माण (सम्पन्न हुने क्रममा करिब अन्तिम चरणमा )– मुख्य अस्पतालमा

१०.धागो कारखाना स्थलको आइसोलेशनमा अक्सिजन पाइपलाइन बिस्तारका साथ ३६ बेडको एच डी यू को निर्माण ब्यावस्थापन( आजै बेलुकीदेखि नै संचालन हुने क्रममा )

हिजों रातिदेखि मुख्य अस्पतालको इमर्जेन्सी सबै कोभिड पोजिटिभ बिरामीले भरिएको अवस्था छ। धेरै गार्हो छ, माग अनुसार तुरुन्तै क्षमता बिस्तार गर्न । सकेसम्म बुताले भ्याएसम्म काम गरिएकै छ।

बिहानै एउटा फोन आयो डाक्टर साब बिरामीसंगै अक्सिजन सिलिन्डर लिएर आएका छौं , अक्सिजन नलागाउंदा ७०% भएको अक्सिजन लगाउंदा ८०–८५% हुन्छ। कतिसम्म हुन पर्ने हो भनेर सोधेको मेरो जवाफ ९२% माथि हुंदा “ लौन अक्सिजन बढाउन केही औषधि दिन भन्दिनुस“ भनेको सुनें। आजै दिउसो एउटा फोन आयो“ डाक्टर साब मेरो बाबालाई अक्सिजनको ब्यवस्था गर्दिनु न“ मैले “ गर्दैछु नानी “।

यत्ति मात्रै भन्न सकें।यसरी ब्यबस्थापन गरेका छौ लुम्बिनी प्रादेशिक अस्पतालको अहिले कोरोना ब्यबस्थापन ।

सम्बन्धित शिर्षक :