लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा . विकास देवकोटा

स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा डा. विकास देवकोटालाई नियुक्त भएका छन ।

सरकारले संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. देवकोटालाई प्रदेश स्वास्थ्य सचिवमा सरुवा गरेको हो।
लुम्बिनी प्रदेशमा केही दिनअघि मात्र स्वास्थ्य मन्त्रालय गठन भएको थियो। यसअघि प्रदेशमा स्वास्थ्य मन्त्रालय थिएन। सामाजिक विकास मन्त्रालय वाट स्वास्थ्यको समेत काम गर्दै आएको थियो।

सचिवको पत्र लिएका डा देवकोटाले आइतबार प्रदेशमा गएर पदवहाली गर्ने वताए। डा देबकोटाले भने कोरोना संक्रमण बढेको यो समयमा प्रदेशमा स्वास्थ्य मन्त्रालय गठन हुनु खुशीको कुरा भएको समेत बताए ।

प्रदेशमा स्वास्थ्य मन्त्रालय बनाइएको विषयलाई स्वास्थ्य क्षेत्रका कर्मचारीले खुलेर स्वागत गरेका छन्। डा देबकोटा लुम्बिनी प्रदेशिक अस्पताल बुटबलको मेसु समेत भएका थिए । डा बिकास सचिब भएर आएपछि स्वास्थ्यक्षेत्रमा सहज हुने लुम्बिनी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीले वताए ।

सम्बन्धित शिर्षक :