लुम्बिनीका ४ कोरोना अस्पतालमा ५सय ८३ जनशक्ति र १० करोड

लुम्बिनी प्रादेशिक १ सय ८९, भिम अस्पताल ७१ भेरीमा १सय ५२ र राप्ती प्रादेशिक अस्पताल १ सय ७१

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश सरकारले प्रदेशमा रहेका चार वटा कोभिड अस्पतालका लागि करार दरबन्दी थप गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षतामा बसेको पहिलो प्रदेश मन्त्रिपरिषद्को बैठकले कोभिड अस्पतालका लागि आवश्यक ५ सय ८३ जना जनशक्ति थप गर्ने निर्णय गरेको सरकारका प्रवक्ता बैजनाथ चौधरीले वताए ।

प्रदेश सरकारले आइसोलेसन सेवालाई निन्तरता दिने र अस्पतालका जनशक्तिको करार म्याद थप गर्ने निर्णय गरेको छ । करार थपअन्तर्गत लुम्बिनी प्रादेशिक अस्पताल कोरोना विशेष अस्थायी अस्पतालका लागि १ सय ८९, भिम अस्पताल भैरहवाका लागि ७१, भेरी अस्पताल नेपालगंजका लागि १ सय ५२, राप्ती प्रादेशिक अस्पताल बेलझुन्डी कोरोना विशेष अस्पतालका तुलसीपुरका लागि १ सय ७१ गरी जम्मा ५ सय ८३ करार दरबन्दी स्वीकृत भएको चौधरीले बताए ।

प्रदेश मन्त्रिपरिषदको पहिलो बैठकबाट कोभिड नियन्त्रण कोषमा रकम थप गर्ने समेत निर्णय गरेको छ । आर्थिक योजना तथा मामिला मन्त्रालयको तर्फबाट १० करोड रकम जम्मा गर्ने निर्णय भएको मन्त्री चौधरीले बताए ।

सम्बन्धित शिर्षक :