लुम्विनी प्रदेशको स्वास्थ्य तथा जनसंख्यामन्त्री बने भोजप्रसाद श्रेष्ठ

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशमा दुई दिनमै स्वास्थ्य तथा जनसंख्या मन्त्री परिवर्तन गरिएको छ । नयाँ स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा भोज प्रसाद श्रेष्ठलाई नियूक्त गरिएको छ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मंगलबार मन्त्रीपरिषद् विस्तार गर्दै श्रेष्ठलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी दिएका छन् । उनी रुपन्देही २ वाट निर्वाचित सांसद हुन् ।

आइतबार मात्रै मन्त्री मन्डल विस्तार गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी समालेका हरी रिजाललाई भने ग्रामिण तथा शहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । बैसाख ६ गते पहिलो पटक स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गठन भएको लुम्बिनी प्रदेशमा दुई साता मै तीन मन्त्री परिवर्तन भइसकेका छन् ।

सम्बन्धित शिर्षक :