देवदहमा अक्सिजन सहित २० बेडको आइसोलेसन संञ्चालनमा

देवदह नगरवासीलाई स्वाव परिक्षण निशुल्क गराएका छौ :नगरप्रमुख खत्री

स्वास्थ्यसमाचार/ देवदह नगरपालिकाले अक्सिजन सहित २० वेडको आइसोलेसन सेन्टर सञ्चालन गरेको छ । कोरोना भाईरस (कोभिड–१९) को दोस्रो लहरसंगै देवदह नगरपालिकाले वडा नं. ७ मा रहेको मगर समाजको भवनमा अक्सिजन सहितको आइसोलेसन सेन्टर सञ्चालन गरेको हो ।

त्यस्तैगरी २० देखि ४० बेडसम्मको अक्सिजन सहितको आइसोलेसन र कम्तिमा ५ वेडसम्मको आईसीयु सञ्चालनमा आउने गरी देवदह मेडिकल कलेजले तयारीको काम गरिरहेको देवदह नगरपालिकाका मेयर हिराबहादुर खत्रीले वताए ।

यहि बैशाखको १२ गतेसम्म सामान्य रहेको संक्रमणको अवस्था दिनानुदिन बढिरहेको र हाल देवदह गरपालिकामा सक्रिय सक्रमित वढदैगएको र थप कोरोना भाईरसको संक्रमण थप फैलिन नदिनको लागि जारी निशेधाज्ञा कडाईका साथ पालना गर्न समेत नगरबासीलाई आग्रह गरे ।

त्यस्तैगरी जटिल समस्या देखा परेका संक्रमितको उपचारमा आवश्यक सहजीकरण गरिरहेको र अक्सिजन अभावको पछिल्लो अवस्थालाई मध्यनजर गरेर जोखिम न्यूनिकरणको लागि अक्सिजन सहितको आइसोलेसन सेन्टर सञ्चालन गरिएको मेयर खत्रीले वताए।

देशभर स्वास्थ्य पूर्वाधार अभाव रहेको विषम परिस्थिती छ । स्थानीय सिमित स्रोत, साधन र जनशक्तिका वापजुध पनि नगरबासीको जीवन रक्षाको लागि जस्तोसुकै चुनौतीको सामना गर्न नगरपालिका तयार रहेको प्रतिवद्धता व्यक्त गरे ।

त्यस्तैगरी नगरबासीको सुविधाका लागि कोरोना संक्रमणको लक्षण देखिएकाहरुको स्वाव समेत त्यहिबाट लिने र स्वाव परिक्षणलाई समेत निशुल्क गरिएको वताए । उनले संक्रमण कसरी फैलिन्छ र कहिलेसम्म रहन्छ भन्ने जानकारी समेत कसैलाई नभएकोले सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरि स्वअनुशासनमा रहन समेत सबैलाई आग्रह गरे ।

सम्बन्धित शिर्षक :