रुपन्देहीमा ४ सय ९२ नयाँ संक्रमित, ३सय ७४ डिस्चार्ज, ६ को मृत्यु

स्वास्थ्यसमाचार/ रुपन्देहीमा कोरोना संक्रमित थपिने क्रम केहि घटेको छ । पछिल्लो २४ घण्टामा रुपन्देहीमा ४सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका प्रमुख डा राजेन्द्र गिरीका अनुसार आज बुटवल उपमहागरमा १सय ९१ जना, तिलोत्तमामा १सय ३५ जना, सिद्धार्थनगरमा ८० जना, देवदहमा २७ जना, सैनामैनामा २१ जना नयाँ संक्रमित थपिएको वताए ।

त्यसैगरि ओमसतियामा १६ जना, सियारीमा ५ जना, लुम्बिनी साँस्कृतिक नगरमा ४ जना, सुद्धोधन ३र रोहिणीमा ३ जना, मायादेबी,२ कञ्चन२ र कोटहिमाईमा २ जना तथा मर्चवारीमा १ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालयले वताए ।

 

डा गिरीले भने जिल्लामा आज मृत्युदर पनि घटेको छ सोही अवधीमा जिल्लामा ६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको बताए ।रुपन्देहीमा आज सम्ममा मृत्यु हुनेको संख्या २सय ६८ पुगेको छ भने आज ३सय ७४ जना कोरोना संक्रमणबाट मुक्त भएको स्वास्थ्य प्रमुख गिरीले बताए ।

सम्बन्धित शिर्षक :