रुपन्देहीमा ६९८ नयाँ संक्रमित, ४१६ डिस्चार्ज, ९ को मृत्यु

स्वास्थ्यसमाचार/ रुपन्देहीमा पछिल्लो २४ घण्टामा ६सय ९८ जना नयाँ संक्रमित थपिएका छन् । रुपन्देहीका ३ वटा प्रयोगशालामा गरीएको पीसीआर परीक्षणमा १२सय ४१ नमुना परीक्षण गर्दा ६सय ९८ मा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा राजेन्द्र गिरीका अनुसार आज बुटवल उपमहानगरमा ३सय जनामा संक्रमण पुष्टि भएको छ भने तिलोत्तमामा १ सय ५१ जना, सिद्धार्थनगरमा ७८ जना, सैनामैनामा ७२ जना र देवदहमा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको वताए ।

त्यसैगरि कञ्चनमा २० जना, सुद्धोधनमा १४ जना, सियारीमा १२ जना, ओमसतियामा ७ जना, लुम्बिनी साँस्कृतिक नगरपालकामा ६ जना, गैडहवामा ४ जना, रोहिणीमा ३ जना, मायादेबीमा २ र कोटहिमाईमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य प्रमुख डा गिरीले बताए ।

२४ घन्टामा रुपन्देहीमा ९ जनाको मृत्यु भएको छ भने ४सय १६ जना कोरोना मुक्त भएका छन् । जिल्लामा मृत्यु हुनेको संख्या २सय ६२ पुगेको छ ।

सम्बन्धित शिर्षक :