बुटवल अक्सिजन बैंकमा अटो एसोसिएसनको सहकार्य !

स्वास्थ्यसमाचार/बुटवल अटो इन्जिनियरिङ एसोसिएसनले बुटवल उपमहानगरपालिकाको अक्सिजन बैंक सेवामा सहकार्य गरेको छ ।

मैनावगर क्षेत्रमा रहेका व्यवसायीहरूसंगबाट संकलित ३५ थान अक्सिजन सिलिन्डर उपमहानगरपालिकामा हस्तान्तरण गरिएको छ । भरिएका १४ र खाली २२ थान सिलिन्डर उपमहानगर प्रमुख शिवराज सुवेदीको उपस्थितिमा एसोसिएसनका अध्यक्ष बाबुलाल पाण्डेले बुटवलका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रेग्मीलाई हस्तान्तरण गरे ।

 


त्यसअवसरमा प्रमुख सुवेदीले जनस्वास्थ्यको संवेदनशील विषयमा सहकार्य गरेको भन्दै आभार प्रकट गर्नुभएको छ । उहाँले बुटवलका र बुटवललाई माया गर्ने अरु सामाजिक संघ संस्थालाई पनि महामारी विरुद्धको अभियानमा सहकार्यका लागि आग्रह गरे ।

उपमहानगरमा आयोजित संक्षिप्त कार्यक्रममा एसोसिएसनका बाणिज्य उपाध्यक्ष बाबुराम आचार्य, उपमहानगरका स्वास्थ्य शाखा प्रमुख उमा थापा, खोप प्रमुख कल्पना भट्टराई, गीतादेवी पाण्डे, एसोसिएसनमा आबद्ध व्यवसायीहरु कृष्ण न्यौपाने, भेषराज खत्री, युवराज ढकाललगायतले महामारी विरुद्धको अभियानमा सबैले सहकार्य गर्नुपर्नेमा जोड दिए ।

बुटवलले अक्सिजन सेवाका लागि गर्भवती र सुत्केरी महिला, दीर्घ रोगी, ज्येष्ठ नागरिक र असक्तलाई पहिलो प्राथमिकतामा राखेको छ । बुटवलका सबै १९ वटै वडामा रहेका होम आइसोलेशन, होटल आइसोलेशन र संस्थागत आइसोलेशनमा रहेका लक्षणसहितका संक्रमितलाई एम्बुलेन्ससहितको सेवा प्रदान गर्दै आएको छ ।

सम्बन्धित शिर्षक :