Pulse Oximeter ले देखाउने रिडिङ्ग (#Covid-19) : एक जानकारी

बोल्दा लड्बडिने वा होस कमजस्तो देखिन्छ भने यस्तो वेभले देखाएको रिडिङ्ग सहि हुनसक्छ !

प्रयोग : कुनै पनि औंलामा, यस्ले मुटुको चालको रेट प्रति मिनट र अक्सिजनको मात्रा प्रतिशतमा देखाउँछ ।

माथीको तस्विरमा तरङ्ग/वेभ रेगुलर छ । त्यसैले यस्ले देखाएको रिडिङ्ग सहि मान्नु पर्दछ । यदि अक्सिजन ९२ प्रतिसत भन्दा बढि छ भने आत्तिनु पर्दैन । कम छ भने अक्सिजन लिनुपर्दछ । आधा घण्टादेखि २ घण्टासम्म घोप्टो परेर सुत्ने, त्यसरी नै दायाँ, वाँया फर्केर सुत्ने, वस्ने, हिडडुल गर्ने अलि अलि गर्ने । आइसोलेसनमा वस्दा कोठाभित्र गम्सेर नवस्ने । ताजा हावामा जस्तै बगैचा, बालकोनी, खुल्ला ठाऊँ(छत)मा बस्ने गर्नुपर्दछ ।

माथीको तस्विरमा तरङ्ग/वेभ रेगुलर छैन । त्यसैले यसले देखाएको रिडिङ्ग सहि नहुन पनि सक्छ । शरिर हल्लेको या कापेको अवस्थामा, औला या शरिर चिसो भएको अवस्थामा, नेल पोलिस, मेहेदि या मसिको प्रयोग गरिएको अवस्थामा रिडिङ्ग सहि नहुन पनि सक्छ ।
यदि विरामीको अवस्था सिरियस देखिन्छ, ओठ, औलाहरु वा जिव्रोको टुप्पो निलो देखिन्छ । बोल्दा लड्बडिने वा होस कम जस्तो देखिन्छ भने यस्तो वेभले देखाएको रिडिङ्ग सहि हुनसक्छ ।

यस्तो अवस्था लो व्लड प्रेसर र अक्सिजनको कमिले हुन्छ । तुरुन्त अक्सिजन दिने, दुवै खुट्टा वा हातहरु छाति भन्दा माथी पर्ने गरि उचाईमा राखेर यी खुट्टाका रगतहरु मुटुतिर पठाउन मद्धत गर्ने र अस्पताल दौडाई हाल्ने ।

वेभ रेगुलर नहुँदा सधै विरामीको चेतनाको लेभल र अवस्थासँग कोरिलेट गर्नुपर्दछ ।

जनचेतनाको लागी प्राध्यापक डा. लक्ष्मी पाठक (एनेस्थेसियोलोजिस्ट एब कृटिकल केयर फिजिसियन)

सम्बन्धित शिर्षक :