रुपन्देहीमा एकैदिन थपिए ७सय९६ संक्रमित, ४ जनाको मृत्यु

स्वास्थ्यसमाचार/ रुपन्देहीमा २४ घन्टामा ७ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस संगै रुपन्देहीमा कुल संक्रमितको संख्या १४हजार ७सय ६६ जना पुगेको छ ।जिल्ला स्वास्थ्या कार्यालय रुपन्देहीका अनुसार सबै भन्दा बढी बुटवलमा ३सय ३२ जना कोरोना संक्रमण पुष्टि भएको हो । जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका प्रमुख डा राजेन्द्र कुमार गिरीकका अनुसार तिलोत्तमा १सय ५८ जना, सिद्धार्थनगरमा १सय८ जना, सुद्धोधनमा ५७ जना , देवदहमा ४२ जना, र सैनामैनामा ३५ जना संक्रमित थपिएका छन् ।

त्यस्तै ओमसतियामा २२ जना, रोहिणीमा १९ जना, सियारीमा ८ जना, कञ्चनमा ६ जना, मायादेबीमा ५ जना, गैडहवामा ३ जना र मर्चवारी १ जना र लुम्बिनी सांस्कृतिकमा १ जनामा संक्रमण पुष्टि वताए ।

रुपन्देहीमा पछिल्लो २४ घन्टामा ४ जनाको मृत्यु भएको छ भने हालसम्म २२० जनाको मृत्यु भएको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या ४६७६ जना रहेका डा गिरीले बताए ।

सम्बन्धित शिर्षक :