स्वास्थ्यकर्मि आक्रमणका दोषिलाई कडा कारवाही गरः नर्सिड संघ बुटबल

स्वास्थ्यसमाचार /नेपाल नर्सिड संघ ईकाई समिति बुटबलले एक बिज्ञेप्ती प्रकाशित गरि वाकेमा भएको चिकित्सक तथा स्वास्थ्यकर्मि माथी भएको आक्रमण का दोषीलाई कडा कार्वाहिको माग गरेको छ । नेपाल नर्सिड संघ ईकाई समिति बुटबल कि अध्यक्ष हरि केसीद्धारा जारी बिज्ञेप्तीमा भनिएको छ कोभिड १९को महामारीमा आफनो ज्यानको प्रवाह नगरि बिरामीको ज्यान बचाउनको लागी भोक प्यास परिवार र बिदा नभनि अहोरात्र रुपमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मि माथी भेरी अस्पताल नेपालगञ्ज बाकेमा यहि जेठ १३ गते राति अराजक सैलीमा रातिमा डियुटीमा रहेका स्वास्थ्यकर्मि माथि भएको दुर्रब्यवाहर हातपात तथा भौतिक सम्पतीमाथि तोडफोड भएको घटनाको…

स्वास्थ्यकर्मीमाथि आक्रमण :तीनजना विरुद्ध ज्यान मार्ने अभियोगमा मुद्दा दर्ता

स्वास्थ्यसमाचार /भेरी अस्पतालले ड्युटीमा रहेका चिकित्सक र नर्समाथि ज्यान मार्ने उदेश्यले सांघातिक हमला गरेको भन्दै तीनजना विरुद्ध किटानी जाहेरी दिएको छ। भेरी अस्पताल विकास समितिले घटनामा संलग्न रहेका लोक बहादुर रावत, मन बहादुर रावत र भरत रावत विरुद्ध प्रहरीमा किटानी जाहेरी दिएको जनाएको हो। तीनैजना अहिले प्रहरी नियन्त्रणमा रहेका छन्।   अस्पताल विकास समितिले चिकित्सक तथा नर्समाथि आक्रमण गर्नेविरुद्ध किटानी जाहेरी दिइसकेको र कानुनी कारबाहीको प्रक्रिया अगाडी बढिसकेको भन्दै सबै चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई आ–आफ्नो जिम्मेवारीमा फर्कन अपिल समेत गरेको छ। भेरी अस्पतालमा बिहीबार राती कोभिड आइसोलेसनको आइसीयुमा उपचाररत एक…

स्वास्थ्यकर्मी कुटपिटको घटना निष्पक्ष छानबिन हुन्छ :मुख्यमन्त्री पोख्रेल

स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले स्वास्थ्यकर्मीहरूमाथि भएको कुटपिटको घटनाको निष्पक्ष छानबिन हुने बताएका छन् । बाँकेको भेरी अस्पतालमा गएराति स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको घटनामा मुख्यमन्त्रीको नाम मुछिएपछि उनले निष्पक्ष छानबिन गरिने बताएका हुन् । बिहीबार बेलुकी ८ बजे कोरोना संक्रमित बिरामीको मृत्युपछि उनका आफन्तले डाक्टर र नर्समाथि कुटपिट गर्दै अस्पताल तोडफोड गरेका थिए । शुक्रबार बिहान ट्वीट गर्दै मुख्यमन्त्री पोखरेलले भने, ‘बाँकेको भेरी अस्पतालमा घटेको दुःखद घटनाका सन्दर्भमा गम्भीर ध्यानाकर्षण भएको छ । निष्पक्ष छानबिन गरी दोषीमाथि कारवाही हुनेछ ।’ घटनामा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य मानबहादुर रावतलगायत ३…

भेरी अस्पताल :घटना सात सदस्यीय छानबिन समिति गठन

स्वास्थ्यसमाचार/ भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेमाथि छानबिन गर्न समिति गठन भएको छ। उक्त घटनाको छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी शङ्कर विष्टको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति गठन गरिएको छ। नेपाल नर्सिङ सङ्घ बाँकेकी अध्यक्ष लक्ष्मी केसी वलीले भेरी अस्पतालमा शृङ्खलाबद्धरूपमा स्वास्थ्यकर्मीमाथि भएका आक्रमणका घटनाले काम गर्ने वातावरण नभएको बताउँदै घटनामा संलग्न दोषीमाथि कारबाही गरी स्वास्थ्यकर्मीलाई शान्तिपूर्ण वातावरणमा निर्भिकताका साथ काम गर्ने वातावरण मिलाउन माग गरिन्। अस्पतालमा कार्यरत नर्सहरूले सुरक्षाको ग्यारेन्टी र दुव्र्यवहार गर्नेलाई कारबाही हुनुपर्ने माग राखेका छन्।

स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको प्रचण्डबाट खेद व्यक्त,कारवाहीको माग

स्वास्थ्यसमाचार /नेपालगंज स्थित भेरी अस्पतालमा डाक्टर र नर्सहरु माथि भएको आक्रमणको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले खेद ब्यक्त गरेका छन् । अध्यक्ष प्रचण्डले आफ्नो फेसबुक पेज मार्फत भेरी अस्पतालमा भएको घटनालाई अमानवीय भन्दै कानुनी कारवाहीको माग गरेका छन् । प्रचण्डले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा आफ्नो स्वास्थ्यलाई ख्याल नगरि अहोरात्र खटिएका स्वास्थ्यकर्मीमाथि आक्रम गर्नु निन्दनिय भएको बताएका छन् । ‘नेपालगंज स्थित भेरी अस्पतालमा डाक्टर र नर्सहरु माथि भएको कुटपिट जस्तो अमानवीय व्यवहार प्रति हाम्रो पार्टीको गम्भिर ध्यानाकर्षण भएको छ र खेद प्रकट गर्दछ।’ प्रचण्डले भनेका छन्,( ‘हाम्रो पार्टीले स्वास्थ्य जस्तो संवेदनशील…

भेरी अस्पतालमा चिकित्सक र नर्समाथि आक्रमण गर्नेलाई कारवाही गर :सभापति देउवा

स्वास्थ्यसमाचार /नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भेरी अस्पतालमा चिकित्सक र नर्समाथि आक्रमण गर्नेलाई कडा कारवाही गर्न माग गरेका छन् । उनले जोखिमपूर्ण अवस्थामा पनि दिनरात उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि आक्रमण हुन निन्दनीय भएको बताएका छन् । पूर्वप्रधानमन्त्री देउवाले घटनामा संलग्नलाई कडा कारवाही गर्न माग गरे । ‘नेपालगञ्जस्थित भेरी अस्पतालका डाक्टर र नर्सहरुमाथि आक्रमण हुनु निकै निन्दनीय कार्य हो। यो महामारीका बेला ठूलो जोखिम लिएर स्वास्थ्यकर्मीहरु विरामीको उपचारमा दिनरात खटेका छन्। स्वास्थ्यकर्मीमाथि भएको यो घटनाको तत्काल छानविन गरी आक्रमणमा संलग्नमाथि कडा कारवाही गर्न माग गर्दछु,’ देउवाले भने ।

सुरक्षाको पूर्ण प्रत्याभूति नभएसम्म स्वास्थ्यकर्मीहरु काममा नफर्कने

स्वास्थ्यसमाचार / बिहिबार राती नेपालगन्ज स्थित भेरी अस्पतालमा कार्यरत चिकित्सक र नर्समाथी भएको आक्रमणको बिरोधमा स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएका छन । कोभिड संक्रमित विरामीको उपचारका क्रममा निधन भएको घटनालाई लिएर विरामीका आफन्तहरुले विहीबार राती कोभिड वार्डमा खटिएका चिकित्सक, नर्सिङस्टाफ तथा स्वास्थ्यकर्मी कुटपिट गर्नुका साथै आईसीयूकक्षमा तोडफोड समेत गरेका थिए । मृतकका आफन्तहरुको आक्रमणबाट ज्यान जोगाउन डा चन्द्रप्रकाश शाहु, नर्सहरु सदिक्षा गैरे बन्दना श्रेष्ठ र आश्वीन गुरुङले पहिलो तलाबाट हाम्फालेर ज्यान जोगाएका थिए । उपचारका क्रममा मृत्यु भएका दाङका डिल्लीबहादुर रावतका भाई मानबहादुर रावत समेतले नसिंङ स्टाफको घाँटी थिचेर आक्रमण गरेपछि उनीहरु…

भेरी अस्पतालमा आक्रमण :भाइरससँगै भिडको जोखिममा डाक्टर र नर्स

स्वास्थ्यसमाचार/कोरोना संक्रमितको जीवनरक्षामा जुटेका स्वास्थ्यकर्मी भिडबाट असुरक्षित भएका छन् । महामारीमा अथक संघर्ष गरेका भेरी अञ्चल अस्पतालका डाक्टर र नर्सहरूमाथि बिहीबार साँझ एक समूहले सांघातिक हमला गरेको छ । ज्यान जोगाउन डाक्टर र स्टाफ नर्सले एक तलामाथिबाट हाम फालेका छन् । एक साताअघि पूर्वको विराट मेडिकल कलेजमा पनि स्वास्थ्यकर्मीमाथि आक्रमण भएको थियो । नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत दाङको तुल्सीपुर उपमहानगरपालिका– ११ का ५१ वर्षीय डिल्लीबहादुर रावतको मृत्यु भएपछि आफन्तले स्वास्थ्यकर्र्मीमाथि हातपात गर्नुका साथै अस्पतालमा तोडफोड गरेका हुन् । गत ४ जेठमा अस्पतालमा भर्ना भएका कोरोना संक्रमित रावतको बिहीबार राति करिब साढे आठ बजे मृत्यु भएको…

सरकारलाई तिलोत्तमाको माग कोरोनाखोप किन्ने प्रकृया मिलाइदेउ

स्वास्थ्यसमाचार / तिलोत्तमा नगरपालिकाले नगरवासीलाई कोभिड विरुद्धको खोप अनुदानमा दिन माग गर्दै नसके खरिद गर्ने प्रकृया अघि बढाइदिन संघीय सरकारसंग माग गरेको छ । नगरस्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रको वैठकको निर्णय अनुसार नगर प्रमुख बासुदेव घिमिरेले बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाउंदै अनुदानमा दिन नसके खरिदको प्र्रकृया अघि बढाइदिन माग गरेका हुन् । नगरपालिकाले ७८ हजार जना नगरबासीलाई कोरोना खोप अनुदानमा उपलब्ध गराउन माग गर्दै नभए आन्तरिक स्रोतबाट आफै खरिद गर्न प्रकृया अघि बढाइदिन माग गरेको नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले बताए । १८…

कोभिसिल्ड खोपको विकल्प: एस्ट्राजेनेका र जोन्सन एण्ड जोन्सन

स्वास्थ्यसमाचार / नेपालले कोभ्याक्सलाई कोरोनाविरुद्धको दुई वटा खोपका लागि सिफारिस गर्ने तयारी गरेको छ । कोरोना खोप वितरणको विश्वव्यापी अभियान ‘कोभ्याक्स’ ले नेपाललाई कोभिसिल्ड खोपको विकल्पमा अर्को खोप रोज्न आग्रह गरेपछि सरकारले दुई वटा खोप सिफारिस गर्ने तयारी गरेको हो । भारतको सेरम इन्स्टिच्यूट अफ इन्डियाले तत्काल कोरोनाविरुद्धको खोप कोभिसिल्ड उपलब्ध गराउन नसक्ने भनेपछि कोभ्याक्सले नेपालसँग कोभिसिल्डको विकल्प माग गरेको थियो । कोभ्याक्सको पत्राचारपनि नेपालले कोभिसिल्ड खोपको विकल्पमा एस्ट्राजेनेका र जोन्सन एण्ड जोन्सन प्राथमिकतामा राखेर सिफारिस गर्न लागेको हो । स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका निर्देशक डा तारा…