रुपन्देहीमा ४सय ८६ निको २सय ९४नयाँ संक्रमित ४ को मृत्यु

स्वास्थ्यसमाचार /रुपन्देहीमा कोरोना संक्रमित र मृत्यु हुनेको संख्या कमी हुदै आएको छ । जिल्लामा पछिल्लोे २४ घण्टाको अवधिमा १ हजार १८५ जनाको कोरोना परीक्षण गर्दा २९४ जनामा संक्रमण पुष्टि भएको छ । यो परीक्षणको करिब २५ प्रतिशत हो । जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार जिल्लामा आज पनि बुटवल उपमहानगरमा सबैभन्दा धेरै ९० जनामा संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका प्रमुख डा राजेन्द्र गिरीका अनुसार  तिलोत्तमामा ६९ जना, सिद्धार्थनगर नगरपालिकामा २४ जना, देवदह नगरपालिकामा २३ जना, सैनामैना नगरपालिकामा ५६ जना, कञ्चन गाउँपालिकामा ७ जनामा, ओमसतिया गाउँपालिकामा ६ जना,…

कोरोनाको दोस्रो डोज खोप लगाउन स्वास्थ्य सेवा विभागको निर्देशन

स्वास्थ्यसमाचार/ स्वास्थ्य सेवा विभागले २३ फागुनभन्दा अगाडि पहिलो डोज कोभिशिल्ड खोप लगाएकाहरुलाई दोस्रो डोज लगाउन निर्देशन दिएको छ । विभागले पहिलो प्राथमिकतामा परेका दोस्रो मात्रा लिन छुट भएका व्यक्तिहरुलाई जिल्ला कोभिड १९ खोप समन्वय तथा अनुगमन समितिबाट छिटो निर्णय गरी उपयुक्त समय निर्धारण गरी खोप सेवा सञ्चालन गर्न निर्देशन दिएको हो । बुधबार व्यवस्थापन महाशाखा टेकु, सातै वटै प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र र ७७ वटै जिल्ला स्वास्थ्य कार्यलयलाई पत्र लेख्दैं विभागले उक्त निर्देशन दिएको हो । ५ जेठमै बसेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिष्टम आईसीएस…

लुम्बिनी प्रादेशिक अस्पतालले बनायो कोविड प्रबन्ध प्रोटोकल

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पताल बुटबलले कोविड प्रबन्ध प्रोटोकल बनाएको छ।वर्तमान स्थितिमा उपयोगी दिशानिर्देश हुने भएकोले कोविड प्रबन्ध प्रोटोकल बनाएको जारी गरेको अस्पतालले जनाएको छ । अस्पतालले जारी गरेको कोविड प्रबन्ध प्रोटोकलमा बिरामीको अबस्था उपचार खाने औषधी र अपनाउनु पर्ने तरिका लाई समेटेर प्रोटोकल बनाईएको छ । डा हरी प्रसाद पन्थी ले उक्त कोरोना गाईडलाईन बनाएका थिए भने लुम्बिनी प्रादेशिक अस्पतालका कोरोना फोकल पर्शन डा नन्दु पाठकले प्रमाणित गरेका छन । उक्त गाईडलाईनमा कोरोना भएका बिरामीले खाने औषधी दिईने ईन्जेक्सन लगाएका अपनाउनु पर्नै बिधि समेटेर बनाएको छ ।अस्पतालका कोरोना फोकल पर्शन…

सांसद भुसालद्धारा २ पालिकामा अक्सिजन सहयोग

स्वास्थ्यसमाचार  / नेकपा एमाले उप–महासचिव एवं रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य घनश्याम भुसालले सियारी र शुद्धोधन गाउँपालिकामा संचालित आइसोलेसन सेन्टरलाई अक्सिजन उपलब्ध गराएका छन् । भुसालको सहयोगमा पठाइएको अक्सिजन कन्सन्ट्रेटर बुधबार सियारी अध्यक्ष अयोध्या थारु र वडा नम्बर ७ का अध्यक्ष सरोज अधिकारी तथा शुद्धोधन अध्यक्ष किशुनचन चौधरीलाई हस्तान्तरण गरिएको छ । भुसालको रुपन्देही क्षेत्र नम्बर ३ संसदीय सम्पर्क कार्यालयका प्रमुख मनोजकुमार रिजाल, सिद्धार्थनगर–३ का अध्यक्ष थानेश्वर पौडेल, युवा नेता किरण नेपाल लगायतले आइसोलेसन सेन्टरमा पुगेर अक्सिजन कन्सन्ट्रेटर अध्यक्षद्वयलाई हस्तान्तरण गरेका हुन् । पूर्व कृषि मन्त्रीसमेत रहेका भुसालले…

कोरोना ठीक भएपछि पनि यी कुरामा ध्यान दिनुहोस

काठमाण्डौ । ‘अहिले कस्तो छ अवस्था ? कि अझै समस्या छ ? रिपोर्ट त नेगेटिभ आयो नि ?’ तपाइँमध्ये कतिले आफ्ना आफन्त वा साथीभाइसँग पछिल्ला केही दिनदेखि यस्ता प्रश्न राख्दै आउनुभएको होला। हो, धेरैजसोले कोरोनाविरुद्धको लडाइँ जितिसके तर यसबाट मुक्ति भने अझै प्राप्त भइसकेको छैन। कोरोनामुक्त भएपछि कतिपय मानिसले अन्य समस्या पनि सामना गरिरहेका छन्। कसैलाई छिटै थकाइ लाग्ने त कसैलाई सास लिन समस्या भइरहेको होला। कसैलाई मुटुको समस्या त कसैलाई अन्य समस्याहरु देखिन थालेको सुन्न र देख्न पाइन्छ। चिकित्सकहरुका अनुसार पोस्ट कोडिभ केयर अर्थात कोरोनाबाट मुक्त भएपछि पनि स्वास्थ्यको…

तिलोत्तमाले बनायो थप ४० वेडको कोरोना अस्थायी अस्पताल

स्वास्थ्यसमाचार  /  कोरोना संक्रमित बिरामीको चाप बढ्दै जाँदा तिलोत्तमा नगरपालिकाले वडा नं. ९ केवलानी स्थित नगरपालिकाको सभाहल तथा अतिथि गृहमा कोभिड अस्थायी अस्पताल निर्माण गरेको छ । शंकरनगरमा रहेको आइसोलेशन सेन्टरले बिरामीको चाप थेक्न नसक्ने देखिएपछि थप आइसोलेशन सेन्टर निर्माण गरिएको नगर प्रमुख बासुदेव घिमिरेले वताए ।तत्काल ४० बेड रहेपनि केवलानीको कोरोना अस्थायी अस्पतालमा बेड संख्या एक सय पुर्याउन सकिने नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ। नगरपालिकाको सभाहल नयाँ रहेकोले विद्युत्, खानेपानी, सरसफाईलगायत आवश्यक पूर्वाधार निर्माण गरी आइसोलेशन सेन्टर निर्माण गरिएको हो । अस्थायी अस्पतालमा सेन्टर फ्लो अक्सिजन सिष्टमबाट बिरामीलाई आवश्यकताअनुसार…

भारतको जस्तै ‘डबल’ र ‘ट्रिपल म्युटेन्ट’ कोरोना भाइरस नेपालमा पनि देखियो

स्वास्थ्यसमाचार  / नेपालमा थप दुई नयाँ भेरियन्टको कोरोना भाइरसको संक्रमण फेला परेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३५ वटा नमूना परीक्षण गरिएकामध्ये ९७ प्रतिशतमा नयाँ प्रकारका दुई वटा भेरियन्ट फेला परेको हो। भारतमा भेटिएका ‘डबल’ र ‘ट्रिपल म्युटेन्ट’ कोरोना भाइरसको प्रकार नेपालमा फेला परेको हो। भारतमा यी नामले चिनिएका यी भाइरसलाई भेरियन्ट B.1.617.2 र B.1.617.1 नामाकरण गरिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्ण पौडेलले जानकारी दिए। थप भेटिएका दुई नयाँसहित नेपालमा तीन किसिमका नयाँ भेरियन्ट पुष्टि भएको उनले बताए। ‘३५ वटा नमूनामा ९७ प्रतिशतमा B.1.617.2 र तीन प्रतिशतमा B.1.617.1 भेरियन्ट पुष्टि…

बुटवल उवासंघद्धारा आम्दाको कोभिड केयर युनिटमा आईसीयुका उपकरण प्रदान

स्वास्थ्यसमाचार / बुटवलको सिद्धार्थ महिला तथा बाल अस्पताल (आम्दा)मा स्थापना गर्न लागिएको कोभिड केयर युनिट अन्तरगत आईसीयु वार्ड स्थापना तथा सञ्चालनको लागि बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीले आवश्यक मेडिकल उपकरण हस्तान्तरण गरेको छ । अस्पताल र संघ दुबै पक्षको सहमति अनुसार आज (मंगलबार) समझदारी पत्रमा हस्ताक्षर गरि समझदारी पत्र आदानप्रदान समेत गरिएको छ । उक्त समझदारी पत्रमा संघको तर्फबाट अध्यक्ष उज्ज्वलप्रसाद कसजू र साक्षिको रुपमा महासचिव बिमलराज भट्टराई तथा अस्पतालको तर्फबाट मेडिकल सुपरिटेन्डेण्ट डा. राजेन्द्रप्रसाद बस्याल र साक्षिको रुपमा प्रशासकीय प्रमुख ध्रुवप्रसाद श्रेष्ठले हस्ताक्षर गरे । सोही अनुसार संघले मंगलबार…

समितिको एक्लो प्रयासले मात्रै अस्पतालको विकास असम्भव :अध्यक्ष भन्डारी

स्वास्थ्यसमाचार / भीम अस्पताल विकास समितिका नवनियुक्त अध्यक्ष नारायण प्रसाद भण्डारीले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै भण्डारीले अस्पतालको विकासका लागि सबैसंग हातेमालो गर्दैै आवश्यक सल्लाह–सल्लाह लिएर अगाडी बढ्ने वताए् । उनले समितिको एक्लो प्रयासले मात्रै अस्पतालको विकास नहुने भएकोले सल्लाह–सुझाव, सहकार्य र सहभागितामा नै आफू अगाडी बढ्ने बताए । कोभिड–१९ को विषम परिस्थितिमा अक्सिजनको अभाव भएकोले अस्पतालमा अक्सिजन प्लान्ट लगाउने अभियान चलाउन आवश्यक रहेको बताए । ‘अस्पताल भित्रै कोभिडका बिरामीहरुको उपचार भइरहेको छ, बाहिर रहेका बिरामीलाई पनि भित्रै व्यवस्थापन गर्दै आएका छौं,’ उनले भने । सकभर बिरामीलाई…

प्रदेश प्रयोगशाला रोकिएको ५ हजार स्वाव परिक्षण सुरु

स्वास्थ्यसमाचार /प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा बिगत १ हप्तादेखी कोरोना भाईरस होकि होईन भनेर स्वाव संगलन गरि जम्मा भएको ५ हजार जनाको स्वाव आजबाट परिक्षण हुन सुरु भएको छ । मेसीमा आएको समस्या र नयाँ अटोमेसीन जडानको कारणले स्वाव परिक्षणमा ढिला भएको प्रदेश जनस्वास्थ्य प्रयोशलाका निमित्त निर्देशक बरिष्ठ जनस्वास्थ प्रशासक रोशनलाल चौधरीले बताए ।भैरहवाको गहुवालीभित्र रहेको उक्त प्रयोगशालामा ११ जिल्लाका करिब ५ हजार जनाको स्वाव जम्मा भएको छ । निमित्त निर्देशक चौधरीले भने पुरानो मेसीनमा परिक्षण गर्दा केहि समस्या आएकोले त्यो मेसीन र्सेबिसंग र नयाँ अटोमेसीन जडान गर्न समय लागेकोले बिगत…