स्वास्थ्यमा १ खर्ब २२ अर्ब ७७ करोड बजेट

कोभिड विरुद्धको भ्याक्सिन खरिदलाई प्रमुख प्राथमिकतामा

स्वास्थ्यसमाचार/ सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि १६ खर्बभन्दा बढीको बजेट विनियोजन गरेको छ। कुल विनियोजन रकममध्ये स्वास्थ्य क्षेत्रका लागि १ खर्ब २२ अर्ब ७७ करोड रुपैयाँ बजेट विनियोजन भएको छ।

अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि सार्वजनिक गरेको बजेटमा स्वास्थ्यका लागि उक्त बजेट छुट्याइएको जानकारी दिएका हुन्।

बजेटमा कोरोना संक्रमण रोकथाम र स्वास्थ्य प्रणाली सुधारलाई प्राथमिकता दिइएको छ। कोभिड विरुद्धको भ्याक्सिन खरिदलाई प्रमुख प्राथमिकतामा राखिएको छ।

बजेटमा महिला स्वास्थ्य स्व‌यंकसेविकाको भत्ता वृद्धि, जोखिम भत्ता, राष्ट्रिय रोग नियन्त्रण केन्द्र लगायतका कुरा समेत समावेश छन्। सरकारले औषधि खरिदका लागि ५ अर्ब ६० करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ।कोभिड खोप खरिदका लागि २६ अर्ब बजेट बिनियोजन गरेको अर्थमन्त्री पौडेलले जानकारी दिएका छन्।

आगामी आर्थिक वर्षको स्वास्थ्यको बजेट र कार्यक्रमको हाइलाइट

१, कोभिड९१९ का बिरामीका लागि चाहिने एचडियु, आईसीयु, भेन्टिलेटर, टेष्ट किट लगायतका कोभिड उपचार सामाग्रीलाई ४ अर्ब

२,कोभिड९१९ विरुद्धको खोपका लागि २७ अर्ब २५ करोड
३,अस्पताल नभएका पालिकाहरुमा अस्पताल खोल्न ६ अर्ब ५० करोड
४, विमा कार्यक्रमका लागि ६ अर्ब ५० करोड
५, केन्द्रमा ३ सय बेड र प्रदेशमा ५० बेडको सरुवा रोग अस्पताल स्थापनाका लागि १ अर्ब ३० करोड
६, क्षयरोगमुक्त पालिका घोषणा गर्ने
७, चिकित्सा विज्ञान राष्टिय प्रतिष्ठान न्याम्सको दुवाकोट प्रोजेक्टलाई राष्टि गौरवको योजना तोकेर ३ वर्षमा सम्पन्न गर्ने
८, महिला स्वास्थ्य स्वयंसेविकाको सुविधा शतप्रतिशत वृद्धि
९, १०० वेड माथिका अस्पतालमा अक्सिजन प्लान्ट अनिवार्य गर्ने, निजी र सामुदायिक अस्पताललाई ५० प्रतिशत अनुदान

१०,सरकारी अस्पतालमा कोभिड १९ परीक्षण र उपचार निःशुल्क

https://drive.google.com/file/d/1JGP5lHdBZvxeT9OLq3oSb_lBTjbiJnNl/view?usp=sharing

सम्बन्धित शिर्षक :