भेरी अस्पतालमा चिकित्सक र नर्समाथि आक्रमण गर्नेलाई कारवाही गर :सभापति देउवा

स्वास्थ्यसमाचार /नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भेरी अस्पतालमा चिकित्सक र नर्समाथि आक्रमण गर्नेलाई कडा कारवाही गर्न माग गरेका छन् ।

उनले जोखिमपूर्ण अवस्थामा पनि दिनरात उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि आक्रमण हुन निन्दनीय भएको बताएका छन् ।
पूर्वप्रधानमन्त्री देउवाले घटनामा संलग्नलाई कडा कारवाही गर्न माग गरे ।

‘नेपालगञ्जस्थित भेरी अस्पतालका डाक्टर र नर्सहरुमाथि आक्रमण हुनु निकै निन्दनीय कार्य हो। यो महामारीका बेला ठूलो जोखिम लिएर स्वास्थ्यकर्मीहरु विरामीको उपचारमा दिनरात खटेका छन्। स्वास्थ्यकर्मीमाथि भएको यो घटनाको तत्काल छानविन गरी आक्रमणमा संलग्नमाथि कडा कारवाही गर्न माग गर्दछु,’ देउवाले भने ।

सम्बन्धित शिर्षक :