धागो कारखानाको आईसीयू कक्ष अस्पतालको नयाँ भवनमा सार्ने

स्वास्थ्यसमाचार/ बुटवल धागो कारखानामा सञ्चालित कोभिड आईसीयू कक्ष लुम्बिनी प्रादेशिक अस्पतालको भवनमै सार्ने तयारी भएको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालले कोरोना संक्रमणको पहिलो लहर शुरु भएसँगै गत वर्षदेखि धागो कारखानाको भवनमा कोरोना विशेष अस्थायी अस्पताल सञ्चालन गरेको थियो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र खनालले धागो कारखानाको आईसीयू कक्षलाई केही दिनमै प्रादेशिक अस्पतालको नयाँ भवनमै सार्ने तयारी भएको बताए । ‘पानी चुहिएर यस्तो हालत देख्दादेख्दै अब यहाँ आईसीयू चलाउने कुरा हुँदैन,’ डा। खनालले भने, ‘मर्मत गर्न सकिन्छ भनेर हे¥यौं, तर नहुने देखिएपछि अस्पतालको नयाँ भवनमै सार्छौं ।’

नयाँ भवनमा २५ एचडीयू बेडको संरचना तयार छ । नयाँ भवनमा विद्युतीकरणको काम सकेर बढीमा तीन चार दिनभित्र कोरोना संक्रमित बिरामीलाई नयाँ भवनमै भर्ना गरिने उनले बताए । धागो कारखानामा अहिले १५ बेड आईसीयू, ३६ बेड एचडीयू र ४ वटा भेन्टिलेटर बेड छन् ।

अस्पतालमा हाल १० जना संक्रमित उपचाररत रहेका अस्पतालका प्रवक्ता डा विष्णु गौतमले बताए ।चिकित्सक र कर्मचारीहरु दुईतिर धाउनुपर्दा काम गर्न निकै गाह्रो भएकाले क्रमशः एचडीयू र भेन्टिलेटर बेड पनि अस्पतालमै सार्न उपयुक्त हुने भएकाले सोही अनुसार पहल भइरहेको डा खनालले बताए ।

सम्बन्धित शिर्षक :