सुरक्षाको पूर्ण प्रत्याभूति नभएसम्म स्वास्थ्यकर्मीहरु काममा नफर्कने

भेरी अस्पतालमा आन्दोलन : चिकित्सक कुट्नेलाई कारबाहीको माग

स्वास्थ्यसमाचार / बिहिबार राती नेपालगन्ज स्थित भेरी अस्पतालमा कार्यरत चिकित्सक र नर्समाथी भएको आक्रमणको बिरोधमा स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएका छन । कोभिड संक्रमित विरामीको उपचारका क्रममा निधन भएको घटनालाई लिएर विरामीका आफन्तहरुले विहीबार राती कोभिड वार्डमा खटिएका चिकित्सक, नर्सिङस्टाफ तथा स्वास्थ्यकर्मी कुटपिट गर्नुका साथै आईसीयूकक्षमा तोडफोड समेत गरेका थिए ।

मृतकका आफन्तहरुको आक्रमणबाट ज्यान जोगाउन डा चन्द्रप्रकाश शाहु, नर्सहरु सदिक्षा गैरे बन्दना श्रेष्ठ र आश्वीन गुरुङले पहिलो तलाबाट हाम्फालेर ज्यान जोगाएका थिए । उपचारका क्रममा मृत्यु भएका दाङका डिल्लीबहादुर रावतका भाई मानबहादुर रावत समेतले नसिंङ स्टाफको घाँटी थिचेर आक्रमण गरेपछि उनीहरु ज्यान जोगाउन पहिलो तल्लाबाट हाम्फालेका थिए ।

आफ्नो ज्यानको बाजी लगाएर कोभिड विरामीको उपचारमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको बिरोधमा नर्सिङ संघ बाँकेले अस्पताल परिसरमै प्रदर्शन सुरु गरेको छ ।

यसअघि एक विज्ञप्ती जारी गर्दै संघका बाँके अध्यक्ष लक्ष्मी केसी ओलीले बिरामीको सेवामा निस्वार्थ भावले अनवरत लागी रहेका चिकित्सक, नर्सिङकर्मी र आम स्वास्थ्यकर्मी माथि भएको सांघातिक अपराधजन्य घोर निकृस्ठ घटनाको घोर भत्सर्ना गर्दै संघको गम्भीर ध्यानाकर्षण भएको बताएकी थिईन् ।

निरन्तर श्रृंखलाबढ ढंगले शक्तिको आडमा वा अन्य समुहबाट हुने यस्ता अपराधजन्य प्रवृत्तिका घटनामा संलग्न दोषि ब्यक्ति वा समुहलाई अबिलम्ब नियन्त्रणमा लिइ कडाभन्दा कडा कारबाही गर्न र आगामी दिनमा शान्तिपुर्ण वातावरणमा निर्भीकका साथ स्वास्थ्यकर्मीलाई काम गर्ने वातावरण मिलाउन नर्सिङ संघ बाँकेले माग समेत गरेको छ ।

 

सम्बन्धित शिर्षक :