भेरी अस्पताल :घटना सात सदस्यीय छानबिन समिति गठन

सुरक्षाको ग्यारेन्टी र दुव्र्यवहार गर्नेलाई कारबाही: नेपाल नर्सिङ सङ्घ बाँके

स्वास्थ्यसमाचार/ भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेमाथि छानबिन गर्न समिति गठन भएको छ। उक्त घटनाको छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी शङ्कर विष्टको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति गठन गरिएको छ।

नेपाल नर्सिङ सङ्घ बाँकेकी अध्यक्ष लक्ष्मी केसी वलीले भेरी अस्पतालमा शृङ्खलाबद्धरूपमा स्वास्थ्यकर्मीमाथि भएका आक्रमणका घटनाले काम गर्ने वातावरण नभएको बताउँदै घटनामा संलग्न दोषीमाथि कारबाही गरी स्वास्थ्यकर्मीलाई शान्तिपूर्ण वातावरणमा निर्भिकताका साथ काम गर्ने वातावरण मिलाउन माग गरिन्।

अस्पतालमा कार्यरत नर्सहरूले सुरक्षाको ग्यारेन्टी र दुव्र्यवहार गर्नेलाई कारबाही हुनुपर्ने माग राखेका छन्।

सम्बन्धित शिर्षक :