कोभिसिल्डको लगाएका १३ लाख नागरिकले तत्काल दोस्रो डोज नपाउने

स्वास्थ्यसमाचार/  सरकारले अब आउने कोरोना विरुद्धको खोप ६० देखि ६४ वर्षउमेर समूहकालाई लगाउने तयारी गरेको छ । परिवार कल्याण महाशाखा निर्देशक डा तारानाथ पोखरेलले अब नेपाल आउने खोपको पहिलो प्राथमिकतामा ६० देखि ६४ वर्षका व्यक्तिलाई राखिएको बताए । उनले खोपका लागि भारत, चीन, अमेरिका लगायतका देशहरुमा कूटनीतिक पहल भएपनि खोप कहिले दिने भन्नेबारे उनीहरुले जवाफ नदिएको बताए । कोभिशिल्डको पहिलो मात्रा लगाएका ६५ वर्षभन्दा माथिका नागरिकलाई दोस्रो मात्रा तत्कालै दिन नसकिने भएको उनले बताए । ‘जेष्ठ नागरिकहरुले पहिलो मात्रा लगाउनुभएको ११ हप्ता नाघिसकेको छ, १२ हप्ताभित्र लगाउनपर्ने तर तत्काल खोपको…

बुटवल उपमहानगरमा कोरोना परीक्षणको दायरा फराकिलो बनाईदै

स्वास्थ्यसमाचार/ बुटवलमा एकसाथ सयौंको कोभिड परीक्षण गरिने भएको छ । बुटवल उपमहानगरपालिकाले सबै वडाका धेरै संक्रमित भेटिएका र जोखिमपूर्ण क्षेत्र पहिचान गरि एकसाथ धेरैजनाको एन्टिजेनबाट परीक्षण गर्नेभएको छ । भोलि जेठ १७ गतेदेखि यो परीक्षण सुरु हुनेछ । जनस्वास्थ्यको संवेदनशिलता र महामारीविरुद्धको जारी अभियानलाई प्रभावकारी बनाउन एकैपटक सबैतिरबाट परीक्षण गर्न लागिएको प्रमुख शिवराज सुवेदीले बताए । उनले वडा र स्वास्थ्यकर्मीलाई जिम्मेवारी तोकेर फिल्डमा परिचालन गरिएको बताए । महामारी नियन्त्रणका लागि रुपन्देहीको बुटवल उपमहागरपालिकाले नमुना र उदाहरणीय काम गर्दै आएको छ । संक्रमितलाई हौसला बढाउन आयुर्वेद ओखती, भिटामिन र जरुरी परेकालाई…

अस्पतालमा चाहिने उपकरण खरिद प्रक्रिया अगाडि बढाउ :मुख्यमन्त्री पोखरेल

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश सरकारले श्रोत सुनिश्चित भएका अस्पतालहरुलाई एचडियू, आईसियू र भेन्टिलेटर विस्तारको लागि तत्काल खरिद प्रक्रिया अगाडि बढाउ निर्देशन गरेको छ । अस्पतालहरुले अक्सिजन प्लान्ट स्थापनाका लागि प्रक्रिया अघि बढाउन आग्रह गर्दै आवश्यक सहजीकरण तथा अनुमगनका लागि प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई जिम्मेवारी दिएको छ । मुख्यमन्त्री शंकर पोखरेल रहेको लुम्बिनी प्रदेश कोरोना संकट व्यवस्थापन समितिको बैठकले स्वास्थ्य सामग्रीको खरिदका लागि संघ तथा प्रदेश स्वास्वास्थ्य मन्त्रालयसंग समन्वय गरी सम्बन्धित अस्पतालहरुले तत्काल खरिद प्रक्रिया अगाडि बढाउन आग्रह गरेको हो । बैठकले राप्ती प्रादेशिक अस्पतालमा पीसीआर ल्याव स्थापन गर्ने निर्णय गरेको…

कोभिड: भियतनाममा भेटियो हावाबाट छिट्टै फैलनेु कोरोनाभाइरसको नयाँ भेरिअन्ट

बिविसी/ भियतनामले कोरोनाभाइरसको नयाँ भेरिअन्ट पहिचान गरेको छ जुन भारतीय तथा यूके भेरिअन्टको मिश्रित स्वरूपमा देखिएको र त्यो हावाबाट छिट्टै फैलने अधिकारीहरूले बताएका छन्। भियतनामका स्वास्थ्यमन्त्री गुयन थान्ह लङ्गले पछिल्लो उत्परिवर्तनलाई शनिवार व्याख्या गर्दै त्यसलाई ‘निकै खतरनाक’ बताएका छन्। भाइरसहरू उत्परिवर्तन भइरहन्छन् र धेरैजसो भेरिअन्टहरू महत्त्वपूर्ण हुँदैनन् तर केहीले भने भाइरसलाई थप सङ्क्रामक बनाउँछन्। सन् २०२० को ज्यानुअरीमा पहिलो पटक कोभिड-१९ पहिचान भएयता हजारौँ उत्परिवर्तनहरू भएका छन्। भियतनामका स्वास्थ्यमन्त्रीले के भने? रोयटर्स समाचार संस्थाले स्वास्थ्यमन्त्री गुयनले सरकारी बैठकमा भनेको कुरालाई लेखेको छ: “भियतनामले अहिले नै रहेका सुरुमा भारत र यूकेमा…

कर्मचारीको तलब २ हजार बढ्यो, महंगी भत्ता निरन्तर

स्वास्थ्यसमाचार/सरकारले सम्पूर्ण सरकारी कर्मचारीको तलब २ हजार रुपैयाँले वढाएको छ।शनिबार आगामी आर्थिक वर्ष २०७८र०७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले कर्मचारीको तलब २ हजार रुपैयाँले बढेको जानकारी दिए। कर्मचारीका लागि महंगी भत्तालाई निरन्तरता दिँदै हालको प्रतिकुल अवस्थालाई ख्याल गर्दै यो रकम वृद्धि गरिएको अर्थमन्त्री पौडेलले जानकारी गराए ।यसरी वृद्धी भएको तलब साउन १ देखि लागू हुने उनले बताए । सरकारले कर्मचारीलाई सहुलियत आवास सुविधा पनि उपलव्ध गराउने घोषणा गरेको छ। कोभिड उपचारको नियन्त्रण, रोकथाम तथा उपचारमा खटिएका स्वास्थ्यकर्मीले कोभिड भत्ता पनि पाउने छन्। साथै तलबमान र अरु सेवा सुविधाबारे…

सरकारी स्वास्थ्य संस्थामा पत्रकारलाई निःशुल्क उपचार

स्वास्थ्यसमाचार /अर्थमन्त्री विष्णु पौडेलले आर्थिक बर्ष २०७८र७९ का लागि बजेट प्रस्तुत गर्दै पत्रकारलाई सरकारी स्वास्थ्य संस्थामा निःशुल्क उपचार हुने भएको छ । अर्थमन्त्री पौडेलले उपचारका लागि प्रेस काउन्सिल नेपालबाट उपचार सुविधा परिचयपत्र जारी हुने वताए। नेपाल पत्रकार महासंघका सदस्य श्रमजीवी पत्रकारको ७ लाख सम्मको दुर्घटना बिमा गरिने र बिमाको प्रिमियमको ५० सरकारले व्यहोर्ने अर्थमन्त्री पौडेलले वताए ।

रुपन्देहीमा कोरोना निको हुनेदर बढयो आजै ३,७०जना कोरोना मुक्त

स्वास्थ्यसमाचार/रुपन्देहीमा कोरोना संक्रमणको ग्राफ घट्ने क्रमले आज पनि निरन्तरता पाएको छ । पछिल्लो २४ घण्टामा रुपन्देहीमा २सय ७५ नमुना परीक्षण गर्दा १सय ३ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधीमा रुपन्देहीमा १ जनाको मृत्यु भएको छ भने ३सय ७० जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन् । जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा राजेन्द्र गिरीका अनुसार आज बुटवल उपमहानगरमा ३५ जना कोरोना संक्रमित थपिएका छन् भने तिलोत्तमा र देवदहमा १५/१५ जना, सैनामैनामा १३ जना र सिद्धार्थनगरमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यलयका…

महिला स्वास्थ्य स्वयंसेविकाको भत्ता वढयो अब १२ हजार पाउने

स्वास्थ्यसमाचार/महिला स्वास्थ्य स्वयंसेविकाको भत्ता १२ हजार पुग्यो सरकारले महिला स्वास्थ्य स्वयमसेविकाले पाउने भत्ता बढाएको छ । आर्थिक वर्ष २०७८र७९ को बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बवताए। आगामी वर्षको बजेट मार्फत् सरकारले सतप्रतिशत भत्ता बढाएर १२ हजार पुर्‍याएको अर्थमन्त्री पौडेलले वताए। अहिले देशभर ५२ हजार महिला स्वास्थ्य स्वयम्सेविका रहेका छन् ।

स्वास्थ्यमा १ खर्ब २२ अर्ब ७७ करोड बजेट

स्वास्थ्यसमाचार/ सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि १६ खर्बभन्दा बढीको बजेट विनियोजन गरेको छ। कुल विनियोजन रकममध्ये स्वास्थ्य क्षेत्रका लागि १ खर्ब २२ अर्ब ७७ करोड रुपैयाँ बजेट विनियोजन भएको छ। अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि सार्वजनिक गरेको बजेटमा स्वास्थ्यका लागि उक्त बजेट छुट्याइएको जानकारी दिएका हुन्। बजेटमा कोरोना संक्रमण रोकथाम र स्वास्थ्य प्रणाली सुधारलाई प्राथमिकता दिइएको छ। कोभिड विरुद्धको भ्याक्सिन खरिदलाई प्रमुख प्राथमिकतामा राखिएको छ। बजेटमा महिला स्वास्थ्य स्व‌यंकसेविकाको भत्ता वृद्धि, जोखिम भत्ता, राष्ट्रिय रोग नियन्त्रण केन्द्र लगायतका कुरा समेत समावेश छन्। सरकारले औषधि खरिदका लागि…

धागो कारखानाको आईसीयू कक्ष अस्पतालको नयाँ भवनमा सार्ने

स्वास्थ्यसमाचार/ बुटवल धागो कारखानामा सञ्चालित कोभिड आईसीयू कक्ष लुम्बिनी प्रादेशिक अस्पतालको भवनमै सार्ने तयारी भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालले कोरोना संक्रमणको पहिलो लहर शुरु भएसँगै गत वर्षदेखि धागो कारखानाको भवनमा कोरोना विशेष अस्थायी अस्पताल सञ्चालन गरेको थियो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र खनालले धागो कारखानाको आईसीयू कक्षलाई केही दिनमै प्रादेशिक अस्पतालको नयाँ भवनमै सार्ने तयारी भएको बताए । ‘पानी चुहिएर यस्तो हालत देख्दादेख्दै अब यहाँ आईसीयू चलाउने कुरा हुँदैन,’ डा। खनालले भने, ‘मर्मत गर्न सकिन्छ भनेर हे¥यौं, तर नहुने देखिएपछि अस्पतालको नयाँ भवनमै सार्छौं ।’ नयाँ भवनमा २५…