स्वास्थ्यकर्मि आक्रमणका दोषिलाई कडा कारवाही गरः नर्सिड संघ बुटबल

स्वास्थ्यसमाचार /नेपाल नर्सिड संघ ईकाई समिति बुटबलले एक बिज्ञेप्ती प्रकाशित गरि वाकेमा भएको चिकित्सक तथा स्वास्थ्यकर्मि माथी भएको आक्रमण का दोषीलाई कडा कार्वाहिको माग गरेको छ ।

नेपाल नर्सिड संघ ईकाई समिति बुटबल कि अध्यक्ष हरि केसीद्धारा जारी बिज्ञेप्तीमा भनिएको छ कोभिड १९को महामारीमा आफनो ज्यानको प्रवाह नगरि बिरामीको ज्यान बचाउनको लागी भोक प्यास परिवार र बिदा नभनि अहोरात्र रुपमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मि माथी भेरी अस्पताल नेपालगञ्ज बाकेमा यहि जेठ १३ गते राति अराजक सैलीमा रातिमा डियुटीमा रहेका स्वास्थ्यकर्मि माथि भएको दुर्रब्यवाहर हातपात तथा भौतिक सम्पतीमाथि तोडफोड भएको घटनाको घोर निन्द एबं भत्र्सना गर्दछु ।

यस्तां दोषिलाई कडा भन्दा कडा कारवाहीको र आईन्दा यस्ता घटना दोहोरीन नदिन सरकार संग अपिल गर्दछु अध्यक्ष केसीले भनिन ।

 

सम्बन्धित शिर्षक :