पाल्पामा नियमित खोपमा टाइफाइड खोप शुभारम्भ

स्वास्थ्यसमाचार/ पाल्पा जिल्लामा टाइफाइडको खोप नियमित भएको छ।आज एक कार्यक्रमका बिच पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले नियमित खोप शुभारम्भ गरेका छन।

नियमित खोप शुभारंभ गर्दे प्रमुख जिल्ला अधिकारीले यो नयाँ खोपले टाइफाइडबाट वालवालिकाहरुलाई सुरक्षा हासिल गर्ने वताए। शुभारम्भ कार्यक्रममा वोल्दै जिल्ला स्वास्थ्य कार्यलय पाल्पाका प्रमुख डा राजेन्द्र गिरीले खोपले बढ्दै गइरहेको औषधी प्रतिरोधी टाइफाइड जीवाणुको विश्वब्यापी स्वास्थ्य समस्याको न्यूनिकरण यो खोपले गर्ने बताए ।

डा गिरीले टाइफाइड खोप कार्यक्रमका साथसाथै स्वास्थ्य शिक्षा, पानी र सरसफाईमा सुधार र स्वास्थ्यकर्मीहरूका लागि रोगको पहिचान र उपचार सम्बन्धी ध्यान दिन जरुरी रहेको बताए ।उनले पाल्पा जिल्लामा तोकिएका मितिमा नियमित खोप संचालन हुने पालिकाको संस्थाहरुमा आजै देखिनै टाइफाइड को खोप सहित नियमित खोप लगाउने व्यवस्था भएको वताए ।

नेपाल सरकारले गाभी खोप सञ्जाल, विश्व स्वास्थ्य सङ्गठन, युनिसेफ र अन्य साझेदारहरूसँगको सहकार्यमा राष्ट्रिय नियमित खोप कार्यक्रम अन्तर्गत टाइफाइड खोपको नियमित भएको छ । अब नियमित लगाउने खोपमा थप एक खोप थपिएको छ ।

सम्बन्धित शिर्षक :