अहेव र शिक्षकलाई पनि नि.प्रमुख प्रसाशकीय अधिकृतको जिम्मेबारी

क्षमताभन्दा पनि भनसुन र रकम लेनदेनको आधारमा निमित्तको जिम्मेवारी दिनु गलत :सामान्य प्रशासन

स्वास्थ्यसमाचार/अनुकल नभए कर्मचारीलाई सरुवा गराईदिने, समान्य प्रसाशन मन्त्रालयबाट जिम्मेबारी लिएर आएपनि हाजिर हुन नदिने घट्ना मधेशप्रदेशका स्थानीय तहमा सामान्य मानिन्छ ।

नियमानुसार काम गर्न खोजेमा जनप्रतिनिधि र कर्मचारीबिच खटपट हुने, स्वार्थ पुरा नभए हुलहुज्जत र प्रदर्शन गर्ने, तोकेको पालिकामा हाजिर हुन परमादेशका लागि अदालत जानुपर्ने लगायतका समस्या मधेश प्रदेशका स्थानियतहमा देखिएका छन् ।

धनुषाको औरही गाँउपालिकाको बिक्रमपुर घर भएका स्वास्थ्य सेवाका अहेव अशोक यादव अहिले सोही गााउपालिका कार्यालयको निमित्त प्रमुख प्रसाशकीय अधिकृतरुपमा पााच महिनादेखि कार्यरत छन् । यसअघिका प्रमुख प्रसाशकीय अधिकृत सुबोध ठाकुरले अध्यक्ष ब्रहम्देव यादवले अर्‍हाएका नियमविपरित कामगर्न नमानेपछि उनले अनुकुलको काम गराउनकै लागि आफ्ना नातेदारलाई निमित्त प्रमुख प्रसाशकीय अधिकृत बनाएका हुन् ।

अशोक यादव भन्दा स्वास्थ्य सेवाकै ७ बर्ष बरिष्ठ शैलेन्द्र ठाकुरलाई पाखा लगाईएको छ भने विबादका कारण धनुषाकै हंसपुर नगरपालिकामा साढे चार बर्ष भित्र १२ जना प्रमुख प्रसाशकीय अधिकृत फेरिएका छन् । नगरपालिकामा उपसचिव र गााउपालिकामा शाखा अधिकृतलाई प्रमुख प्रसाशकीय अधिकृत तोक्ने नियम छ । तर, स्थानीय तहमा चुस्तदुरुस्त काम गर्नेलाई टिकाई राख्नेभन्दा पनि भने अनुसारको काम गर्ने प्रमुख प्रसाशकीय अधिकृत ल्याउन र हटाउनमै जनप्रतिनिधिहरुले पहिलो कार्यकाल बिताएका छन् ।

नियम र ऐन कानुनअनुसार काम गर्न खाजेकै कारण १८ वटा स्थानीय तह रहेको रौतहटको देवाही गोनाही नगरपालिकामा हालसम्म १२ जना, गरुडा नगर पालिकामा ५ जना र दुर्गा भगवती गााउपालिकामा यसअघि पाच जना प्रमुख प्रसाशकीय अधिकृत फेरिएका छन् ।

सामान्य प्रशासन मन्त्रालयले क्षमताभन्दा पनि भनसुन र रकम लेनदेनको आधारमा एकपछि अर्कालाई निमित्तको जिम्मेवारी तोकेर पठाउन थालेको आरोप लाग्दै आएको छ ।

सम्बन्धित शिर्षक :