पाल्पाको तिनाउ जिल्लामै पहिलो पुर्ण खोप शुनिश्चित गाउँपालिका घोषणा

स्वास्थ्यसमाचार/पाल्पाको तिनाउ गाउँपालिका जिल्लामै पहिलो कोभिड १९ विरुद्धको पुर्ण खोप शुनिश्चित गाउँपालिका घोषणा भएको छ । ९५ प्रतिशत नागरिकलाई खोप लगाई सम्पन्न भएकाले तिनाउलाई पुर्ण खोप शुनिश्चित गाउँपालिका घोषणा गरिएको हो ।

गाउँपालिकाका १२ बर्ष सम्मका उमेर समुहलाई खोप लगाईएको छ । ३६ जना स्वास्थ्यकर्मी, ३८ जना स्वयंसेवीका र ३ जना निगरानी सदस्य खोप अभियानमा खटिएका थिए । घोषणा कार्यक्रममा स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा राजेन्द्र गिरीले पुर्ण खोप लगाउने काममा तिनाउका स्वास्थ्यकर्मी, कर्मचारी र स्वयंसेविका निकै जिम्मेवार तरिकाले लागिपरेको बताउनुभयो । डाक्टर गिरिले थोरै स्थानिय तहहरुले मात्र मसिनो ढङ्गले काम गरेको भन्दै पाल्पामा तिनाउ त्यसम पर्ने बताउनुभयो ।

कार्यक्रममा तिनाउ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुन्दर प्रसाद श्रेष्ठले घोषणा गर्न सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद व्यक्त गर्नुभयो । श्रेष्ठले स्वास्थ्यकर्मी र स्वयंसेविकाको सक्रिय सहभागितामा ७ सय ५३ स्थानिय तहमा पाँचौं र जिल्लामा पहिलो पुर्ण खोप शुनिश्चित गाउँपालिका घोषणा गरिएको बताउनुभयो ।

कार्यक्रममा स्वास्थ्य कार्यालय पाल्पाका क्षयकुष्ट अधिकृत विश्वनाथ न्यौपानेले गाउँपालिकामा पुर्ण खोपमा छुटेका ८ सय ७८ जनालाई खोज र खोप अभियान सञ्चालन गरि खोप लगाएको बताउनुभयो । गाउँपालिकाले कोभिड नियन्त्रण गर्न पालिका स्तरमा स्थानियको सहयोगमा १० बेड क्षमताको कोरोना अस्पताल स्थापना समेत गरेको थियो । जसमा जटिल अवस्था भएका ३६ जना बिरामीले सेवा लिएका थिए ।

रेडक्रस सोसाईटी तिनाउ उपशाखाका सभापती अमर सिंह प्रधानले कोभिडका बेला खटिने स्वास्थ्यकर्मीलाई शब्दले मात्र सम्मान गरेर नपुग्ने भन्दै उहाँहरुको मेहेनतले गर्दा अहिलेको स्वस्थ समाज निर्माण बन्न सहयोग पुगेको बताउनुभयो । पालिका खोप समन्वय समितिले पुर्ण खोप निर्देशिका २०७१ नियमानुसारको २ सय ८८ घरधुरिमा सुलभ सर्वेक्षण गरेको पालिका खोप समन्वय समितिका सदस्य सचिव कृष्ण कार्कीले बताउनुभयो ।

कार्यक्रममा स्वास्थ्य कार्यालय पाल्पाका क्षयकुष्ट निरिक्षक टिकाराम अधिकारीले सर्वेक्षण पश्चात् २०७९ बैशाख ६ गते घोषणा गर्न अनुमती प्राप्त भएपछि तिनाउ गाउँपालिकालाई पुर्ण खोप निर्देशिका २०७१ तेश्रो संस्करण २०७७ अनुसार तिनाउलाई पुर्ण खोप शुनिश्चित पालिका घोषणा गरिएको बताउनुभयो । स्वास्थ्य शाखा सहसंयोजक रिता थापाले स्वास्थ्य स्वयंसेविकाहरुले महत्वपुर्ण भुमिका निर्वाह गरेको भन्दै धन्यवाद व्यक्त गर्नुभयो ।

थापाले ९५ प्रतिशत नागरिकलाई खोप लगाईसकेको भन्दै अपांग र अशक्तहरुको घरघरमै गएर खोप लगाएको बताउनुभयो । स्वयंसेवीका रिता कुमारी भट्टराईले तिनाउका स्वास्थ्यकर्मी तथा स्वयंसेवीकाहरु व्यक्तीगत काम छाडेर समुदायको स्वास्थ्य बँचाउन लागिपरेको बताउनुभयो । गाउँपालिकामा १४ वटा स्वास्थ्य संस्था रहेका छन ।

मस्याम स्वास्थ्य चौकीका सिनियर अहेव गंगाराम खनालले खोज र खोप अभियानलाई नियमितता दिँदै गाउँगाउँ र घरघरमा पुगेर खोप लगाएको बताउनुभयो । सुआहाराका पोषण अधिकृत विनोद कुमार पोखरेलले निकै अप्ठेरो समयमा पनि स्वास्थ्यकर्मीहरु अबिचलित रहेक काम गरेकाले कोविड १९ नियन्त्रणमा आएको बताउनुभयो ।कार्यक्रमका अवसरमा पुर्ण खोप शुनिश्चित गाउँपालिका घोषणा गर्न सहयोग गर्ने स्वास्थ्यकर्मी, कर्मचारी र स्वयंसेविकालाई सम्मान समेत गरिएको छ ।

सम्बन्धित शिर्षक :