कांग्रेसको स्वास्थ्य संकल्प : निःशुल्क स्वास्थ्य बीमादेखि सुत्केरी महिलालाई ५ हजार भत्तासम्म

स्वास्थ्यसमाचार/कांग्रेसले सबैलाई स्वास्थ्य बीमा, सबल स्वास्थ्य प्रणाली, घरमै स्वास्थ्य सेवा, जनस्वास्थ्यमा लगानी भन्ने नारासहित स्वास्थ्य क्षेत्रमा पनि लोकप्रिय अवधारणा अघि सारेको छ । कांग्रेसले हाल बढ्दो नसर्ने रोगको भार न्यून गर्न, स्वास्थ्यमा जनताको खल्तीबाट हनुे खर्च कम गर्न, संविधान र दिगो विकासका लक्ष्यअनुसार स्वास्थ्य सेवामा नागरिकको सहज पहुँच कायम गर्न गुणस्तरीय स्वास्थ्य सेवालाई आफ्नो सरकारले उच्च प्राथमिकतामा राख्ने घोषणा गरेको छ ।

कांग्रेसको नेतृत्व भएका स्थानीय तहले स्वास्थ्य क्षेत्रको बजेट कम्तिमा १० प्रतिशत पुर्‍याउने घोषणा गरेको छ । त्यस्तै, हरेक वडामा आधारभूत स्वास्थ्य केन्द्र, गाउँ–नगरपालिकामा विशेषज्ञ सेवा सहितको प्राथमिक अस्पताल, उपमहानगरपालिका र महानगरपालिकामा विशेषज्ञ सेवा सहितको अस्पताल स्थापना गर्ने, त्यसका लागि आवश्यक जनशक्ति, पूर्वाधार, प्रविधि र उपकरणको व्यवस्था गर्ने, नियमित स्वास्थ्य परीक्षणको सुविधा वडामै व्यवस्था गर्ने घोषणा गरेको छ ।

अबका पाँच वर्षभित्र प्रत्येक स्थानीय तहलाई ’पूर्ण स्वास्थ्य बीमित’ बनाउने कांग्रेसको घोषणा छ । कांग्रेसले सुत्केरी महिलालाई ‘५ हजार सुत्केरी सहायता भत्ता’ दिने, हरेक वडामा गुणस्तरीय आधारभूत र आकस्मिक सेवा प्राप्त हुने गरी दक्ष स्वास्थ्यकर्मी सहितको प्रसुती केन्द्र सञ्चालन, सबै महिलालाई निस्शुल्क गुणस्तरीय स्यानिटेरी प्याड, घरमै पोष्ट न्याटल सेवा उपलब्ध गराउने भनेको छ ।

त्यस्तै, ६० वर्ष माथिका नागरिक, गर्भवती महिला, दीर्घ रोग भएका, अपाङ्गता भएका र स्वास्थ्य संस्थाको पहुाचमा पुग्न नसकेका व्यक्तिलाई नियमित परीक्षण, परामर्श, औषधी र उपचारसहित घरमै स्वास्थ्य सेवा, तीन वर्षभित्र सबै विद्यालयमा ‘विद्यालय नर्स’ कार्यक्रम व्यवस्थित गर्ने घोषणा गरेको छ ।

दुर्गम गाउँ–नगरपालिकाको हकमा चिकित्सा शिक्षा आयोगसँग समन्वय गरी जेहेन्दार विद्यार्थीका लागि स्थानीय तहले आफ्नो स्रोतमा चिकित्सक लगायतको जनशक्तिका लागि छात्रवृत्ति र अध्ययनपश्चात् आफ्नो स्थानीय तहमा सेवा दिने प्रबन्ध मिलाउने कांग्रेसको घोषणा छ ।

यी हुन् स्वास्थ्यका ११ विषय र ५७ बुँदे घोषणा

 

सम्बन्धित शिर्षक :