स्वास्थ्यकर्मी संघ रुपन्देहीद्धारा नयाँ वर्षको शुभकामना आदान–प्रदान

संघले प्रकाशन गरेको नयाँ वर्ष २०७९ को भित्तेपात्रो विमोचन

स्वास्थ्यसमाचार/ नेपाल स्वास्थ्यकर्मी संघ रुपन्देहीले नयाँ वर्ष २०७९ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । शनिबार बुटवलमा आयोजना गरिएको कार्यक्रममा शुभकामना आदानप्रदान तथा संघले प्रकाशन गरेको नयाँ वर्ष २०७९ को भित्तेपात्रो विमोचन गरिएको हो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले स्वास्थ्य सेवाका कर्मचारीलाई पनि आधिकारिक ट्रेड युनियनमा समेट्नुपर्ने, महिला स्वयमसेविकाका समस्या समाधानमा पहलकदमी उठाउनु पर्ने लगायतका कुराहरु राखेका थिए ।

कार्यक्रममा बोल्दै नेपाल ट्रेड युनियन काँग्रेस रुपन्देहीका निवर्तमान अध्यक्ष तथा नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि काजिमान श्रेष्ठले स्वास्थ्य सेवाका कर्मचारीलाई निजामती सरह सेवा सुविधा दिनुपर्ने र स्वास्थ्य भित्रै पनि निजी तथा अनौपचारिक क्षेत्रमा कामगर्ने र महिला स्वयम् सेविकाहरु अन्यायमा परेकाले उनीहरुलाई कसरी संगै हिडाउन सकिन्छ त्यसतर्फ पनि ध्यान दिन आग्रह गर्नुभयो ।

संघका रुजन्देही जिल्ला अध्यक्ष रामप्रसाद ढकालको अध्यक्षतामा भएको कार्यक्रममा क्यालेण्डर प्रकाशन समितिका सदस्य मदन पोखरेल (सुमन), संघकी केन्द्रीय सदस्य मीना श्रेष्ठ, संघका पूर्व केन्द्रीय सचिव नमनारायण वेलवासे, कर्मचारी संघका हरि ज्ञवाली, नेपाल निजामति कर्मचारी युनियनका केन्द्रीय सदस्य मनिस अधिकारी, नेपाल ट्रेड युनियन काँग्रेस रुपन्देहीका कार्यवाहक अध्यक्ष ओमप्रकाश चौधरी, सियारी गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपाने, नेपाल निजामति कर्मचारी युनियन रुपन्देहीका अध्यक्ष चक्रपाणी पाण्डे, संघका उपाध्यक्ष भिमप्रसाद ज्ञवाली, सचिव घनलाल अर्याल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

सम्बन्धित शिर्षक :