डेंगु प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मिको समायोजन तत्काल कार्यान्वयन नहुने

स्वास्थ्यसमाचार /डेंगु प्रभावित क्षेत्रमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको समायोजन तत्कालका लागि कार्यान्वयन नहुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सचिवस्तरीय निर्णय गर्दै तत्कालका लागि पत्र पाइसकेको भए पनि यथास्थानमा रहेर काम गर्न निर्देशन दिएको छ । मन्त्रालयले अर्को आदेश नहुँदासम्म यथास्थानमा रहेर कामकाज गर्न गराउन निर्देशन दिएको हो । मन्त्रालयले डेंगु प्रकोप फैलिएका क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई तत्कालका लागि प्रसूति विदा, अध्ययन विदा र किरिया विदा बाहेक अन्य विदा स्वीकृत नगर्न नगराउन समेत मातहतका निकायलाई निर्देशन दिएको छ ।

प्रदेश ५ मा डेंगु महामारीको रुपमा नफैलिएको सरकारी पक्षले दावी

स्वास्थ्य समाचार/रुपन्देहीमा डेंगु संक्रमितको संख्या बढ्दो क्रममा रहेपनि डेंगु नियन्त्रमा रहेको स्वास्थ्य क्षेत्रका सरोकारवालाहरुले बताएका छन् । डेंगु सामान्य खालको भाईरल भएको र महामारीको रुपमा फैलिएको भन्न नमिल्ने उनीहरुले बताए । रिपोर्टर्स क्लवले बुटवलमा आयोजना गरेको साक्षात्कारमा बोल्ने सरकारी र नीजि क्षेत्रका अगुवाहरुले डेंगु नियन्त्रणका लागि सबैमा सचेतना जगाउनु पर्नेमा जोड दिए । साउनको दोस्रो सातादेखि देखा परेको डेंगु रुपन्देहीसहित तराईका जिल्लामा बढी देखिएको बताए । सोही कार्यक्रममा बोल्दै प्रदेश नम्बर पांच सामाजिक विकास मन्त्रालयका निमित्त सचिव थानेश्वर ज्ञवालीले डेंगुबाट मानिसहरु संक्रमित भएपनि महामारी भन्न नमिल्ने बताए । खोज र…

बुटबलमा कालाजार वाट एक महिलाको मृत्युु

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा उपचाररत एक महिलाको कालाजार रोग को कारण मृत्युभएको छ। पाल्पा रैनादेवि छहरा गाउँपालिका वडा नं. ८ बुढीदमार निवासी २३ वर्षीया जिबन रानाको कालाजार रोगबाट मृत्यु भएको लुम्बिनी प्रादेशीक अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डा. कृष्ण खनालले वताए । मृत्यक जीबन राना मेडिकल कलेज भैरहवामा उपचाररत रहेको र उनलाई थप उपचारका लागि प्रादेशिक अस्पताल ल्याएपछि निधन भएको डा. खनालले वताए । रानाको आईसियुमा राखेर बिगत ३ दिन बुटबल र भैरहवा ५ दिन राखेर उपचार गरिएपनि सफल नभएको संग्लन चिकित्सकले बताएका छन । कालाजारको यो क्षेत्रमा प्रादेशिक अस्पतालमा बाहेक…

प्रदेश ५मा डेंगुरोग नियन्त्रण बाहिर छैन :बराल

स्वास्थ्यसमाचार /प्रदेश नं ५मा डेंगु रोगको संक्रमण बढे पनि नियन्त्रण बाहिर नभएको सामाजिक विकास मन्त्री सुदर्शन बराललले बताए । सोमबार बसेको प्रदेशसभा बैठकमा प्रदेशसभा सदस्यहरुले बिभिन्न समयमा उठाएका प्रश्नहरुको जवाफ दिदै मन्त्री बरालले प्रदेशका १२ जिल्ला मध्ये अहिले सम्म ४ जिल्लामा डेंगुका बिरामी फेलापरेपनि नियन्त्रण बाहिर जाने अबस्था नरहेको बताएका छन मन्त्री बरालले डेंगुको संक्रमणका कारण मानिसहरु बिरामी परेको घटना प्रति प्रदेश सरकार जानकार रहेको वताउदैे त्यसको जाँच र उपचारकालागि प्रदेश सरकारसँग आवस्यक जनशक्ति र उपकरण रहेको दाबी उनले दाबी गरे । मन्त्री बरालले हालसम्म प्रदेशका रुपन्देही ९० पाल्पा १…

काठमान्डौ बाहिर मेशीनवाट प्राकृतिक चिकित्सा उपचार शुरु

स्वास्थ्यसमाचार/ रुपन्देहीको बुटवलस्थित ढवाहमा सञ्चालित गुरांस अस्पतालले नयांनयां मेशीनको प्रयोगबाट स्वास्थ्य सेवा दिन थालेको छ । प्राकृतिक चिकित्सा पद्वतिबाट उपचार गराउंदै आएको अस्पतालले काठमाण्डौ बाहिर बुटवलमा पहिलो मेशीनबाट प्राकृतिक चिकित्सा पद्वतिबाट उपचार शुरु गरेको छ ।गत २०७५ बैशाकदेखि सञ्चालित गुरांस अस्पतालले पहिलो पटक शरिर वजन चालचलन मेशीनबाट स्वाथ्यसेवा प्रारम्भ गरेको हो ।विश्व फिजियोथेरापी दिवसको पूर्व सन्ध्यामा नयां मेशीनबाट स्वास्थ्य सेवा शुभारम्भ गरिएको अस्पतालका अध्यक्ष सरस्वती भुसाल पन्थीले जानकारी गराइन । प्राकृतिक चिकित्सा पद्वतिमा बुटवलबाट पहिलो पटक सेवा शुभारम्भ गरिएको मेशीनको वयोवृद्व ९३ वर्षिय मोतिकला कार्मीले उद्घाटन गरेकी हुन् ।दैनिक ४०…

विश्व फिजियोथेरापी दिवसको उपलक्ष्य निःशुल्क शिविर

स्वास्थ्यसमाचार /पुरानो दुखाईको लागि फिजियोथेरापी भन्ने नाराका साथ विश्व फिजियोथेरापी दिवसको उपलक्ष्य बुटवलमा निःशुल्क फिजियोथेरापी शिविर गरि मनाईएको छ । लायन्स क्लव अफ बुटवल तिलोत्तमा, लायन्स क्लव अफ बुटवल मायादेवी र लियो क्लव अफ तिलोत्तमाको संयुक्त आयोजनामा सम्पन्न शिविरमा १ सय भन्दा बढिले निःशुल्क फिजियोथेरापी सेवा लिएको आयोजकले बताएका छन। फिजियोथेरापी संघ प्रदेश नम्बर ५ को बिशेष सहयोग उक्त कार्यक्रम भएको थियो । कार्यक्रममा बिशेष गरी उपचारको पहुच बाट टाढा रहेका प्यारालाइसिस, शारीरीक बिकास ढिलो भएका बालबालिका, नशा च्यापीएका, ढाड दुख्ने, हडडी खिइएका, बाथ, युरिक एसिड लगायतका बिरामीहरुको सफल उपचार…

डेंगु रोग नियन्त्रण अभियान संञ्चालन गर्ने प्रदेशसभा सदस्यहरुद्धारा माग

स्वास्थ्यसमाचार/ प्रदेश नं ५  प्रदेशसभा सदस्यहरुले महामारीको रुपमा देखीन थालेको डेंगु रोग नियन्त्रणकालागि तत्काल अभियान सञ्चालन गर्न माग गरेका छन । प्रदेश नं ५ को प्रदेशसभामाको बिशेष समयमा बोल्दै प्रदेशसभा  उनीहरुले चितवन, काठमाण्डौ, रुपन्देही लगायतका जिल्लामा १३ जनाको ज्यान गईसकेको मुलुकका ४२ जिल्लामा चार हजार मानिशमा डेंगु रोगको संक्रमण हुँदा समेत संघीय सरकार र प्रदेश सरकारले त्यसको नियन्त्रणकालागि कुनै कदम नचालिनु दुखद भएको बताए । प्रदेशसभा सदस्य भुवनेश्वर चौधरीे, प्रदेशसभा सदस्य रिना नेपाल बिश्वकर्मा,्रदेशसभा सदस्य दृघनारायण पाण्डेय प्रदेश भिाषद तारा जीसी लगायतले बोल्दै प्रदेश नं ५ मा मात्रै १सय १०…

रुपन्देहीमा डेंगुको संक्रमणबाट आचार्यको निधन

रुपन्देही २१ भाद्र लुम्बिनी प्रादेशीक अस्पताल बुटबलमा डेंगुबाट एक जनाको मृत्यु भएको छ । नेपाल पत्रकार महासंघ रुपन्देहीका सचिव रामप्रसाद आचार्यकी आमा सावित्रा आचार्यको सनिवार डेंगुको संक्रमणबाट मृत्यु भएको हो। आचार्य लाई लगातार ज्वरो आएपछि बुटवलमा आई परिक्षण गर्दा विहीबार डेंगुको संक्रमण देखिएको थियो । सावित्रा आचार्य लाई तिनदिन देखि प्रादेशिक अस्पताल बुटवलको आईसियु कक्षमा राखि उपचार गरिएको थियो। उपचारको क्रममा रगतमा रहेको प्लेटलेसको मात्रा नबढेपछि आचार्यको सनिवार साढे पांच बजेको समयमा निधन भएको अस्पतालले जनाएको छ। कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं ७ मोतिपुरमा बस्दै आएकी ६१ वर्षिय आचार्यका चार…

रुपन्देहीमा डेंगुका ७० बिरामी फेला ,एक बेडमा ३ जना बिरामी ,डेंगुपरिक्षण किटको अभाब

स्वास्थ्यसमाचार /रुपन्देहीमा भाईरल ज्वरोसंगै डेंगुका बिरामीको चाप बढेको छ । जिल्लामा रहेका बिभिन्न सरकारकारी तथा निजी अस्पतालमा बिरामीको चाप अत्याधिक बढेको अस्पतालहरुको तथ्याकले देखाएको छ । जिल्ला स्वाथ्य कार्यालय रुपन्देहीका अनुसार अहिले जिल्ला भर ७० जनामा डेंगु पोजेटीभ देखीएको जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्टोलर अधिकृत केदार नाथ शाहले भने जिल्ला भर ७० जना बिरामीमा डेंगुको संक्रमणका बिरामी फेला परेको बताए । उनले ति सबै बिरामी डेंगुपोजेटीभ भएको बताए । जिल्ला स्वास्थ्य कार्यलयमा अहिले किट न्युन रहेको माग अनुसार कसैलाई दिन नसकेको बताए । भएको किट हामी…

पुर्वि पाल्पाको पूर्वखोलामा ‘भाइरल ज्वरोको प्रकोप, विद्यालय समेत बन्द

स्वास्थ्यसमाचार/पुर्वि पाल्पाको पूर्वखोला गाँउपालिका ३ अर्खलडाँडामा एकै टोलमा ठूलोसंख्यामा विरामी परेका छन । चार दिन देखि फैलिएको रुघा खोकी र ज्वरोको संक्रमण एकै टोलका ७३ जना भन्दा बढीलाई देखिएको छ । उक्त स्थानमा गाँउपालिकाले सीअहेव मोहन ढकालको नेतृत्वमा चार जनाको स्वास्थ्यकर्मी टोली अर्खलडाँडा पठाएको थियो । सो टोलीले ४३ जना पुरुष र ३० जना महिला गरी ७३ जनाको स्वास्थ्य जाँच तथा उपचार गरेको जानकारी दिएको छ । बिरामी हुनेमा १८ जना स्कुले विद्यार्थी रहेको समेत टोलीको नेतृत्व गरेका ढकालले बताए । विस्तृत जाँच त भएको छैन । अहिले हामीले अनुमान…