सैनामैना नगरपालिकाद्वारा डेँगु रोग नियन्त्रण गर्न अभिमुखीकरण

स्वास्थ्यसमाचार /देशभरि नै डेँगुको संक्रमण बढ्दै गएपछि सैनामैना नगरपालिका स्वास्थ्य शाखाले डेँगु रोग नियन्त्रण एवं रोकथाम गर्न सैनामैनाका स्वंयसेविकाहरु तथा सरोकारवाला निकायलाई एकदिने अभिमुखीकरण कार्यक्रम गरेको छ ।

देशका अधिकाशं क्षेत्रमा लामखुट्टेको टोकाइबाट मानिसको ज्यान समेत गएको र डेँगुको संक्रमणबाट धेरै मानिस बिरामी भएको खवर पत्रपत्रिकामा आएको भन्दै सैनामैना नगरपालिकाले यो अभियानलाई अघि सारेको हो । नगरपालिकाले मुर्गिया,कलौनी र सालझण्डी गरि ११ वटै वडाका स्वंयसेविका तथा सरोकारवाला निकायहरुलाई अभियानको बारेमा अभिमुखिकरण गरेको थियो ।

अभिमुखिकरण कार्यक्रममा बोल्दै सैनामैना नगरपालिका मेयर चित्र बहादुर कार्कीले लामखुट्टेको टोकाईबाट सर्ने सरुवा रोग डेँगु रोग भएको कारण यसबाट बच्न स्वंय नगरबासीले सर्तकता अपनाउनुपर्ने वताए । उनले प्रत्येक घर,टोल,वडा तथा विभिन्न संघसस्थाहरुको संयुक्त सहभागितामा पानी जम्ने ठाँउ,खाल्टाखुल्टी,सवारी साधनका ट्यार जस्ता ठाउँहरुमा पानी जम्न नदिने र यस सम्बन्धी चेतना प्रत्येक नागरिकमा प्रवाह हुने गरि सुचना दिन आग्रह गरे ।

अवको केहि दिनमा डेँगु नियन्त्रण कार्यक्रम नगर भित्र संयुक्त वडागत कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको नगर प्रमुख कार्कीको भनाइ रहेको छ । रुपन्देही जिल्ला स्वास्थ्य प्रमुख तथा कार्यक्रमका प्रमुख सहजकर्ता डा राजेन्द्र गिरिले देश नै डेँगुमय भएको दावि गरे । डेँगुबाट बच्न र यस सम्बन्धी टोलटोलमा ब्यापक सचेतना फैलाउन आग्रह गरे ।डेँगु विरुद्ध अभियान सञ्चालन गर्न नगरबासीको सक्रियता आवश्यक रहेको सैनामैना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद भण्डारीले वताए। आफनो टोललाई डेँगुरहीत बनाउन सरसफाईमा विशेष ध्यान दिन भन्डारीले आग्रह गरे ।

कार्यक्रम वडा न.४का वडा अध्यक्ष धन बहादुर कार्कीको अध्यक्षता,नगरप्रमुख चित्र बहादुर कार्कीको प्रमुख आतिथ्यता तथा जिल्ला स्वास्थ्य शाखा प्रमुख डा राजेन्द्र गिरिको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रमको सञ्चालन भने स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले गरेका थिए। यसै गरि सैनामैनामैसमुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत डेँगु नियन्त्रण सम्बन्धी सचेतनामुलक कार्यक्रम सुरु गरेको छ ।इलाका प्रहरी कार्यालय रन्यौराले एक कार्यक्रमको आयोजना गरि सैनामैनाका स्वंयसेविकाहरु तथा सरोकारवाला निकायलाई डेँगु रोग नियन्त्रण तथा रोकथाम सम्बन्धी जानकारी गराएको हो ।

यो रोगको महामारी फैलनुभन्दा पुर्व सजग्ता अपनाउन सकीयो भने मानवीय जिवनलाई बचाउन सकिने इलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी नायव निरिक्षक हरिनारायण श्रेष्ठले वताए । हरेक नागरिक यो अभियानमा सरिक भई सरसफाईमा ध्यान दिने र पानी जम्ने ठाउँलाई पुरिदिनुपर्ने आग्रह गरे । यो अभियानमा प्रहरी समेत नागरिकसंग हातेमालो गर्ने तयार रहेको प्रहरी नायव निरिक्षक श्रेष्ठ वताए ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :