गौतमबुद्ध मुटु अस्पतालले १ रुपैयमा ओपीडि ,ईसिजी र सुगर निशुल्क परिक्षण गर्ने

स्वास्थ्यसमाचार /विश्व मुटु दिवसको अवसरमा गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले असोज ११,१२ र १३ गते तिनदिन सम्म रु.१ मा ओ.पि.डी. टिकट, ईसिजी र सुगर परिक्षण गर्ने भएको छ । यहि असोज १२ गते विश्व मुटु दिवस मनाईदै छ । अस्पतालका अध्यक्ष एजाज आलमले दिवसको अवसरमा जनमानसमा स्वास्थ्य परिक्षण गर्ने क्रम बढ्ने बताए । विरामी नपर्दा सम्म स्वास्थ्य परिक्षण गरी आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी लिने प्रचलन अत्यन्त न्यून रहेकोले यस्ता अभियानले समयमा समयमा स्वास्थ्य परिक्षण गर्ने बानीको विकास हुने बताए । त्यस्तै अस्पतालले तिन दिन सम्म फुलबडी चेकअपको शुल्कमा पनि २५ प्रतिशत…

नेपालमा पहिलो पटक बाथरोग चिकित्सकको सम्मेलन हुने

स्वास्थ्य समाचार/दक्षिण एशियाली देशमा बाथरोगको अवस्था, पछिल्ला उपचार प्रविधि, समस्या तथा रोगबारे आमजनचेतनासमेत जगाउने ध्येयले बाथरोग चिकित्सक सम्मेलन आयोजना हुने भएको छ । नेपाल बाथरोग सङ्घद्वारा यही असोज १० र ११ गते हुने सो दुईदिने सम्मेलनमा दक्षिण एशियाली क्षेत्रका नेपाल, भारत, पाकिस्तान, श्रीलङ्का, भूटान, बङ्गलादेशलगायतका ५० विशेषज्ञ र नेपालका करीव १२५ चिकित्सक तथा स्वास्थ्यकर्मीको सहभागिता रहनेछ । नेपालमा पहिलो पटक आयोजित सो सम्मेलनले बाथरोगसम्बन्धी काठमाडाँै घोषणापत्रसमेत जारी गर्ने छ । सङ्घका कार्यसमिति सदस्य एवं बाथरोग विशेषज्ञ श्वेता नकर्मीका अनुसार सम्मेलनमा सहभागी देशले बाथरोग उपचारका अवस्थाबारे कार्यपत्र प्रस्तुत गर्नेछन् । नेपालमा…

योगको वैज्ञानिक महत्व : मन्त्री बराल

स्वास्थ्यसमाचार /पातञ्जल योग समिति नेपाल केन्द्रीय कार्यालय भक्तपुरले आफ्नो प्रथम वार्षिकोत्सव आइतबार बुटवलमा सम्पन्न गरेको छ । वार्षिकोत्सवको उद्घाटन गर्दै प्रदेश नम्बर ५ का सामाजिक विकास मन्त्री शुर्दशन बरालले योगको वैज्ञानिक महत्व रहेको भन्दै त्यसको विकासको लागि प्रदेश सरकार जुटेको बताए । नेपालमा नैं योगको विकास भएर पनि यसको अनुसन्धान र महत्व बुझाउन नसक्दा पछाडि परेको भन्दै अब प्रदेश सरकारले यसको प्रचार–प्रसार गर्ने स्पष्ट पारे । उनले प्रदेश सरकार आयुर्वेद औषधीमा आत्मनिर्भर बनाउने योजनाका साथ अगाडी बढेको बताउदै प्रदेश अन्तरगर्तका आयुर्वेद अस्पतालहरुमा योगका सामग्रीहरू प्रदेश सरकारले जुटाएको जानकारी दिए ।…

सैनामैनामा डेँगु रोग संक्रमणबाट एक महिलाको मृत्यु

सुरेश परियार रुपन्देहीको सैनामैनामा एक महिलाको डेँगुको संक्रमणबाट एक जनाको मृत्यू भएको छ । सैनामैना ३ मुर्गिया निवासी ५६ वर्षिय शोभा परियारको उपचारको क्रममा लुम्बिनी प्रादेशीक अस्पातल बुटवलमा आज विहान ९ बजे मृत्यु भएको परिवारले जनाएको छ । शुक्रबार देखि सामान्य लक्षण देखा परे संगै परिवारले स्थानीय मेडिकलमा उपचार गराएका थिए तर स्थिति गम्भीर बन्दै गएपछि लुम्बिनी प्रादेशिक अस्पताल लगिएको थियो । डेँगु रोगको रोकथामका लागी सैनामैना नगरपालिकाले केही दिन अघि तिन चरणका कार्यक्रम सञ्चालन समेत गरेको थियो ।डेँगु रोगको संक्रमण केही ब्यक्तिहरुमा देखा समेत परेको छ । प्रदेश नं…

मेरुदण्ड नशा र मांशपेशीबाट उत्पन्न रोगका कारण वर्षेनी १५ हजारभन्दा बढीको मृत्यु

स्वास्थ्यसमाचार/ सरकारले स्थापना गर्न लागेका स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेरुदण्ड, नशा र मांशपेशीका अध्ययन अध्यापन तथा सेवामा विशेष ध्यान दिन यस क्षेत्रका विज्ञले आग्रह गरेका छन् । पछिल्लो समयमा सडक दुर्घटनालगायत अन्य दुर्घटनाबाट मेरुदण्ड, नशा र मांशपेशीका बिरामीको चाप तथा मृत्यु बढ्दै गएको भन्दै विज्ञले यसका बारेमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विशेष कार्यक्रम ल्याउन जोड दिएका छन् । नेपालमा मेरुदण्ड, नशा र मांशपेशीबाट उत्पन्न रोगका कारण वर्षेनी १५ हजारभन्दा बढीको मृत्यु हुने विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । मन्त्रालयले सातवटै प्रदेशमा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाको कार्य अगाडि बढाएको छ । हाल…

अर्घाखाँचीमा भाईरल ज्वरोका बिरामी बढे, १५ शैयाको अस्पताल अस्तव्यस्त

स्वास्थ्यसमाचार /जिल्ला अस्पताल अर्घाखाँचीमा भाईरल ज्वरोबाट प्रभावित बिरामिको चाप बढेपछि अस्पताल नै अस्तव्यस्त बनेको छ । १५ शैयाको जिल्ला अस्पतालमा भाइरलका बिराकी राख्ने ठाउ नभएपछि अस्तव्यस्त बन्न पुगेको हो । अस्पतालको ओपीडीमा अहिले दैनिक २०० भन्दा बढी र इमरजेन्सीमा दैनिक १०० जनाको हाराहारीमा भाइरलका बिरामीहरू अस्पतालमा आउने गरेका छन् । अस्पतालमा जम्मा १५ शैया छन् तर बिरामी चाप ह्वात्तै बढेपछि बेडमा बिरामी राख्ने ठाउँ नभएर गल्लिमा राख्नु परेको अस्पतालका प्रमुख डा।जगन्नाथ तिवारीले बताए । जिल्ला अस्पतालमा मात्रै होइन जिल्लाका निजि अस्पताल तथा क्लिनिकहरुमा पनि भाइरल जरोका विरामीको संख्या बढेको छ…

डा .सुबेदी र आलमलाई समाजसेवाश्री तेश्रोबाट विभुषित गर्ने

स्वास्थ्यसमाचार/संविधान दिवसको अवसरमा प्रदेश ५ सरकारले विशिष्ट योगदान दिएका ३५ जनालाई पदक प्रदान गर्ने निर्णय गरेको छ । संविधान दिवसमा घोषणा गरिएको पदक प्राप्त गर्नेलाई प्रदेश स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा विभुषित गरिने छ ।  समाजसेवा श्री तेश्रोबाट दुर्गम क्षेत्रमा रहेर स्वास्थ्य सेवामा उल्लेखनीय योगदान गरेका डा.लेखराज सुवेदी, र स्वास्थ्य क्षेत्रमा उल्लेखयनीय योगदान पुर्याएको भन्दै रुपन्देहीका एजाज आलमलाई प्रदान गर्ने भएको छ । डा सुबेदी प्युठान जिल्लाका हुन् भने आलम सामुदायीक गौतम बुद्ध मुटु अस्पताल बुटवलका अध्यक्ष हुन ।

संविधान दिवसको पुर्व सन्ध्यामा सामाजीक मन्त्री सहित कर्मचारी सरसफाईमा

स्वास्थ्य समाचार/ संविधानदिवसको पुर्वसन्ध्यामा सामाजीक विकास मन्त्रालय र बुटबल उपमहानगरपालिका ले नगरका भित्रसरसफाई गरेको छ । देश भर डेंगु फैलिएको र नगरका विभिन्न क्षेत्रमा फोहर रहेकोले संविधान दिवसको पुर्व सन्ध्यामा सरसफाई अभियान सुरु गरिएको सामाजीक विकास मन्त्रालयले जनाएको छ । प्रदेश नं ५का समाजीक विकास मन्त्री शुदर्शन बरालको नेतृत्वमा सरसफाई भएको थियो । कार्यक्रममा सामाजीक विकास मन्त्रालयका सचिव डा गोपी कृष्ण खनाल स्वास्थ्य निर्देशक डा बिनोद कुमार गिरी, समाजीक मन्त्रालय स्वास्थ्य महाशाखाका प्रमुख डा उमाशंकर चौधरी लगायतले सरसफाई कार्यक्रममा सहभागि रहेका थिए । त्यस्तै सामाजीक विकास मन्त्रालय तथा वुटबल वडा…

सिद्धार्थनगरमा डेंगुको वासस्थान खोज र लार्भा नस्ट अभियान सुरु

स्वास्थ्यसमाचार /रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले डेंगु रोग नियन्त्रणका लागि अभियान थालेको छ ।  आजदेखि नगरपालिका भित्र डेंगु सार्ने एजेप्टाई र एडिस अल्बोपिक्टस नामका पोथी लामखुट्टेको वासस्थान र लार्भा नस्ट गर्ने, प्रत्येक घरमा पुगेर ज्वरो आएका तथा डेंगु लागेका विरामीको तथ्यांक संकलन गर्ने अभियान सुरु गरिएको नगर प्रमुख हरिप्रसाद अधिकारीले जानकारी दिए । दुई दिनको अभियानमा पानी जम्ने ठाउँ नष्ट गरिनेछ, पानी ट्यांकीलाई छोपेर राख्न, कुलर तथा फुलदानीमा रहेको पानी हप्तामा दुई पटक फेर्न, डेंगु सार्ने लामखुट्टेले दिउँसो टोक्ने हुँदा बाहुला भएका वा शरीर ढाकिने लुगा लगाउन, झुलको प्रयोग गर्न, लामखुट्टे भगाउने…

प्रदेश नं ५ मा ३ सय ९० जनामा डेंगु भेटियो, २ जनाको मृत्यु

स्वास्थ्यसमाचार/ प्रदेश नं ५ मा अहिले सम्म ३ सय ९० जनामा डेंगु रोग देखीएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुासार वाकेमा ३४ जना मध्ये १६ पुरुष र १८ महिला फेला परेकोमा १९ जना उपचार पश्चात घर र्फकेको र एक जनाको मृत्यु भएको छ । त्यस्तै बर्दियामा १ जना पुरुषमा डेंगु संक्रमण फेला परेको छ । दाडमा ६४ जनामा डेंगु संक्रमण का बिरामी मध्ये ३३ जना पुरुष र ३१ जना महिला रहेकोमा ६० जना उपचार गरि घरर्फकेको र अन्य बाकीको उपचार भैरहेको छ। रुपन्देहीमा २सय ६० मा डेंगु फेला…